शिक्षा

    Showing 221-230 of 1,880 items.
  • धरान मेघा हिमालयन स्कुल को २१औँ वार्षिकोत्सव सम्पन्न

    धरान/ सुनसरीको धरान -१२ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था धरान मेघा हिमालयन स्कुल ले आफ्नो २१औँ वार्षिकोत्सव तथा वार्षिक अभिभावक दिवस २०८२ विशेष समारोहका साथ सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल भास्कर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन-प्याब्सन  (NPABSON)  धरान का अध्यक्ष भगत लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। दीप प्रज्वलन र राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले कला, संस्कृति र प्रयोगात्मक क्षमताको प्रभावशाली प्रस्तुति दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पौडेलले ‘हिमालयन बोर्डिङ स्कुल’ बाट सुरु भएको यात्रा आज

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 1,104 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शनिबार धरान टेन के दौड, तयारी पूरा

    धरान/ ‘शिक्षाका लागि दौड’ भन्ने नारासहित आयोजना हुँदै आएको १४औँ धरान टेन के अन्तर्राष्ट्रिय दौड प्रतियोगिता फागुन ९ गते शनिबार आयोजना हुने भएको छ। आयोजक धरान रन समूह ले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। धरान टेन के नेवा च्यारीटी को आयोजनामा हुने प्रतियोगितामा यस वर्ष ३५ सयभन्दा बढी धावक–धाविकाको सहभागिता रहने आयोजकका सचिव रिसब लिम्बुले बताए। प्रतियोगिताले खेलसँगै शिक्षामा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। कार्यक्रममा गायक राजु लामा तथा द भ्वाइस अफ नेपाल सिजन–७ की विजेता निता थापा मगर को उपस्थिति रहने जनाइएको छ। प्रतियोगिताको मुख्

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रदेश स्तरीय यू–१४ विद्यालय फुटबल प्रतियोगिता सुरु

    धरान/ कोशी प्रदेशमा फुटबलको नयाँ ऊर्जा भर्ने लक्ष्यसहित धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिता’ सोमबारदेखि भव्य रूपमा सुरु भएको छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो। कोशी प्रदेश फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सभाध्यक्ष तथा अखिल नेप

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 813 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस स्कुलका विद्यार्थीले खाजा खर्च बचत गरेर स्टेशनरी सहयोग

    धरान/ सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ का विद्यार्थीहरूले खाजा खर्च बचत गरेर संकलन गरेको रकमबाट बराहक्षेत्र–८ स्थित कोशी माध्यमिक विद्यालय का कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई करिब २५ हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री सहयोग गरेका छन्। विद्यालयअन्तर्गत रहेको हिबिस्कस बाल क्लबको पहलमा सोमबार कोशी मा।बि।मै पुगेर कापी, कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। विद्यार्थीहरूले दैनिक खाजा खर्चबाट थोरै–थोरै रकम बचत गर्दै सहयोग रकम जुटाएका थिए। यस अभियानमा अभिभावकहरूको समेत साथ रहेको विद्यालयले जनाएको छ। विद्यालय

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 1,413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिता

    धरान ।र्याडिकल लाईट नेपाल प्रा.लि.धरानको आयोजनामा धरान उप–महानगरव्यापि अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।  आईतवार धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा छनोट चतरण सम्पन्न भएको हो । धरानभरिका ११ वटा प्लस टु बाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन्।    फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती माबि पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा.बि.का सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्। यसैगरी विष्णु मेमोरियल मा.बि.का सार्थक निरौला र स्वेच्छ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसओएस हर्मन माइनर माध्यमिक विद्यालयको २९औँ अभिभावक दिवस सम्पन्न

    इटहरी/ इटहरी उपमहानगरपालिका–१६, बालग्राममा अवस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले आफ्नो २९औँ अभिभावक दिवस समारोह उल्लासमय वातावरणमा भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका परियोजना निर्देशक देवचरण चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी विशेष अतिथि रहनुभएको थियो भने वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरी, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख प्रकाश खरेल, विभिन्न विद्यालयका

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 1,824 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    धरान/सुनसरीकाे धरान१६ मा अवस्थित नवोदय विद्या मन्दिर इङलिस बोर्डिङ स्कुलको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको कला, प्रतिभा, शैक्षिक उत्कृष्टता र सांस्कृतिक प्रस्तुतीले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र बिक्रम बेघाले वार्षिकोत्सव वर्षभरिका उपलब्धिको सार्वजनिक प्रस्तुति भएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूमा देखिएको आत्मविश्वास र नेतृत्व क्षमताको प्रशंसा गर्दै भन्नुभयो, “एक नम्बर अंक ल्याउने तर मान–मर्यादा र संस्कार नभएको विद्यार्थीको सफलताको अ

    • प्रकाशित मितिः फागुन १, २०८२
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी दिपासहित झापाबाट ४ जना ब्राउन सुगरसहित पक्राउ

    झापा/ लागूऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको गौरीगञ्जबाट धरानकी एक युवतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो करिब १ः३० बजे गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलमा पूर्व आपगाछीबाट पश्चिमतर्फ आउँदै गरेको मे १ह ५६६७ नम्बरको ओटो (टेम्पु) लाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले रोकी चेकजाँच गरेको थियो। प्रनि भुवन बाबु खड्काको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले चेकजाँच गर्दा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार प्लास्टिकसहित ७ ग्राम ५०० मिलिग्राम तथा प्लास्

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 369 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी अभिमुखिकरण सम्पन्न

    धरान/ यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल माघ २७ र २८ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा+२ तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर वविन राईले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ, साइबर बुलिङ तथा विद्युतीय कारोबार ऐन सम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिएका थिए। उनले डिजिटल युगमा सचेत र जिम्मेवार प्रयोगकर्ता बन्न विद्यार्थीलाई आग्रह गरे। त्यसैगरी जिल्ला ट्राफिक कार्यालय सुनसरीका सव–इन्स्पेक्टर नारद प्रसाद दाह

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वाञ्चल आर्किटेक्चरल प्रदर्शनीमा मोडर्न स्कुलका विद्यार्थी प्रथम

    धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (Eastern Region Campus), आईओई धरानमा Society of Architecture Students (SOAS) द्वारा आयोजित पूर्वाञ्चल आर्किटेक्चरल एक्जिबिसन “स्पर्श: Back to the Roots” मा इटहरीको मोडर्न प्रिपरेटरी सेकेन्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। विद्यालय तहअन्तर्गत आयोजित प्रतिस्पर्धामा कक्षा ७ की छात्रा सोयाशा भगत ले Live Art Competition मा प्रथम स्थान हासिल गर्न सफल भइन्। उनले आकर्षक कला प्रस्तुति मार्फत निर्णायकको मन जित्दै उपहार ह्याम्पर तथा नगद पुरस्कार प्राप्त गरिन्। त्यस्तै, कक्षा ६ का छात्र रोहन थापा ले Paper Craft Competition

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved