शनिबार धरान टेन के दौड, तयारी पूरा

  • फागुन ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ‘शिक्षाका लागि दौड’ भन्ने नारासहित आयोजना हुँदै आएको १४औँ धरान टेन के अन्तर्राष्ट्रिय दौड प्रतियोगिता फागुन ९ गते शनिबार आयोजना हुने भएको छ।

आयोजक धरान रन समूह ले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

धरान टेन के नेवा च्यारीटी को आयोजनामा हुने प्रतियोगितामा यस वर्ष ३५ सयभन्दा बढी धावक–धाविकाको सहभागिता रहने आयोजकका सचिव रिसब लिम्बुले बताए। प्रतियोगिताले खेलसँगै शिक्षामा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

कार्यक्रममा गायक राजु लामा तथा द भ्वाइस अफ नेपाल सिजन–७ की विजेता निता थापा मगर को उपस्थिति रहने जनाइएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक गोफी क्लोदिङ ब्रान्ड रहेको छ। मेडिकल पार्टनरका रूपमा विराट मेडिकल कलेज र विराट क्यान्सर इन्स्टिच्युट रहेका छन्। त्यसैगरी न्युमिउ, बराह गार्मेन्ट, नेपाल रन यूके र सगरमाथा टेलिभिजन सह–प्रायोजकका रूपमा रहेका छन्।

खुला महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। अण्डर–१३, अण्डर–१६, भेट्रान तथा मिड–भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिनेछ।

सुपर भेट्रानतर्फ प्रथमलाई ७ हजार रुपैयाँ तथा ह्विलचेयरतर्फ महिला र पुरुष विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीय धावक–धाविकालाई करिब ५ हजार रुपैयाँ बराबरको उपहार तथा वडाध्यक्ष रनिङ दौड प्रतियोगिताका विजेतालाई शिल्ड प्रदान गरिने जनाइएको छ।

प्रतियोगिताले धरानलाई फेरि एकपटक दौडमय बनाउने अपेक्षा गरिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved