धरानकी दिपासहित झापाबाट ४ जना ब्राउन सुगरसहित पक्राउ

  • माघ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ लागूऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको गौरीगञ्जबाट धरानकी एक युवतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार दिउँसो करिब १ः३० बजे गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलमा पूर्व आपगाछीबाट पश्चिमतर्फ आउँदै गरेको मे १ह ५६६७ नम्बरको ओटो (टेम्पु) लाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले रोकी चेकजाँच गरेको थियो।

प्रनि भुवन बाबु खड्काको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले चेकजाँच गर्दा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार प्लास्टिकसहित ७ ग्राम ५०० मिलिग्राम तथा प्लास्टिक बाहेक ६ ग्राम ०९ मिलिग्राम पदार्थ फेला परेको हो।

पक्राउ पर्नेमा अटो चालक दिल कुमार विश्वकर्मा (३४) शिवसताक्षी–२, अमन ताजपुरिया (२७) गौरादह–८, धरान उपमहानगरपालिका–१६ की १९ वर्षीया दिपा परियार तथा मोरङ वेलबारी–९ की १९ वर्षीया पार्वती चौधरी रहेका छन्।

चारै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved