नवोदयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

  • फागुन १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीकाे धरान१६ मा अवस्थित नवोदय विद्या मन्दिर इङलिस बोर्डिङ स्कुलको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

IMG-20260213-WA0024

विद्यार्थीहरूको कला, प्रतिभा, शैक्षिक उत्कृष्टता र सांस्कृतिक प्रस्तुतीले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र बिक्रम बेघाले वार्षिकोत्सव वर्षभरिका उपलब्धिको सार्वजनिक प्रस्तुति भएको उल्लेख गर्नुभयो।

IMG-20260213-WA0023

उहाँले विद्यार्थीहरूमा देखिएको आत्मविश्वास र नेतृत्व क्षमताको प्रशंसा गर्दै भन्नुभयो, “एक नम्बर अंक ल्याउने तर मान–मर्यादा र संस्कार नभएको विद्यार्थीको सफलताको अर्थ हुँदैन। अंक पनि राम्रो ल्याउनुपर्छ र संस्कार पनि राम्रो सिक्नुपर्छ।” घर, विद्यालय र समाजबाट प्राप्त शिक्षा नै राष्ट्र निर्माणको आधार हुने उहाँको भनाइ थियो।

IMG-20260213-WA0027

विशिष्ट अतिथि धरान–१६ का वडाध्यक्ष मुरारी प्रसाद भट्ट राईले अभिभावकको बाक्लो उपस्थितिको प्रशंसा गर्दै विद्यार्थीहरूले देखाएको कला र क्षमताले सबैलाई गौरवान्वित बनाएको बताउनुभयो। उहाँले नवोदय विद्यालय धरान–१६ को गहना भएको उल्लेख गर्दै देशभर दोस्रो स्थान र कोशी प्रदेशमा पहिलो स्थान हासिल गरेर विद्यालय तथा कलेजले नाम राख्न सफल भएको भन्दै बधाई दिनुभयो।

IMG-20260213-WA0026

क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले युएन नवोदय कलेज प्रतिष्ठित शिक्षण संस्थाका रूपमा स्थापित भइसकेको बताउँदै विद्यालयलाई पनि सोही स्तरमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आउँदो शैक्षिक सत्रदेखि अझ व्यवस्थित ढङ्गले पठनपाठन र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने जानकारी दिँदै विद्यालयमा देखिएका विकृतिप्रति सचेत रहन र कुनै प्रलोभनमा नपर्न उहाँले अभिभावकलाई आग्रह गर्नुभयो।

कलेजका अध्यक्ष ज्ञानेश्वर झाले अभिभावकसामु आफ्ना बालबालिकाले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गरेको प्रमाणित गरेको बताउनुभयो। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै संस्कारयुक्त शिक्षालाई प्राथमिकतामा राख्दै अघि बढिरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले श्लोक वाचन, कविता, नाटक, सांस्कृतिक नृत्य तथा विज्ञान र गणित प्रदर्शनी प्रस्तुत गरेका थिए। उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र, दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको थियो।

IMG-20260213-WA0017 IMG-20260213-WA0019 IMG-20260213-WA0020 IMG-20260213-WA0021 1000025625 1000025639 1000025598 1000025688 1000025682 1000025642

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved