हिबिस्कस स्कुलका विद्यार्थीले खाजा खर्च बचत गरेर स्टेशनरी सहयोग

  • फागुन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ का विद्यार्थीहरूले खाजा खर्च बचत गरेर संकलन गरेको रकमबाट बराहक्षेत्र–८ स्थित कोशी माध्यमिक विद्यालय का कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई करिब २५ हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री सहयोग गरेका छन्।

विद्यालयअन्तर्गत रहेको हिबिस्कस बाल क्लबको पहलमा सोमबार कोशी मा।बि।मै पुगेर कापी, कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। विद्यार्थीहरूले दैनिक खाजा खर्चबाट थोरै–थोरै रकम बचत गर्दै सहयोग रकम जुटाएका थिए। यस अभियानमा अभिभावकहरूको समेत साथ रहेको विद्यालयले जनाएको छ।

विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले सानै उमेरदेखि विद्यार्थीहरूमा सामाजिक चेतना र जिम्मेवारीबोध विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

“पढाइसँगै समाजप्रति उत्तरदायी बन्न सिकाउनु पनि हाम्रो दायित्व हो,” उनले भने।
कार्यक्रममा कोशी मा.बि.की सहायक प्रधानाध्यापक लक्ष्मी राईले हिबिस्कसका विद्यार्थीहरूको पहल सराहनीय रहेको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट आभार व्यक्त गरिन्।

सहयोग कार्यक्रममा सहभागी विद्यार्थी आस्था उदास र आदित्य झाले आफूहरूले संकलन गरेको सानो रकमले साथीहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए। कार्यक्रमको समन्वय शिक्षक सुबास मोक्तानले गरेका थिए।

विद्यालयले आगामी दिनमा पनि यस्ता सामाजिक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved