वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले बिद्यार्थीहरुलाई एक दिवसिय वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । मङलवार महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रिगाछिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुलाई उक्त बित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । बिद्यार्थीहरुलाई वित्तीय संस्था, वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान प्रदान , वित्तीय निर्णयहरु साथै व्यक्तिहरूले बैंकमा बचत खाता खोल्न, बचत गर्
धरान/सुनसरीको बराहक्षेत्र ५ मा रहेको मुनबिम एकेडेमीले विद्यालयको २१ औ वार्षिकोत्सव तथा अभिभावको दिवस भव्य रुपमा सम्पन्न गरेको छ।विद्यालयले दुई दिन अभिभावक दिवस मनाएको छ। दोस्रो दिन विद्यालयका फाउण्डर तथा शिक्षक यज्ञ बहादुर सुब्वाको सभाध्यक्षता र प्याब्सन बराहक्षेत्रका अध्यक्ष खेमराज राईको प्रमुख आतिथ्यमा कार्यक्रम राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि खेमराज राईले विद्यार्थीले तयार पारेको रोबटिकद्वारा कार्यक्रमको उदघाटन गरेका थिए। दोस्रो दिनको कार्यक्रम कक्षा ४देखि कक्षा १० सम्मको कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल विदुर चौलागाईले बताए। कार्यक्रममा विद्यार्थीहरुले राष्ट्र
वराहक्षेत्र/ सप्तकोशी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले सुर्खेतमा बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दै आईतवार वराहक्षेत्रको चक्रघट्टीमा विरोध प्रदर्शन गरेका छन् । ‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ मूल नारा सहित सडकमा उत्रिएका प्रदर्शनकारी विद्यार्थीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरेका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दै नाराबाजि समेत गरेका
धरान/ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अन्तर्गत रहेको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन गरिएको छ। नर्सिङ शिक्षालाई अझ व्यवहारिक, प्रभावकारी तथा गुणस्तरीय बनाउने उद्देश्यले स्थापना गरिएको उक्त ल्याबको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले रिबन काटेर गर्नुभएको हो। उद्घाटन कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य
धरान/ सुनसरीको धरान–१० स्थित प्रतिष्ठित शैक्षिक संस्था युएन स्कुलको प्राङ्गण आइतबार विज्ञान, सिर्जना र स्वादको अनौठो संगमले झलमल्ल बन्यो। विद्यालयले आयोजना गरेको ‘विज्ञान, कला तथा शिल्प प्रदर्शनी’ तथा ‘खाद्य महोत्सव’ भव्य रूपमा सम्पन्न भएको हो। विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउने र प्रयोगात्मक शिक्षामार्फत उनीहरूको वैज्ञानिक सोच तथा व्यवस्थापन सीप विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। साथै Navodaya Vidyamandir English Boarding School र Sunakhari Academy Secondary Schoo
सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडामा सञ्चालित युनिभर्सल इंग्लिस सेकेन्डरी स्कुल ले आफ्नो २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक, शैक्षिक र सम्मान कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले विद्यालयको शैक्षिक उपलब्धि, सांस्कृतिक विविधता र व्यवस्थापनको भावी योजना एकैसाथ झल्काएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल गणेश भण्डारीले गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउँदै विद्यालय व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउने योजना सार्वजनिक गरे। उनले विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्ययन–अध्यापन भइरहेक
धरान/ रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द्र धरान १५ र जनजागरण बाल विकास केन्द्र धरान २० देवीगाउका २५/२५ जना नानीहरूलाई व्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । विद्यालय प्रयोजनको लागि आवश्यक व्याग तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिएकाछन । क्लबले बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सहयोग हस्तान्तरण गरेको हो। कार्यक्रममा क्लबका अध्यक्ष ताम्राकारले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै बालबालिकालाई प्रारम्भिक चरणमै आवश्यक सहयोग उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विगतदेखि नै क
धरान/ सुनसरीको धरान -१२ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था धरान मेघा हिमालयन स्कुल ले आफ्नो २१औँ वार्षिकोत्सव तथा वार्षिक अभिभावक दिवस २०८२ विशेष समारोहका साथ सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल भास्कर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन-प्याब्सन (NPABSON) धरान का अध्यक्ष भगत लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। दीप प्रज्वलन र राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले कला, संस्कृति र प्रयोगात्मक क्षमताको प्रभावशाली प्रस्तुति दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पौडेलले ‘हिमालयन बोर्डिङ स्कुल’ बाट सुरु भएको यात्रा आज
धरान/ ‘शिक्षाका लागि दौड’ भन्ने नारासहित आयोजना हुँदै आएको १४औँ धरान टेन के अन्तर्राष्ट्रिय दौड प्रतियोगिता फागुन ९ गते शनिबार आयोजना हुने भएको छ। आयोजक धरान रन समूह ले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। धरान टेन के नेवा च्यारीटी को आयोजनामा हुने प्रतियोगितामा यस वर्ष ३५ सयभन्दा बढी धावक–धाविकाको सहभागिता रहने आयोजकका सचिव रिसब लिम्बुले बताए। प्रतियोगिताले खेलसँगै शिक्षामा सहयोग पुर्याउने उद्देश्य राखेको छ। कार्यक्रममा गायक राजु लामा तथा द भ्वाइस अफ नेपाल सिजन–७ की विजेता निता थापा मगर को उपस्थिति रहने जनाइएको छ। प्रतियोगिताको मुख्
धरान/ कोशी प्रदेशमा फुटबलको नयाँ ऊर्जा भर्ने लक्ष्यसहित धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिता’ सोमबारदेखि भव्य रूपमा सुरु भएको छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो। कोशी प्रदेश फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सभाध्यक्ष तथा अखिल नेप