प्राइम भिजन इन्टरनेशनल कलेज का विद्यार्थीद्वारा ‘राष्ट्रिय पाककला चुनौती २०२६’ मा प्रभावशाली प्रस्तुति

  • जेठ ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्राइम भिजन इन्टरनेशनल कलेजले राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला प्रतियोगिता ‘दोस्रो राष्ट्रिय पाककला चुनौती २०२६’ मा उत्कृष्ट सहभागिता जनाउँदै धरानको नाम राष्ट्रिय मञ्चमा चम्काएको छ।

इन्टरनेशनल नेपालीज शेफ सोसाइटी द्वारा आयोजित उक्त प्रतियोगितामा धरानबाट सहभागी हुने एकमात्र विद्यार्थी टोली प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीहरू रहेका थिए।

प्रतियोगिताका क्रममा कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेको पाककला कला, सिर्जनात्मकता तथा व्यावसायिक प्रस्तुतिले अन्तर्राष्ट्रिय निर्णायक मण्डललाई अत्यन्त प्रभावित बनाएको थियो। उनीहरूको उत्कृष्ट प्रदर्शनपछि अन्तर्राष्ट्रिय निर्णायक तथा उपस्थित शेफहरूले उभिएर ताली बजाउँदै सम्मान प्रकट गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षण बनेको थियो कलेजका शेफ कबिन राई र शेफ सबिन थापा मगरद्वारा तयार गरिएको विशेष फल नक्काशी कला।

उनीहरूले तरबूजामा विश्वप्रसिद्ध सेलिब्रेटी शेफ Gordon Ramsay नेपालका पहिलो कार्यकारी लेजेन्डरी शेफ Govinda Narasingha KC तथा मास्टर शेफ Sai Kumar Sharma को आकर्षक अनुहार नक्काशी प्रस्तुत गरेका थिए।

उक्त कला कार्यक्रमभरि नै सबैको ध्यानको केन्द्र बनेको थियो। विभिन्न देशका शेफ, निर्णायक तथा अतिथिहरूले प्राइम भिजन इन्टरनेशनल कलेजका शेफहरूको सिर्जनशीलता, मेहनत र कलात्मक प्रतिभाको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा उपस्थित धेरै शेफहरूले यस्तो स्तरको फल नक्काशी कला नेपालमा दुर्लभ रहेको प्रतिक्रिया दिएका थिए।

कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठले विद्यार्थीहरूको सफलताले धरानको शैक्षिक तथा आतिथ्य क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाएको बताउँदै भने, “हाम्रा विद्यार्थीहरूले देखाएको प्रतिभा, अनुशासन र सिर्जनशीलताले हामी अत्यन्त गौरवान्वित भएका छौं। प्राइम भिजन इन्टरनेशनल कलेजले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक तथा अन्तर्राष्ट्रिय स्तरको सीप विकासमा निरन्तर जोड दिँदै आएको छ।

प्राइम भिजन इन्टरनेशनल कलेजले फेरि एकपटक आतिथ्य तथा पाककलाको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धरानको गौरव बढाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved