शिक्षा

    Showing ९१-१०० of १,९२३ items.
  • युएन नवोदयकलेजका होटल म्यानेजमेन्टका विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण

    सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्था  युएन-नवोदयकलेजले कक्षा ११ का होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि अभिमुखीकरण  (Orientation)  तथा होटल भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। कलेजले आफ्ना विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले कोशी प्रदेशकै पहिलो र शीर्ष पाँच तारे होटलको भ्रमण गराएको हो। ​कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोका अनुसार, युएन  नवोदय कलेज मिहिनेती र अनुशासित विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ। होटल म्यानेजमेन्ट विषय सिद्धान्तमा मात्र सीमित नभई पूर्ण रूपमा व्यावहारिक विषय पनि हो, प्रिन्सिपल तुम्बापोल

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १,२१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा, चतुर्मास व्रत सुरु

    काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा–आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरका तुलसीका मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने परम्परा छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. ड

    • प्रकाशित मितिः साउन ९, २०८३
    • १३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कसमा पाँचदिने नेतृत्व तथा उद्घोषणकला तालिम सम्पन्न

    धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको व्यक्तित्व विकास, सञ्चार सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ। गर्मी बिदाको सदुपयोग गर्दै सञ्चालन गरिएको तालिममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पाँच दिनसम्म चलेको प्रशिक्षणमा उद्घोषणकला, वक्तृत्वकला, औपचारिक कार्यक्रम सञ्चालन, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, माइक्रोफोन तथा पोडियमको सही प्रयोग, आवाजको उतारचढाव र मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने कला लगायतका विषयमा व्यवहारिक प्रश

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ५६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे युएन नवोदयका प्रमोद राईको दोहोरो सफलता, अन्तर्राष्ट्रिय करातेमा स्वर्ण र कास्य

    धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक धरान–१६ स्थित यु एन नवोदय प्लस २ कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दोहोरो पदक जित्दै नेपाल र आफ्नो कलेजको गौरव बढाएका छन्। एसियाली कराते महासङ्घको सहकार्यमा बङ्गलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमोदले काता विधामा स्वर्ण पदक तथा ५७ केजीमुनिको कुमिते विधामा कास्य पदक जित्न सफल भएका हुन्। हाल युएन नवोदय प्लस २ कलेजमा कक्षा ११ कम्प्युटर व्यवस्थापन विषय अध्ययनरत प्रमोदले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो सफलता कलेजका लागि मात्रै नभई कोशी प्रदेश र सम्

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १,४१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाराबाजी गर्ने ५ जना पक्राउ

    काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल बिहीबार कीर्तिपुरस्थित कार्यक्रमस्थल पुगेका थिए। सोही क्रममा कार्यक्रमस्थल बाहिर जम्मा भएका युवाहरूको समूहले मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। विश्वविद्यालय परिसरमा नाराबाजी र विरोध प्रदर्शनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनका क्रममा युवाहरूले ‘नेपो बेबी मुर्दावाद

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारीको सपना देखाएर ३२ लाख ठगी, चार जना पक्राउ

    काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रु ३२ लाख ३८ हजार ठगेको अभियोगमा ४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का २० वर्षीय दीपक साह,सर्लाहीको बसबरिया गाउँपालिका–३ का ४१ वर्षीय जयमङ्गलप्रसाद निसाद तथा रामेछापको मन्थली नगरपालिका–३ की ३७ वर्षीया मिना श्रेष्ठलाई ठगीको अभियोगमा मङ्गलबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार पूजाले बेलायत पठाइदिने भन्दै एक जनाबाट रु १७ लाख, दीपकले फ्रान्स पठाइदिने प्रलोभनमा एक जनाबाट रु पाँच

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ३०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस बोर्डिङमा उद्घोषणकला तथा नेतृत्व विकास तालिम सुरु

    धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर्मी बिदाको सदुपयोग गर्दै विद्यार्थीका लागि पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ।  सोमबारदेखि सुरु भएको तालिम शुक्रबारसम्म सञ्चालन हुने विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले जानकारी दिए। उनका अनुसार बिदाको समयलाई सिर्जनात्मक रूपमा उपयोग गर्दै विद्यार्थीको बोल्ने कला, प्रस्तुतीकरण क्षमता, आत्मविश्वास र नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिम अवधिभर औपचारिक कार्यक्रम सञ्चालन, उद्घोषणकला, वक्तृत्वकला, प्रभावकारी प्रस्तुतीकरण, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी विषयमा विद्यार्थ

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ६६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १४ औषधि पसल शिलबन्द, सञ्चालक अनुगमन टोली देख्नासाथ भागे

    धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट बाहिर सञ्चालनमा रहेका औषधि पसलमाथिको अनुगमन थप कडा बनाइएको छ। सोमबार गरिएको अनुगमनमा विभिन्न कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि १४ वटा औषधि पसल शिलबन्द गरिएको छ। औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काका अनुसार पछिल्ला चार–पाँच दिनदेखि निरन्तर भइरहेको अनुगमनका क्रममा शिलबन्द गरिएका पसलका धनी तथा सञ्चालकलाई सात दिनभित्र विभागमा उपस्थित हुन पत्राचार गरिएको छ। उनका अनुसार केही औषधि पसलका सञ्चालक भने अनुगमन टोली पुगेको थाहा पाउनासाथ पसल बन्द गरेर भागेका थिए। जेभीआर मेडिकलका सञ्चालकले समेत टोलीसँग आवश्यक समन्

    • प्रकाशित मितिः साउन ५, २०८३
    • १९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको युएन नवोदयले विद्यार्थीलाई पुर्‍यायो ‘साइन्स सिटी

    धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूलाई भारतको प्रख्यात ‘साइन्स सिटी’मा  निःशुल्क शैक्षिक अवलोकन भ्रमण गराएको छ। विद्यार्थीहरूले विज्ञानलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रत्यक्ष रूपमा बुझ्न, अनुभव गर्न र आधुनिक वैज्ञानिक प्रविधिसँग परिचित गराउने उद्देश्यले कलेजले उक्त भ्रमणको आयोजना गरेको जनाएको छ। भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक आविष्कार, प्रयोग, प्रविधि तथा विज्ञानका व्यावहारिक पक्षलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए। कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले विज्ञान शिक्षा अन

    • प्रकाशित मितिः साउन ५, २०८३
    • १,०१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेसबुकमा प्राविधिक समस्या

    काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ। डेक्स्टपबाट लगइन गर्दा आफ्नो फेसबुक नखुलेको धेरै प्रयोगकर्ताले गुनासो गरेका छन् । प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ। साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ। यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही खातामा मात्र सीमित छ भन्ने यकिन भइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालका विभिन्न माध्यममा धेरै प्रयोगकर्ताले आफूले पनि यस्तै समस्या भोगि

    • प्रकाशित मितिः साउन ३, २०८३
    • २८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved