शिक्षा

    Showing 91-100 of 1,880 items.
  • विपी प्रतिष्ठानलाई ‘राष्ट्रिय महत्वको संस्था’ घोषणा गर्न विद्यार्थीहरूको माग

    धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई ‘राष्ट्रिय महत्वको संस्था’ को मान्यता दिई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न विद्यार्थीहरूले सरकारसँग माग गरेका छन्। प्रतिष्ठानको विद्यार्थी कल्याण समाज (Students' Welfare Society–SWS) ले प्रतिष्ठानको वर्तमान अवस्था, संस्थागत चुनौती तथा दीर्घकालीन विकासका विषयमा विभिन्न मन्त्री, सांसद तथा नीति–निर्मातासँग छलफल गर्दै उक्त माग अघि सारेको हो। समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

    • प्रकाशित मितिः असार ५, २०८३
    • 362 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा बालुवा प्रशोधन प्लान्टको अनुमति, स्थानीयको विरोध

    इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी चोक क्षेत्रमा बालुवा प्रशोधन (बालुवा चाल्ने) प्लान्ट सञ्चालनको अनुमति दिइएपछि स्थानीयवासीले विरोध जनाएका छन्। बस्ती, विद्यालय तथा धार्मिक क्षेत्र नजिकै प्लान्ट स्थापना गर्न लागिएको भन्दै स्थानीयले निर्णय पुनःविचार गर्न माग गरेका छन्। त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्राइभेट लिमिटेडले सञ्चालन गर्न लागेको उक्त प्लान्टका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको भन्दै इटहरी उपमहानगरपालिकाले अनुमति दिएको जनाएको छ। वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ भने नगर प्रमुखको

    • प्रकाशित मितिः असार ४, २०८३
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रीपेरेटोरी सेकेण्डरी बोर्डिङ्ग स्कुल मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा यातायात व्यवस्थापन कार्यालय, इटहरी, सुनसरीका प्रहरी नायब निरीक्षक (Sub Inspector) लीला नाथ न्यौपानेले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका विषयमा प्रस्तुतीकरण गर्दै सहभागीहरूलाई सचेतना प्रदान गर्नुभयो। उहाँले सुरक्षित सडक संस्कृतिको विकासका लागि ट्राफिक नियमहरूको जानकारी र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयले पाठ्यक्रमसँगै यस्ता सचेतनामूलक

    • प्रकाशित मितिः असार ४, २०८३
    • 906 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयका विद्यार्थीलाई १ लाख ७५ हजारसहित सम्मान

    धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले १६औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश सरकारबाट कुल १ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेका छन्। कोशी प्रदेशको प्रतिनिधित्व गर्दै तेक्वान्दोको छात्रा पुम्से विधामा स्वर्ण पदक जितेकी युमी राईलाई नगद १ लाख रुपैयाँ तथा कराते विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालमै दोस्रो स्थान हासिल गरेका कक्षा–११ का विद्यार्थी प्रमोद राईलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुवै खेलाड

    • प्रकाशित मितिः असार २, २०८३
    • 1,400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मैत्रीपूर्ण फुट्सलमा अभिभावक टोलीको शानदार जित, शिक्षक ४–१ ले पराजित

    धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेको शिक्षक र अभिभावकबीचको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा अभिभावक टोली विजयी भएको छ। धरान–१६ स्थित गोर्खा फुट्सलमा आइतबार सम्पन्न खेलमा अभिभावक टोलीले शिक्षक टोलीलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो। खेलको पहिलो हाफमै अभिभावक टोलीले आक्रामक प्रदर्शन गर्दै ४ गोल गरेको थियो। शिक्षक टोलीले एक गोल फर्काए पनि त्यसपछि थप गोल गर्न नसक्दा खेल अभिभावकको पक्षमा गएको थियो। दोस्रो हाफमा शिक्षक टोलीले लगातार आक्रमण गरे पनि अभिभावक टोलीको बलियो रक्षापंक्तिलाई भेद्न सकेन। इन्टर हाउस फुट्सल प्रतियोगिताको फाइनलको अवसरमा आ

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र नगरपालिकाद्वारा माध्यमिक बिद्यालय स्तरिय कबिता प्रतियोगिता सम्पन्न

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको छ । आईतवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चतराधाम स्थित श्री राधाकृष्ण संस्कृत वेद बिद्याश्रम गुरुकुलम माध्यमिक बिद्यालयको प्राङ्गनमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि भएको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए । प्रतियोगितामा कोशी माध्यमिक ब

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 1,110 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'ब्रेन ब्याटल' सिजन- १ भब्यरुपमा सम्पन्न

    धरान/ब्रदर्स अनलाइन मिडिया हबद्वारा आयोजित स्कुलव्यापी हाजिरी जवाफ प्रतियोगिता 'ब्रेन ब्याटल धरान, सिजन -१' को उपाधि धरानस्थित सिद्धार्थ शिशु सदन स्कुलले जितेको छ । शनिबार आयोजित फाइनल प्रतिस्पर्धाको चार राउण्डबाट कुल ८० अङ्क जोडेको सिद्धार्थले ब्रेन ब्याटलको उपाधिसहित नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।  प्रतियोगितामा कुल ५० अङ्क जोडेको एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल दोस्रो भएको छ । एभेरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा ३५ अङ्क प्राप्त गरेको डिपो स्कुल तेस्रो बन्दा ३० अङ्क प्राप्त गरेको छ । डिपोले नगद १० हजार रुपैयाँस

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 755 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन कलेजका साइन्स विद्यार्थीको बेतना सिमसार अध्ययन भ्रमण

    धरान/धरानस्थित मेघा हिमालयन कलेजले कक्षा–११ मा भर्ना भएका विज्ञान (साइन्स) संकायका नवआगन्तुक विद्यार्थीहरूलाई शनिबार मोरङको बेतना सिमसार क्षेत्रमा अध्ययन तथा अवलोकन भ्रमण गराएको छ। विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्ने उद्देश्यले आयोजित भ्रमणमा सिमसार क्षेत्रका जैविक विविधता, वनस्पति तथा वातावरणीय महत्वबारे प्रत्यक्ष अध्ययन गराइएको थियो।   कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे ले अवलोकन भ्रमणको सुरुवातमा विद्यार्थीहरूलाई सिमसार क्षेत्रमा अध्ययन गर्नुपर्ने विषयवस्तु तथा अवलोकनका मुख्य पक्षबारे अभिमुखीकरण गराएका थिए। उनले भ्रमणपछि विद्यार्थीहरूले अ

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा चेतनामूलक कार्यक्रम सम्पन्न

    इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलको सभाहलमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आर्ट एन्ड लिटरेचर क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बालश्रमविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ कविता, कथा, निबन्ध तथा प्रेरणादायी भनाइहरू प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले सिर्जनात्मक प्रस्तुतीमार्फत बालअधिकारको संरक्षण र बालश्रम अन्त्यको आवश्यकताबारे सन्देश दिएका थिए। कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष दृष्टि सिग्देलले गरेकी थिइन् भने श्रेजा गौतम र मिनाक्षी अधिकारीले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्र

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 260 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम भिजन कलेजको भव्य दीक्षान्त समारोह सम्पन्न

    धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज (PVIHM), धरानले इटहरीस्थित होटल रामाडा बाइ विन्डहममा भव्य दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न गरेको छ। समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अविषेक श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख ऐन्द्र विक्रम बेघा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। LCCI GQ, का हेड अफ पार्टनरशिप एन्ड ग्रोथ दिवस योञ्जन विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रम

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 859 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved