धरानमा १४ औषधि पसल शिलबन्द, सञ्चालक अनुगमन टोली देख्नासाथ भागे

  • साउन ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट बाहिर सञ्चालनमा रहेका औषधि पसलमाथिको अनुगमन थप कडा बनाइएको छ।

सोमबार गरिएको अनुगमनमा विभिन्न कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि १४ वटा औषधि पसल शिलबन्द गरिएको छ।

औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काका अनुसार पछिल्ला चार–पाँच दिनदेखि निरन्तर भइरहेको अनुगमनका क्रममा शिलबन्द गरिएका पसलका धनी तथा सञ्चालकलाई सात दिनभित्र विभागमा उपस्थित हुन पत्राचार गरिएको छ।

उनका अनुसार केही औषधि पसलका सञ्चालक भने अनुगमन टोली पुगेको थाहा पाउनासाथ पसल बन्द गरेर भागेका थिए।

जेभीआर मेडिकलका सञ्चालकले समेत टोलीसँग आवश्यक समन्वय नगरी सम्पर्कविहीन बनेको अधिकृत खड्काले बताए।

संयुक्त अनुगमनका क्रममा अधिकांश पसलमा फार्मेसिस्ट अनुपस्थित, सक्कल प्रमाणपत्र नराखिएको, आवश्यक कागजात अपूर्ण रहेको तथा औषधि व्यवसाय सञ्चालनसम्बन्धी कानुनी मापदण्ड पालना नगरेको भेटिएको विभागले जनाएको छ। माँ रुपेनी फार्मेसीले समेत सक्कल प्रमाणपत्र देखाउन नसकेको पाइएको छ।

शिलबन्दी गरिएका पसलमा सहारा मेडिकल हल, रुपबी मेडिकल हल, सलिल मेडिकल, गहिल फार्मेसी, महाकाली फार्मेसी, सनलाइट फार्मेसी, सिम्रन हेल्थ केयर फार्मेसी, बुढाथोकी फार्मेसी, माही मेडिकल हल, सुप्रिला फार्मेसी, सुनकोसी फार्मेसी लगायत रहेका छन्।

यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले ८ वटा औषधि पसल शिलबन्द गरेको थियो। पछिल्लो कारबाहीसँगै शिलबन्दी हुने पसलको संख्या अझ बढेको छ।

बीपी प्रतिष्ठान क्षेत्रलाई अनियमितता, बिचौलिया र अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत अनुगमनलाई तीव्रता दिइएको प्रशासनले जनाएको छ। केही समयअघि प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि उनीहरूको रिहाइको माग गर्दै औषधि व्यवसायीले आन्दोलन र धर्नासमेत दिएका थिए।

यसअघिको अनुगमनमा पनि औषधि खरिद–बिक्रीको अभिलेख नराखिएको, कानुनविपरीत प्रतिबन्धित औषधि बिक्रीका लागि राखिएको लगायतका गम्भीर अनियमितता फेला परेको थियो। प्रशासनले यस्ता गतिविधिविरुद्ध अनुगमन र कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved