नाराबाजी गर्ने ५ जना पक्राउ

  • साउन ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल बिहीबार कीर्तिपुरस्थित कार्यक्रमस्थल पुगेका थिए। सोही क्रममा कार्यक्रमस्थल बाहिर जम्मा भएका युवाहरूको समूहले मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

विश्वविद्यालय परिसरमा नाराबाजी र विरोध प्रदर्शनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनका क्रममा युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ ‘मेरिटोक्रेसी लागू गर’ विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था खारेज गर जस्ता नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

प्रहरीले स्थिति थप अशान्त हुन नदिन र सुरक्षा व्यवस्था सहज बनाउनका लागि प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। शिक्षामन्त्री पोखरेल त्रिभुवन विश्वविद्यालयको सहकुलपतिका रूपमा वार्षिक दिवस समारोह तथा सभाको बैठकलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए। तर उनी कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रममै युवा तथा विद्यार्थी समूहले विरोध सुरु गरेका थिए।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved