फेसबुकमा प्राविधिक समस्या

  • साउन ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ।

डेक्स्टपबाट लगइन गर्दा आफ्नो फेसबुक नखुलेको धेरै प्रयोगकर्ताले गुनासो गरेका छन् ।

प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ। साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ।

यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही खातामा मात्र सीमित छ भन्ने यकिन भइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालका विभिन्न माध्यममा धेरै प्रयोगकर्ताले आफूले पनि यस्तै समस्या भोगिरहेको भन्दै जानकारी र स्क्रिनसट सार्वजनिक गरेका छन्।

फेसबुकको मातृ कम्पनी मेटाले समाचार तयार पार्दासम्म यस समस्याबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। समस्याको कारण के हो र कहिलेसम्म समाधान हुन्छ भन्नेबारे पनि कम्पनीले जानकारी दिएको छैन।

यसअघि पनि मेटाका फेसबुक, इन्स्टाग्राम र मेसेन्जरलगायतका सेवामा बेला–बेलामा विश्वव्यापी प्राविधिक समस्या देखिने गरेका छन्।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved