हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा, चतुर्मास व्रत सुरु

  • साउन ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा–आराधना आजदेखि सुरु हुँदैछ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरका तुलसीका मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने परम्परा छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार भगवान् विष्णु शयन गर्नुहुने यी चार महिनालाई ‘चतुर्मासा’ पनि भनिन्छ।

एक वर्षमा २४ वटा एकादशी पर्छन्। सक्ने श्रद्धालुले सबै एकादशीमा फलाहार गरेर व्रत बस्ने गर्छन् भने नसक्नेले चतुर्मासाभित्र पर्ने आठ एकादशीमा व्रत बस्ने परम्परा छ। कामकाजका कारण चार महिनासम्म नियमित फलाहार गर्न नसक्नेहरूले हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन व्रत बस्ने गर्छन्।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीस्थित बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने चलन छ।

वैज्ञानिक रूपमा पनि तुलसीले बढी अक्सिजन प्रदान गर्ने र विभिन्न रोगको औषधिका रूपमा उपयोगी हुने प्रमाणित भएको छ। तुलसीको मोठ भएको स्थानमा रोग फैलाउने हानिकारक कीटाणु नआउने विश्वास गरिन्छ। साथै, वास्तु दोष भएका स्थानमा तुलसी रोप्दा सकारात्मक प्रभाव पर्ने धार्मिक मान्यता पनि छ। तुलसी भएको स्थानको हावा शुद्ध हुने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भएको छ।

चार महिनासम्म विधिपूर्वक पूजा–आराधना गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग विवाह गराउने वैदिक परम्परा छ। तुलसी–दामोदर विवाह सम्पन्न भएपछि अग्निस्थापना विधिअनुसार हवन गरी चतुर्मासा व्रतको उद्यापन गरिन्छ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved