विराटनगर/ मोरङ सुनसरी औद्योगिक करिडोर अन्तरगत सुनसरीको दुहवीमा सञ्चालनमा रहेको युनाइटेड टेनरिज बन्द हुँदा त्यहाँ कार्यरत मजदुरहरु समस्यामा परेका छन् । उनीहरुलाई जहान परिवार चलाउन समस्या हुन थालेको छ । २०४६ सालदेखि निरन्तर चल्दै आएको उद्योग बन्द हुँदा त्यस उद्योगमा आश्रित भएर परिवार चलाउँदै आएका मजदुरहरु समस्यामा परेका हुन् । दुहबी नगरपालिका वडा नम्बर ६ स्थित युनाइटेड टेनरिज गत असोज छ गतेदेखि बन्द छ ।स्थानीयहरुको विरोधले गर्दा उद्योग बन्द भएको हो । जनावरको छाला प्रशोधन गरी इटाली, चीन, भियतनाम, इन्डोनेसिया, टर्की लगायतका मुलुकमा निर्यात गर्दै आएको उक्त उद्योग स्थानीयको विरोधका कारण सञ्चा
सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुईट
धरान/ धरान रन समुहले आफ्नो १३ औ नेवा च्यारीटी तथा धरान १० के रन आउदो फागुनमा गर्ने भएको छ ।धरान रनले आगामी फागुन १० गते उक्त दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । धरान रनका अध्यक्ष रमु राईले मंगलबार धरान २ देशिलाईन स्थित होटेल नबयुगमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिता बारे जानकारी दिएका हुन । राईले वि.स. २०६८ सालमा स्थापित धरान रनले स्थापनाकाल देखि नियमितरुपमा प्रत्येक शनिबार यलम्बर पार्क–तिनकुने रुटमा साप्ताहिक दौड कार्यक्रमको आयोजना गर्दै आईरहेको साप्ताहिक दौड बाहेक हरेक वर्ष फागुन महिनामा “धरान १० के रन नेवा च्यारेटी“ दौड प्रतियोगिता गर्दै आएको र सोहि प
धरान । सहिदस्मृति माध्यामिक विद्यालय धरान–८ले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।स्कुलले सहयोगी दाता सहित शिक्षकहरुलाई सम्मान र खेलकुदका विजेतालाई पुरस्कृत गर्दै दिवस सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार वस्नेतले सहिदका विद्यार्थीहरुले वनाएको रोवर्ट मार्फत रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।स्कुलले १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने युवा व्यवसायी सुमेधा एजुकेशन नेटवर्क प्रा.लिका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने स्कुलका विपन्न परिवारका १सय २५ जनालाई न्यायो स्वेटर वितरण गरी सहयोग गर्ने
धरान । बराहक्षेत्र नगरपालिकाले वास्तविक गरिबको पहिचान गर्न नसक्दा सामाजिक संजालमा तीव्र असन्तुष्टि देखिएको छ । बराहक्षेत्रमा हाल जनगुनासो र व्यापक चर्चाको विषय बनेको छ- गरिब पहिचान । नगरका ११ वटा वडामा सन्तुष्ट हुने खाल्का कुनै तथ्याङ्क सार्वजनिक भएको छैन । बराहक्षेत्र नगरपालिकाले सङ्कलन गरिएको तथ्याङ्क लापरवाही ढङ्गबाट सार्वजनिक गरेपछि चौतर्फी आलोचनाको विषय बनेको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन् । 'बराहक्षेत्रमा चार बिघा जग्गा भएको मान्छे पनि गरिब अरे'बराहक्षेत्र नगरपालिकाले सार्वजनिक गरेको गरिब पहिचानको तथ्याङ्क मिथ्याङ्क भएकाले पुनः यथार्थ विवरण सङ्कलन गरी
धरान/ धरानको पर्यटन,व्यापार र व्यवसायलाई थप चलायमान बनाउन आयोजना गरिएको धरान एक्स्पो २०८१ पौष २५ गतेदेखि धरान १६ स्थित रंगशालामा जारी छ । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा भएको उक्त एक्स्पो आज अर्थात माघ ५ गते सम्म भनिएपनि पुनः माघ ८ गते सम्म अर्थात तीन दिनको लागि थप गरिएको हो । एक्स्पोमा विगतका वर्षहरुमा भन्दा यो बर्ष १५ प्रतिशतले आर्थिक कारोबारमा बृद्धि भएको अनुमानपछि आयोजकले फेरी तीन दिन सम्म थप गरेको हो । माघ ६ गतेदेखि सेतो त्रिपाल एक्स्पोबाट हट्ने भएको छ । यो त्रिपाल देशैभरमा ३ वटा मात्रै रहेको छ ,देशैभरको यस्ता व्यापारिक एक्स्पोको निम्ति प्रयोग गरिने गरेको छ । विराटनगरमा पनि व
बुद्धशान्ति/ झापामा रैथाने जंगली हात्तीको कारण वन क्षेत्र आसपासका स्थानीयबासी त्रासमा बाच्न बाध्य छन् । दिनहुँजसो रात परेपछि आहारको खोजीमा निस्किने जंगली हात्तीले दिनहुँ स्थानीयको घरगोठ भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्याउँदै आएको छ । पछिल्लो दुईसातायता जिल्लाको बुद्धशान्ति गाउँपालिकाको वडा नं. २ र ३ क्षेत्रमा रातको समयमा जंगली हात्ती गाउँ पस्न थालेपछि अहिले गाउँले त्रसित बनेर निदाउन सकेका छैनन् । चर्चाबारी, गोपालडाँडा, आँपचोक, महानन्द टोल, प्रगति टोल, सातनम्बर, जयपुर, ट्रान्समिटर, गलान गाउँ लगायतका क्षेत्रमा दैनिक रातको समयमा जंगली हात्ती प्रवेश गरेर खेतीबाली नोक्सान ग
धरान/ धरानको मितेरी डेभलपमेन्ट बैङ्कका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले पदभार ग्रहण गरेका छन् । रिक्त रहेको उक्त पदमा अनन्त कुमार चापागाईँले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । बैकको केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष किशन मास्के तथा अन्य संचालकहरुको उपस्थितिमा आयोजित कार्यक्रमका बिच सिइओ चापागाँइले पदभार ग्रहण गरेका हुन ।बैङ्क सञ्चालक समितिले चापागाईँलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाइएको छ । पदभार कार्यक्रममा चापागाँइले संस्थागत सुशासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सबल, सक्षम र उदाहरणीय बैङ्क बनाउने योजना रहेको बताउँदै आगामी द
चतरा/ उहाँ दिदी जानकी चौधरी । उहाँले भक्का बिक्री गर्न थाल्नु भएको झण्डै बीस वर्ष भएछ । उहाँले भक्काको बिक्री गर्न थाल्दा यसरी भक्काको व्यापार हुँदैनथ्यो । पहिले इटहरी बसपार्क र अहिले इटहरी कलङ्कीमा उहाँले भक्का व्यापार गर्दै हुनुहुन्छ । बिहान ५ देखि साढे ९ बजेसम्म र बेलुका ३ बजेदेखि साँझसम्म व्यापार गर्दा दैनिक १५ सयसम्मको भक्का बिक्री गर्दै आउनु भएको छ । ५ रुपैयाँको दुई वटा भक्का बेच्दा चामल २० रुपैयाँ केजी थ्यो । अहिले २० रुपैयाँ गोटा भक्का बेच्दा चामल ७० रुपैयाँ केजी छ । अर्को कुरा कतिपय हाम्रा सांस्कृतिक जातीय परिकारलाई हामीले व्यावसायिक रुपमा पस्कन सकेका रहेनछौं । भक
विराटनगर/ विराटनगरको डिग्री कलेजको मैदानमा माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो २५ को तयारी तीव्र पारिएको छ ।् उक्त एक्स्पोले विराट बजार विटुवि पेभिलियन औधोगिक र व्यवसायीक विकास तथा व्यवसायीक सहकार्य लागि महत्वपूर्ण हुने दाबी आयोजकको रहेको छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन भने पेभिलियनमा औद्योगिक विकासका लागी व्यवसायीक विकासका सेवाहरुको इकोशिष्टम अभिबृद्धि गर्न एक्स्पोको मूख्य कार्यक्रमहरु उजागर गर्ने यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सीलेन्सका रुपमा प्रस्तुत