राजस्व  कार्यालयकाे नियन्त्रणमा रहेको ट्रक ३४ लाख ६२ हजार धरौटीमा छुट्याे

  • मंसिर २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ राजस्व अनुसन्धान कार्यालय इटहरीको नियन्त्रणमा रहेको पूर्वाञ्चल करियर्सको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रक ३४ लाख ६२ हजार रुपैयाँ धरौटीमा मुक्त भएको छ।

झापाबाट काठमाडौँतर्फ चोरी–पैठारी गरिएका मालवस्तु लिएर हिँडेको ट्रकलाई विशेष सूचनाका आधारमा असोज ७ गते इटहरीस्थित कार्यालयले नियन्त्रणमा लिएको थियो।

ट्रकमा बिना बिल–बीजक भारतमा उत्पादित विविध वस्तु फेला परेका थिए, जसमा–

• डेरी मिल्क १८ ग्राम – ३८४० पिस

• डेरी मिल्क ४० ग्राम – १४४० पिस

• मिल्क डेरी मिल्क १०५ ग्राम – ८८० पिस

• मिक्सचर ग्राइन्डर (३ जार) – १२० थान

• नभुटेको काजु – ४०० केजी

• नेस्ले एभ्रिडे पाउडर मिल्क – ३१५ केजी

• गुडरिक चिया – १२५४ केजी

• साधारण भेष्ट – ४०० थान

• उत्पादनको स्रोत नखुलेको सेतो केराउ – १३८० केजी

• नभुटेको कफी दाना – १३२० केजी

यसबाहेक सेतो भटमास १५०० केजी को बिल कागजातमा भए पनि सामान भने गाडीमा फेला परेको थिएन।

मालवस्तुको वास्तविक धनी प्रस्तुत हुन नसकेपछि पूर्वाञ्चल करियर्सले नै कानुनबमोजिम जिम्मेवारी लिएर मालवाहक ट्रक धरौटीमा छुटाएको कार्यालयले जनाएको छ।

स्रोत नखुलेका सामान जफत गरिँदा, स्रोत खुलेका सामान र सवारी साधन मात्र करियर्सलाई फिर्ता गरिएको हो।

भारतसँग सीमा जोडिएका स्थानहरूबाट चोरी–पैठारीको क्रम बढ्दै गएपछि निगरानी कडा पारेको कार्यालयले बताएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved