सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीको नयाँ टिम गठन

  • मंसिर ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते बसेको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गरी संघको नेतृत्व संरचना पूर्णता दिएको छ।

अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको उक्त बैठकले वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष रामस्वरुप शर्मा, द्वितीय उपाध्यक्ष किसन मास्के र तृतीय उपाध्यक्षमा राजेश अग्रवाललाई चयन गरेको हो।

त्यसैगरी, उद्योग सचिवमा नारायण लिम्बु, वाणिज्य सचिवमा नविन राजभण्डारी, प्रचार तथा संगठन सचिवमा विष्णु बराल, महिला सचिवमा वर्षा अग्रवाल र सह–कोषाध्यक्षमा राजु साह छानिएका छन्।

महासचिव प्रभाव खतिवडा र कोषाध्यक्ष शैलेसकुमार आचार्य (प्रमोद) भने पहिलो बैठकमै चयन भइसकेका थिए।

गत असार ३० गते सम्पन्न निर्वाचनपछि अध्यक्ष श्रेष्ठले विधान संशोधनलाई पहिलो प्राथमिकता दिएर समिति गठन गरेका थिए। त्यसअनुसार २०८२ मंसिर १ गते बसेको विशेष साधारण सभाले संघको विधान संशोधन पारित गरेको थियो।

“समयअनुसार विधान अद्यावधिक गर्नु आवश्यक थियो। सबैको साथकै विधान संशोधन सफल भयो,” अध्यक्ष श्रेष्ठले बताए।

संशोधित विधानअनुसार कार्यसमितामा विभिन्न तर्फबाट मनोनयन पनि गरिएको छ।

उद्योग सदस्य (महिला) मा सबिता चाम्लिङ राई, वाणिज्य सदस्य (महिला) मा ज्ञानशोभा शाक्य, ठूला उद्योग सदस्यमा सञ्जय अटल, र वस्तुगत सदस्यतर्फ प्रदीप गहतराज मनोनित भएका छन्।

यस्तै, कार्यसमिति सदस्यमा काजी गिरी, सन्दीप शाक्य, रमा चौहान, मनिष खड्गी र सन्तोष वि.क. थपिएका छन् भने विज्ञ सदस्यका रूपमा शुभेच्छा अधिकारी र प्रकाश जैन डाँगा मनोनित भएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved