धरान । इलाम नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को लागि एक अर्व २२ करोड ३७ लाखको बजेट तथा कार्यक्रम पारित गरेको छ । इलाम नगरपालिकाको ११ औ नगर सभामा उपप्रमुख विश्नुमाया दहाल लिम्बुले पेस गरेको बजेट पारित भएको शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नगर सभाले आर्थिक वर्ष ०७९।०८० को लागि रु १ अर्व २२ करोड ३७ लाखको आयव्यय अनुमान गरेको छ । आन्तरिक स्रोतमा २० करोड ४९ लाख ८९ हजार १ सय ६०, संघीय सरकारबाट प्राप्त हुने ८४ करोड २८ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड २८ लाख ४ हजार र राजश्व बाँडफाँडबाट १३ करोड ३१ लाख ६ हजार ८ सय ४० रहेको छ । व्ययतर्पm कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १६ करोड
धरान । नेपाल सरकारले ल्याएको आर्थिक विधेयक २०७९/०८० व्यवसायीको हितमा नरहेको त्रुटीपूर्ण रहेको भन्दै विराटनगरका उद्योगीहरु आन्दोलित बनेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ तथा ट्रेड युनियन र श्रमिकहरुले विराटनगर धरान सडकखण्डमा रहेको गोकुवा चौकी बासबारमा वृहत विरोध प्रदर्शन गरेको छन् । जि.आई. वायर, वनस्पति ध्यूतेल, सेनिटरी प्याड आदि विभिन्न उद्योगहरुका लागि ल्याएका व्यवस्थाहरु त्रुटिपूर्ण रहेको भए पनि केही समय अगाडि उद्यागीहरुले नेपाल सकारका अर्थमन्त्रीू र अर्थ सचिवले मोरग व्यापार संघ सहित उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, ट्रेड युन
धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएको छ । असाढ २० गते हुने संघको निर्वाचनमा अध्यक्ष तथा सदस्यमा उमेद्वारी दिने आकांक्षीहरु बढ्दै गएका छन् । संघको निर्वाचनका लागि यसपटक अध्यक्षमा पाच जनाको नाम चर्चामा आएको छ । उमेद्वारी दर्ता गर्ने समय रहे पनि संघको नेतृत्व सम्हाल्न पाच जना इच्छुक देखिएका छन् । एक जना अध्यक्ष बाकी सबै सदस्यकालागि मतदान हुने संघमा वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष पवन अग्रवाल, श्याम सोनी, उपेन्द्र चाम्लिङ र विजय श्रेष्ठको नाम अगाडि देखिएको छ । जो प्रतिष्पर्धी भएपनि निर्वाचित अध्यक्ष व्यपारी, व्यवसायी तथा उद्योगीको हितमा काम गर्ने खालेको
धरान । सरकारले पेट्रोलियम पदाथमा बढाएको मूल्य बृद्धि विरुद्ध सत्ता गठबन्धनकै भातृ संघ संगठनहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको विज्ञप्ती प्रकशित गरेसँगै प्रतिपक्ष दल, तिनका भातृ संगसंगठनले बृद्धिको फिर्ता गर्दै आन्दोलन चर्काइरहेको समयमा धरानमा भने सत्ता गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेको नेपाली काँगेसका भातृ संघ संस्थाहरुले मूल्य बृद्धि फिर्ताको माग गर्दै सिटी जुलुस निकालेका छन् । नेपाली काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संंंघ सुनसरी, तरुण सुनसरी क्षेत्र नंं १ र धरान नगर समितिले धरान २ सिंहदेवीचौकबाट सिटी जुलुस र्यालीको निकालेका थिए । र
धरान । बिर्तामोड–५ स्थित कृषिथोक बजारको बुधबारे हटियाका व्यवसायीलाई बिजुलीको मिटर जडान गर्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विवाद भएपछि व्यवसायीहरु आन्दोतिल भएका छन् । हटिया व्यवसायीलाई विद्युत् मिटरका लागि नगरपालिकाले सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरू आन्दोलित भएका छन् । व्यवसायीहरूलाई बिजुलीको मिटरबाट वञ्चित गरिएको र स्थानीय व्यावसायिक कर उठाएर बिर्तामोड नगर क्षेत्रका व्यवसायीको पसलबाट निस्किने फोहोरमैला निःशुल्क उठाउनुपर्नेमा फोहोर मैला उठाउँदा समेत पैसा लिएको विषयमा गुनासो उनीहरुको छ । व्यवसायीहरुको आन्दोलनलाई विर्तामोड उद्
धरान । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रू. एक करोड बराबरको करीब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूँर्जी काटेर आधिकारिक रुपमा विक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पु¥याउने गरेका छन् । वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रू. एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जानकारी दिएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्ताम
धरान । प्रदेश १ सरकारले आगामी आर्थिक ०७९÷८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको जानकारी गराए । उक्त बजेटको अनुमानित स्रोत व्यहोर्ने प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८
धरान । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी÷व्यवसायी र मजदुर आन्दोलित भएका छन् । मोरङ व्यापार संघमा बुधबार पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले मजदुर संगठनहरुसँग मिलेर आन्दोलन गर्ने बताएसँगै विहीबार उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनार्जन शर्मामाले शुक्रबार वार्ताका लागि आवहान समेत गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले राज्यले अप्रत्यक्ष रुपमा उद्योग बन्द ग
धरान । संघीय सरकारले चियाको क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै स्थानीय सरकारले चियाको उत्पादन र बजारीकरणमा योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । सरकारले ल्याएको बजेट भाषणमा नगदे बाली र कृषिजन्य उत्पादनलाई मात्र बजेट विनियोजन गरेको र दुवैमा चिया नपर्ने भन्दै स्थानीय सरकारले बजेट विनियोजन गरेर काम गर्नुपर्नेमा जोड दिएका हुन । केन्द्रीय चिया सहकारी संघले आयोजना गरेको स्थानीय सरोकारवाला निकायहरूसँग उत्कृष्ट अभ्यास तथा सिकाइहरूको जानकारी भावी सहकार्यका साथै गुणस्तरीय चिया उत्पादनको लागि तालिम प्राप्त जनशक्तिहरूको परिचालन विषयक अन्तर्क्रिरया कार्यक्रममा बोल्दै चियाको विकास
धरान । आर्थि्क बर्ष ०७९ ८० को सरकारले सार्वजनिक गरेको बजेटमा बनस्पति घ्यु तेल उद्योगीहरुलाई असर परेको भन्दै उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् । व्यवसायीहरुको संगठन नेपाल बनस्पति घ्यु तेल उत्पादक संघले एक प्रेस विज्ञप्ती प्रकाशि गर्दै हालै नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा विरोधासपूर्ण नीति अवलम्बन गरी यससँग सम्बन्धित उद्योगहरुलाई थप संकटमा धकलिएको जनाएका छन । उनहरुले स्वदशी उद्योगलाई राहत एवम् संरक्षण गर्न सरकारको ध्यानकर्षण गराएका छन् । विज्ञप्तीमा भनिएको छ, नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी सो को प्रशोधन गरी विक्री वितरण गर्दै आइरहेको छ । उनीहरुले सरकारले ल्याए