अर्थ

    Showing 821-830 of 1,043 items.
  • सप्तकोशीमा पानी बोट : सञ्चालकले तिरेनन् कर

    धरान । सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । बोट सञ्चालन हुदा यस क्षेत्रमको बराहक्षेत्र खण्डमा मात्र ८० भन्दा बढी टेम्पो, २० भन्दा बढी होटल व्यसायीको रोजीरोटी चलेको छ भने भोजपुर खण्डमा झण्डै ४० भन्दा बढी ल्याण्डरोवरको जीविकोपार्जन भएको छ । अरुलाई रोजगारी प्रदान गर्ने बोट सञ्चालक कमाई नभएको भन्दै स्थानीय सरकारको कर नै तिर्दैनन् । जलक्षेत्रको पर्यटन प्रवद्र्धन गर्न कोशीमा चलाइएको बोटबाट अहिलेसम्म बोट सञ्चालकले कर नतिरेको नगरपालिकाले बताउने गरेको छ । यस विषयमा कार्यपालिका बैठकमा समेत छलफल भयो तर समस्या कहिल्यै सुल्झेन । बोटका सम्बन्धमा कार

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 1,066 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • उद्योग व्यवसायी आन्दोलित : ब्याजदर ६ प्रतिशत कायम गर्न माग

    धरान । बैंकहरुले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि कर्जाको ब्याजदर अधिकतम वृद्धि हुने भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका छन् । बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग अगाडि सार्दै व्यवसायीहरुले चरणबद्ध आन्दोलननै थालेका छन् । संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने लगायतका माग राख्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले मंगलबार नेपाल राष्ट्र बैंकको विराटनगर स्थित कार्यालयमा प्रदर्शन समेत गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, लगानीको वातावरण तयार गर्नुपर्ने, बैंक ब

    • प्रकाशित मितिः चैत २, २०७८
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बढ्दो विनियम दरका कारण उपभोग्य वस्तुको मुल्य वृद्धि

    धरान । अन्तराष्ट्रिय बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि सहित रुस र युक्रेन बिचको युद्धले बढ्दो विनियम दरका कारण उपभोग्य वस्तुको मुल्य वृद्धि भएकाले नेपालमा पनि मुल्य निरन्तर उकालो लागेको उद्योग संगठन मोरङले जनाएको छ । वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्री, निर्माण सामाग्री लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको संगठनको भनाई छ । खानेतेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफलावर तेल, क्रुड पाम आयल र तोरिको दाना ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुमा मुल्य वृद्धि भए

    • प्रकाशित मितिः चैत १, २०७८
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महंगी बढे पछि धरानमा अनुगमन

    धरान । सर्वसाधारणले महंगी बढेको गुनासो गर्न थाले पछि धरानमा अनुगमन गरिएको छ । धरानका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गर्दा अनुगमनकर्ताहरुले कम तौल, म्याद गुज्रिएको सामग्री विक्री वितरण गर्ने पाइएको थियो । धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, ईलाका प्रशासन कार्यालय धरान, राष्ट्रिय उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोलीले सोमबार अनुगमन गरेको थियो । सोमबार अनुगमन टोलीले ७ वटा होटल र अन्य खाद्य सामग्रीका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले सुरज पापड मापदण्ड विपरीत सञ्चालन भएको भन्दै नष्ट गरेको थियो भने अन्य मापदण्ड विपरीत सञ्चालन

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,236 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई दिनमा पाँच कालोपत्रे सडक उदघाटन

    धरान । वहुवर्षे योजना अन्र्तगतका सडकहरु कालोपत्रे गरि इटहरीमा दुई दिनमा पाँच वटा सडक उदघाटन गरिएको छ । बुधबार पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्वर १ एमाले संसदीय दलका नेता भीम आर्चायले १ सय ४१ वर्ष सम्म वाँचेका नेपालकै जेष्ठ नागरिक वीर नारायण माझीको स्मृतिमा इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वडा नम्वर १० र ११ जोडने वीरनारायण माझी मार्ग उदघाटन गरे । बुधबार नै वडा नम्वर १० टावर देखि आमझोकी सम्मको करिव ८ किलोमिटर सडक उदघाटन गरेका हुन् । र्नुभयो । मंगलबार आर्चायले वडा नम्वर १८ वडहरा देखि वडा नम्वर २० को तरहरा जोडने सडक ६ दशमलव १ किलोमिटर सडक, वडा नम्वर १७ को व्रम्हपुरदेखि वडा नम्वर १९ मझौरा स

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,250 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जथाभावि खोला उत्खनन् रोक्न सर्वोच्चको आदेश

    धरान । स्थानीय तथा प्रदेश सरकारको मिलेमतोमा टेन्डर खुलाई खोला उत्खनन् गर्न जिम्मा ठेकेदार कम्पनीले जथाभावि रुपमा खोला उत्खना गर्ने क्रम बढेपछि सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको छ । साउन १७ गते सर्वोच्चले उत्खनन् रोक्न आदेश दिए पनि उत्खनन् रनरोकिएपछि पुन ः फागुन ११ गते न्यायाधिश मोहन भट्टराई र टंक मोक्ताको इजलासले त्यसलाई निरन्तता दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थासम्बन्धी मापदण्ड, २०७७ र प्रदेश स्तरबाट जारी भएका कार्यविधिको प्रभावकारितामा गम्भीर प्रश्न चिन्ह उठेको छ । पछिल्लो समय मुलुकमा नदीजन

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपन्नलाई महानगरले बनाई दियो पक्की घर

    धरान । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ । सामुहिक वस्ती विकास गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका परिवार छन् । ‘महानगर आवास’ योजना अन्तर्गत विपन्न मुसहर समुदायको लागि विराटनगर महानगरपालिकाले वस्ती निर्माण गरी समुदायमा हस्तान्तरण गरेको हो ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपभोग्य बस्तुको मुल्य आकाशियो

    धरान । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिए पछि दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने सर्वसाधारण समस्यामा परेका छन् । धरानमा पछिल्लो समय उपभोग्य वस्तुको मूल्य बृद्धि भएपछि दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारणको जीवनयापनमा समस्या भएको उनीहरुको गुनासो छ । धरान १५ की विमला बस्नेतले केही दिन अघिसम्म २ हजार ४ सय पर्ने सेलो तेल ३ हजारमा खरिद गरेको बताइन् । एक कार्टुनमा आधा केजीको २० पोका हुने उनी बताउँछिन् । अहिले त्यही कार्टुनलाई तीन हजार हाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामानको मूल्य यति बढेको छ कि किनेर खान नै धौ धौ पर्न थाल्यो । एक कार्टुन तेलमा ५०÷६० होइन एकैपटक ६ सय बढेपछि कसरी

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 1,256 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महँगी नियन्त्रण गर्न व्यवसायीको माग

    धरान । दैनिक उपभोग्य वस्तु लगायत निर्माण सामग्रीहरुको मूल्य बढ्दै गए पछि व्यापारीले भन्सार महशुल घटबढ गरिनु पर्ने बताएका छन् । अन्तराष्ट्रिय बजारमा कच्चापदार्थको अत्याधिक मूल्य वृद्धि भएका कारण महंगी बढ्न गएकाले मुल्यवृद्धि नियन्त्रणमा सरकारले उपायहरु समयमै अवलम्बन गर्न सुझाव दिएका छन् । मुल्य वृद्धि हुँदा उद्योगी व्यवसायीलाई आरोप लाग्न थाले पछि उनीहरुले मुल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । मोरङ व्यापार संघले मुल्यवृद्धिको दोष जति उद्योगी व्यवसायीलाई लगाउन थालेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । आयातमा आधारित मुलुकमा भएको अहिलेको मुल्यवृद्धिको कारक उद्योगी व्यवसायीहरु नरहेक

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 1,068 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होटल व्यवसायी तग्रिने प्रयासमा

    धरान । लामो समयदेखि कोरोना संक्रमणका कारण थलिएका होटल व्यवसायीहरु तंग्रिने प्रयासमा छन् । कोरोना कहरका समयमा व्यवसाय नै थिलथिलो भई विस्थापित हुने अवस्था आएपनि त्यसलाई निरन्तता दिँदै पहिलाकै अवस्थामा पु¥याउन प्रयास थालेका छन् । शनिवार होटल व्यवसायी संघ क्षेत्रीय माइ पश्चिम दमकको ११ औं साधारण सभामा होटल व्यवसायीहरुले कोरोना कहरका समयमा राज्यले सहयोग नगर्दा व्यवसायीहरुको बलबुतोले बल्लतल्ल टिकाउन सकेको भएको बताएका थिए । उनीहरुले यस्तो विषम् परिस्थितिमा राज्यले लिने करमा भने कुनै छुट नदिँदा कतिपय व्यवसायीहरु भने व्यवसायबाट विस्थापित भएको बताएका थिए । कार्यक्रममा बोल्दै इस्ट टुरिजम मार्टका संय

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved