सवै पालिकाको बजेट सार्वजनिक: प्राथमिकतामा स्वास्थ्य, शिक्षा र कृषि

  • असार १२, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । इलाम नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को लागि एक अर्व २२ करोड ३७ लाखको बजेट तथा कार्यक्रम पारित गरेको छ । इलाम नगरपालिकाको ११ औ नगर सभामा उपप्रमुख विश्नुमाया दहाल लिम्बुले पेस गरेको बजेट पारित भएको शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नगर सभाले आर्थिक वर्ष ०७९।०८० को लागि रु १ अर्व २२ करोड ३७ लाखको आयव्यय अनुमान गरेको छ । आन्तरिक स्रोतमा २० करोड ४९ लाख ८९ हजार १ सय ६०, संघीय सरकारबाट प्राप्त हुने ८४ करोड २८ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड २८ लाख ४ हजार र राजश्व बाँडफाँडबाट १३ करोड ३१ लाख ६ हजार ८ सय ४० रहेको छ ।

व्ययतर्पm कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १६ करोड ५८ लाख ५० हजार, वडास्तरीय योजना तथा कार्यक्रमतर्पm १२ करोड, नगरस्तरीय योजना तथा कार्यक्रमतर्पm २२ करोड ९७ लाख ३९ हजार, संघीय सशर्त अनुदानमा ४७ करोड ४६ लाख, प्रदेश सशर्त अनुदानमा ३ करोड ३५ लाख ११ हजार, सामाजिक सुरक्षामा २० करोड रहेको छ । वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा १ करोड ३२ लाख, सामाजिक विकासमा १ करोड ९८ लाख ५० हजार, पूर्वाधार विकासमा ५ करोड ९६ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड, सुशासन तथा संस्थागत विकासमा ७३ लाख ५० हजार रहेको छ । नगरस्तरय योजना तथा कार्यक्रममा आर्थिक विकासमा ४९ लाख, सामाजिक विकासमा ४ करोड ७६ लाख ९९ हजार ८ सय ४०, पूर्वाधार विकासमा १३ करोड २२ लाख ३९ हजार १ सय ६०, वन वतावरण तथा विपद् व्यवस्थापनमा ७० लाख, सुशासन तथा संस्थागत विकासमा ३ करोड ७९ लाख रहेको छ ।

संघीय सशर्त अनुदानमा आर्थिक विकासतर्पm १ करोड ५१ लाख, सामाजिक विकासमा ३० करोड ७४ लाख,पूर्वाधार विकासमा ११ करोड ९९ लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ८० लाख, सुशासन तथा संस्थागत विकासमा १ करोड ४२ लाख रहेको छ । प्रदेश सर्शत अनुदानमा सामाजिक विकासमा ९ लाख ५३ हजार, पूर्वाधार विकासमा ३ करोडढ २५ लाख ५८ हजार रहेको छ । बजेटबाट प्रत्येक वडामा न्यूनतम ५ लाखका दरले कृषि कार्यक्रम, ५ लाखका दरले लक्षित कार्यक्रम, ५ लाखका दरले शिक्षा तथा स्वास्थ्य कार्यक्रम रहेको छ । गाई खरिदमा ३३ लाख, पशु स्वास्थ्य शिविरमा ८ लाख, मानव स्वास्य शिविरमा १० लाख, कृषि सहकारीसँग सहकार्यमा १० लाख, जेष्ठ दलित र अति विपन्नलाई स्वास्थ्य बीमा १० लाख, छात्रवृत्तिका लागि १० लाख, नमुना विद्यालयका लागि १६ लाख, बोटानिकल गार्डेनको लागि ५ लाख, कृषि अनुसन्धान केन्द्रको लागि ५ लाख, मिलगोलाइ विणापानी सडकका लागि ३ करोड ७५ लाख, फोहोरमैला व्यवस्थापन केन्द्र १ करोड ८० लाख, माई भगवती रङ्गशालालाई २ करोड, स्वास्थ्य उपचार कोषमा रु १० लाख विनियोजन भएको छ ।

फाकफोकथुम गाउँपालिकाले गाउँपालिकाले आव २०७९/८० का लागि ५१ करोड १४ लाख ३ हजार रुपैयाको बजेट विनियोजन गरेको छ । फाकफोकथुम गाउँपालिकाको ११ औ गाउँसभाबाट बजेट विनियोजन गरेको हो । आम्दानी तर्फ संघीय सरकार सशर्त अनुदान २५ करोड ८१ लाख, संघीय सरकार समानीकरण अनुदान १० करोड ७९ लाख, संघीय सरकार राजस्व बाँडफाँड ८ करोड १७ लाख, संघीय सरकार समपुरक अनुदान,४० लाख, १ नं.प्रदेश सरकार सशर्त अनुदान ७ लाख ३२ हजार, १ नं.प्रदेश सरकार समानीकरण अनुदान ५८ लाख १६ हजार, १ नं.प्रदेश सरकार राजस्व बाँडफाँड ४७ लाख ५५ हजार ९ सय ३० रुपैया, १ नं.प्रदेश सरकार समपुरक अनुदान एक करोड, बैंक मौज्दात ३ करोड ५० लाख, आन्तरिक आयअनुमान ७० लाख गरी .५१ करोड १४ लाख ३ हजार रुपैयाँ रहेको छ ।

खर्चमा चालुतर्फ कार्यालय सञ्चालन र प्रशासनिक खर्च ९ करोड १६ लाख ६१ हजार, संघीय सरकार शसर्त अनुदान २५ करोड ८१ लख,संघीय समपुरक अनुदान ४० लाख, १ नं प्रदेश सरकार शसर्तअनुदान ७ लाख ३२ हजार १ नं प्रदेश समपुरक अनुदान १ करोड, वडा सिलिङ ३ करोड ५० लाख रहेको छ भने गाउँपालिका ११ करोड ५५ लाख १० हजार गरी .५१ करोड १४ लाख ३ हजार रुपैया रहेको छ ।

माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ५३ करोड ४१ लाख ८४ हजार ७ सय ६० रकम विनियोजन गरेको छ । गाउँपालिमा आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले आर्थिक बर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपंक्षी विकास नीति वातावरण संरक्षण नीति , विपद व्यबस्थापन नीति ,भौतिक तथा पुर्वाधार विकास , सडक तथा यातायात , खानेपानी तथा सरसफाई , विधुतिय तथा वैकल्पिक उर्जा सम्बन्धि ,वस्ती विकास तथा भूकम्प प्रतिरोधी भवन निर्माण नीति निर्माण गर्ने गाउँपालिकाको योजना छ । शिक्षा युवा तथा खेलकुद नीति ,स्वास्थ्य सम्बन्धि नीति, उधोग पर्यटन प्रवर्द्धन तथा संस्कृति सम्बन्धि नीति ,सूचना संचार तथा प्रविधी बिकास नीति ,महिला सम्बन्धि नीति , बालबालिका सम्बन्धी नीति ,आदिवासी जनजाती दलित अपांग तथा जेष्ठ नागरिक सम्बन्धि नीति लगायत अन्य गरि जम्मा २३ वटा विषयमा गाउपालिका अध्यक्ष थेवेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

देउमाइ नगरपालिकाकोे सातौँ नगरबाट ७७ करोड २६ लाख ७९ हजारको बजेट पारित गरेको हो । नगरसभाले चालु खर्च ४९ करोड ७८ लाख ५७००० हजार र पूँजिगत खर्च २७ करोड ४८लाख २२ हजार बजेट विनियोजन भएको छ । नगर प्रमुख सुर्य पोखरेलको अध्यक्षतामा भएको नगरसभामा उप–प्रमुख पविमाया राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकास तर्फ १५ करोड ७४ लाख १० हजार, सामाजिक विकास तर्फ ३२ करोड १२ लाख ३१ हजार, आर्थिक विकास तर्फ १० करोड २६ लाख ४२ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ५ करोड ५९ लाख ६१ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १३ करोड ५४ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved