सत्तापक्षकै भातृ संगठनद्वारा मूल्य वृद्धिको विरोध: मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी

  • असार ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्विर सौजन्य: लक्ष्मण थापा

धरान । सरकारले पेट्रोलियम पदाथमा बढाएको मूल्य बृद्धि विरुद्ध सत्ता गठबन्धनकै भातृ संघ संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको विज्ञप्ती प्रकशित गरेसँगै प्रतिपक्ष दल, तिनका भातृ संगसंगठनले बृद्धिको फिर्ता गर्दै आन्दोलन चर्काइरहेको समयमा धरानमा भने सत्ता गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेको नेपाली काँगेसका भातृ संघ संस्थाहरुले मूल्य बृद्धि फिर्ताको माग गर्दै सिटी जुलुस निकालेका छन् ।

नेपाली काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संंंघ सुनसरी, तरुण सुनसरी क्षेत्र नंं १ र धरान नगर समितिले धरान २ सिंहदेवीचौकबाट सिटी जुलुस र्‍यालीको निकालेका थिए । र्‍याली धरान २ कै भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा बोल्दै तरुण दल धरान नगर समितिका सभापति नरसिंह राईले यो आन्दोलन रहरले हैन बाध्यताले गर्नुपरेको बताए । आफ्नै पार्टीले सरकारको नेतृत्व गरे पनि जनताको ढाँड भाचिने गरी मूल्य बृद्धि गरेकोले टन्टलापुर घाघको पनि प्रवाह नगरी आन्दोलनमा उत्रनु परेको बताए । उनले भने–‘आफ्नै पार्टी सरकारको नेतृत्व गरिरहेको छ, पार्टी भन्दा जनताको समस्या ठूलो हो, समस्या समाधान गर्न दबाब दिनको लागि हामीले आन्दोलन थालेका हौं ।’

यस्तै नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ का सचिव दोर्ची शेर्पाले सर्वसाधारणको जनजीवन नै कष्टकर हुने गरी अचाक्ली गरेको मूल्य बृद्धिको विरद्धमा आफ्नै पार्टी सरकारमा भएपनि विरोध जनाएको बताए । उनले कोरोना कहरका कारण बल्ल तल्ल तंंग्रिन लागेका नेपाली जनतामाथि सरकारले मूल्य बृद्धि गरेर जनतमाथि ठूलो अन्याय गरेको बताउदै जनताको समस्याभन्दा पार्टी र सरकार ठूलो नभएकोले आन्दोलन गर्न बाध्य हुनु परेको बताउनुभयो । उनले भने–‘हामीले मूल्य बृद्धि गर्नु हुँदैन भनेर आफ्नै सरकारलाई झक्झक्याएका छौं, सकारले सुनेन भने आगामी दिनमा हामी यो भन्दा कडा आन्दोलनमा उत्रिन्छौं ।’

सरकारले पेट्रोलियम पदार्थमा एकैपटक अचाक्ली मूल्य वृद्धि गरेको छ । स्वचालित मूल्य निर्धारणको नाममा बर्तमान सरकारको स्वीकृतिमा नेपाल आयल निगमले आषाढ ५गते राति १२ बजेदलेखि लागू हुने गरी अचाक्ली मूल्य बृद्धि गरेको हो ।

पछिल्लो पटक गरिएको मूल्य बृद्धि अनुसार अब पेट्रोल प्रतिलिटर १९९, डिजल लिटर १९२, मट्टितेल प्रतिलिटर १९२ पुगेको छ । निगमले एकैपटक २१ रुपैयाँ बृद्धि गरेको हो । जेष्ठ महिनामा तीन पटक मूल्य बृद्धि गरेको थियो । नेपाल आयल निगमले एक विज्ञप्ती प्रकाशित गरी मूल्य बृद्धि पश्चात पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैया, डिजलमा १३ रुपैया ९५ पैसा घाटा रहेको र मट्टितेलमा ४३ रुपैया ६ पैसा नाफा रहेको जनाएको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved