धरान । बिर्तामोड–५ स्थित कृषिथोक बजारको बुधबारे हटियाका व्यवसायीलाई बिजुलीको मिटर जडान गर्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विवाद भएपछि व्यवसायीहरु आन्दोतिल भएका छन् ।
हटिया व्यवसायीलाई विद्युत् मिटरका लागि नगरपालिकाले सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरू आन्दोलित भएका छन् ।
व्यवसायीहरूलाई बिजुलीको मिटरबाट वञ्चित गरिएको र स्थानीय व्यावसायिक कर उठाएर बिर्तामोड नगर क्षेत्रका व्यवसायीको पसलबाट निस्किने फोहोरमैला निःशुल्क उठाउनुपर्नेमा फोहोर मैला उठाउँदा समेत पैसा लिएको विषयमा गुनासो उनीहरुको छ । व्यवसायीहरुको आन्दोलनलाई विर्तामोड उद्योग वाणिज्य संघले आन्दोलनमा सहभागि हुन अनुरोध गर्दे सोमार नै सूचना जारी गरेका थिए । अध्यक्ष प्रकाश सिवाकोटीले जारी गरेको सूचनामा तीन घण्टा आ–आफ्नो व्यापार व्यवसाय बन्द गरी आन्दोलनमा सहभागी हुन अनुरोध समेत गरेका छन् । मिटर जडानको विषयमा संघको अगुवाइमा आइतबार पनि बिर्तामोड नगरपालिकामा उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।