मोरङका उद्योगी/व्यवसायी र मजदुर आन्दोलित: वार्ताका लागि अर्थमन्त्रीको आवहान

  • जेठ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी÷व्यवसायी र मजदुर आन्दोलित भएका छन् ।

मोरङ व्यापार संघमा बुधबार पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले मजदुर संगठनहरुसँग मिलेर आन्दोलन गर्ने बताएसँगै विहीबार उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलित उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनार्जन शर्मामाले शुक्रबार वार्ताका लागि आवहान समेत गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले राज्यले अप्रत्यक्ष रुपमा उद्योग बन्द गर भन्ने मनसायले अन्त शुल्क बढाएको बताए । उनले भने–‘राज्यले उद्योगी व्यवसायीहरुको अहितका लागि बजेटमा यो कुरा ल्याएको छ, यसलाई नै कार्यान्वयन गर्ने हो भने उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प हुदैन । तीन वटा संगठनले आन्दोलनको नेतृत्व गरे पनि आन्दोलन भने मजदुरले गरेको उनको भनाई छ । उनले भने–‘राज्यले स्वदेशमै रोजगारी बढाउने नीति बजेटमा उल्लेख गरेको छ, तर अहिले उद्योग नै धरासायी बनाउने हिसाबले राज्य अगाडि बढेको छ, यसलाई लागू गरे उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प छैन ।’

उनले उद्योग बन्द भए १५ देखि २० हजार मजदुर प्रभावित हुने बताए । राज्यले आफूहरुको मागलाई पूरा नगरे अनिश्चत रुपमा आन्दोलन गर्ने बताए । उनले यस कुराको ध्यानाकर्षण भएपछि अर्थमन्त्री जनार्जन शर्माले वार्ताको लागि बोलाएको बताए । उनले भने–‘भोलि शुक्रबार अर्थमन्त्रीले हामीलाई वार्ताको लागि बोलाउनु भएको छ, भोलि नै हामी वार्ताका लागि काठमाण्डौ जान्छौं ।

गत २२ मे २०२२ बाट भारत सरकारले आफ्नो मुलुकमा फलामजन्य सामाग्रीको बढ्दो मूल्य नियन्त्रण गर्न कच्चा पदार्थ अर्थात् एमएस वायर रडको निर्यातमा १५ प्रतिशत अन्तःशुल्क लगाएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेटबाट भन्सार महशुलमा ५ बाट १० प्रतिशत तथा अन्तःशुल्कमा २ हजार ५ सय बाट ४ हजार ५सय प्रति मेट्रिक टन कायम गरेकाले नेपाली उद्योगहरु धरासायी बन्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उद्योगीहरुले वनस्पति घ्यू–तेल उद्योगमा पनि अहिलेको बजेटले प्रभाव पारेको उद्योग संगठन मोरङका अध्यक्ष रिजाल बताउछन् । उनले यसअघि वनस्पति घ्यू, तेल उद्योगको कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल र प्रशोधित तेलमा एक तह माथि १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भन्सार महशुल अर्थात् ६६.६७ प्रतिशत छुट दिइने व्यवस्था गरिएको बताए ।

यस्तै उद्योगीहरुले सेनेटरी प्याड उत्पादन गर्ने उद्योगमा पनि बजेटले बन्द हुने अवस्थामा पुर्‍याएको उद्योगीहरुको भनाई छ ।सेनिटरी प्याड उत्पादन गर्ने उद्योगहरूले प्याकिङ मेटेरियलमा ३० प्रतिशत भन्सार महसुल र ५ प्रतिशत अन्तःशुल्क र कच्चा पदार्थमा १ प्रतिशत भन्सार महसुल तिरी उत्पादन गर्दै आएका छन ।

उनीहरुले जनताको करले सिमित उद्योगी पोस्न पाइँदैन, बजेट भाषण संशोधन गर, टेम्प्रेचर मिटरको कालोबजारी गर्नेलाई पोस्न बन्द गर, ढुकुटीको डलर लुटाउन पाईँदैन, निर्यातको अन्तशुल्क रकम फिर्ता गर, कच्चा पदार्थमा अन्तशुल्क लिन पाईँदैन लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved