स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्न माग

  • जेठ २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आर्थि्क बर्ष ०७९ ८० को सरकारले सार्वजनिक गरेको बजेटमा बनस्पति घ्यु तेल उद्योगीहरुलाई असर परेको भन्दै उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् ।

व्यवसायीहरुको संगठन नेपाल बनस्पति घ्यु तेल उत्पादक संघले एक प्रेस विज्ञप्ती प्रकाशि गर्दै हालै नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा विरोधासपूर्ण नीति अवलम्बन गरी यससँग सम्बन्धित उद्योगहरुलाई थप संकटमा धकलिएको जनाएका छन । उनहरुले स्वदशी उद्योगलाई राहत एवम् संरक्षण गर्न सरकारको ध्यानकर्षण गराएका छन् ।

विज्ञप्तीमा भनिएको छ, नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी सो को प्रशोधन गरी विक्री वितरण गर्दै आइरहेको छ । उनीहरुले सरकारले ल्याएको बजेटमा उद्योगहरु संकटमा पर्ने बताइएको छ । उपभोक्तालाई प्रत्यक्ष रुपमा राहत दिनको लागि खाने तेलको महसुल दर कम गर्नुको सट्टा अन्य उद्योगहरुलाई कम महसुल दरमा तयारी खाद्यान्न सामाग्री आयत गर्न दिने नीति व्यवहारि नभएको, कच्चा पदार्थ भन्दा बढी मूल्यमा तयारी सामान आयात हुँदा नेपाली मुद्रा विदेसिने, १० प्रतिशत कच्चा पदार्थको भन्सार महसुल तिरिरहदा तयारी आयात सामानको भने ५ प्रतिशतमात्र रहेकोले सरकारको राजस्वमा गम्भीर असर पर्न जाने लगायतका बुदालाई समेटेर सरकारको ध्यानकर्ष गरिएको छ ।

उनीहरुले स्वदेशी उत्पादनलाई जोड दिदै आयात कम गर्न सरकारले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर जानुपर्ने लगायतका कुरालाई विज्ञप्तीमा समेटिएका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved