अर्थ

    Showing १,०७१-१,०८० of १,०८८ items.
  • विरामी कुरुवा लाई खाना खुवाउन हङ्गकङ वाट आर्थिक सहयोग

    धरान । हङ्गकङमा कार्यरत धरान १५ निवासी खेम लिम्वु र उनको श्रीमति रजना राईद्वारा विपि अस्पतालका विरामि कुरुवाहरुको खानाको लागि आर्थिक सहयोग गरेको छ ।लकडाउनको कारण समस्यामा परेका विरामी कुरुवाहरुको लागि भनेर दम्पतिले एक हजार ५० छाक खानाको लागि नगद ५० हजार रुपैया सहयोग प्रदान गरेका हुन । हाल हङ्गकङमा नै रहेका दम्पतिले तरुण दल सुनसरी कमिटि कार्यवाहक अध्यक्ष सन्तोष विक मार्फत १८ न. वडाध्यक्ष प्रविण राईलाई शुक्रवार रकम हस्तान्तरण गरेका थिए । दाताका अनुसार उनिहरुको प्रतिनिधि समेतको उपस्थितिमा शुक्रवार साँझ ३ सय ५० छाक खाना कुरुवाहरुलाई खुवाएको छ । यसै गरि शनिवार साँझ र आइतावार साँझ सम्म उनीहरुको प्रत

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • १,०५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनले धरानका ५० प्रतिशत भन्दा बढी योजना कटौती

    धरान । धरान उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा कमी आए पछि धरानका योजनाहरुमा ५० प्रतिशत भन्दा बढी कटौती हुने भएको छ । कोरोनाको संक्रमितको संख्या बढ्दै गएको अवश्थामा सरकारले घोषणा गरेको लडाउन पनि लम्बिदै गए पछि धरानको आन्तरिक राजस्व संकलनमा कमी आएको छ भने प्रदेश सरकारबाट आउने ३० करोड रुपैया नआउने निश्चित भएको छ । जसका कारण वडाको योजना, नगर स्तरीय योजना ५० प्रतिशत भन्दा बढी कटौती हुने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । उनका अनुसार शुरु नभएको नगर गौरवका योजना, वडाको पनि योजनाहरू कटौती र सम्झौता नभएका योजनाहरू सम्झौता नगर्ने, भर्खर मात्र सुरु भएका र पुरा नभएका योजनालाई कार्यान्वयन नगर्ने,

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • १,२४७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौबिसेमा १ हजार भन्दा बढीलाई राहत वितरण

    लकडाउनका कारण मारमा परेका सर्वसाधारण नागरिकहरुलाई चौबिसे गाउँपालिका धनकुटाले राहत वितरण गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका गरिब, विपन्न, असहाय परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ । चौबिसे गाउँपालिका अन्तरगत रहेका ८ वटा वडाका एक हजार १ सय १६ घरधुरीलाई पहिलो चरणमा राहत वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । राहत स्वरुप ४ जनासम्म परिवार संख्या रहेकालाई २५ केजी चामल, एक लिटर तेल र एक केजी नुन वितरण गरिएको छ भने ४ जना भन्दा बढी परिवार सदस्य भएका परिवारलाई ५० केजी चामल, एक लिटर तेल र एक केजी नुन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रश

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • १,०५० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरका मुसहरबस्तीमा जातिभेद विरुद्ध विश्व मंचको खाद्यान्न सहयोग

     लकडाउनका कारण विपन्न परिवारलाई हातमुख जोर्न नै समस्या परिरहेका बेला जाति भेद विरुद्ध विश्व मंचले खाद्यान्न वितरण गरेको छ । मंचले उदयपुर त्रियुगानगरपालिकाको वडा नम्बर ९ मा रहेका मुसहर बस्तीमा राहत वितरण गरेको हो । त्रियुगा नगरपालिका र दलित अधिकार सञ्जालको समन्वयमा मुसहरबस्तीका १ सय १० घर परिवारलाई राहत वितरण गरिएको हो । करिब १ साता सम्म पुग्ने गरि मंचले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरेको हो । राहत वितरण कार्यक्रममा उदयपुरका जिल्ला विकास समितिका संयोजक खडक बहादुर परियार, बडा नम्बर ९ का बडाध्यक्ष धन बहादुर दनुबार, ग्लोबल फोरमका स्थानीय प्रतिनिधि तथा दलित अधिकार सन्जालका संयोज

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • ९२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको वार्ड नं ३ मा समस्या परेका ७० घर परिवारलाई राहत वितरण

    धरानको वार्ड नं ३ मा हाल सम्म पनि राहत नपाएका ७० घर परिवारलाई राहत वितरण गरिएको छ । मंगलबार धरान ३ को वडा कार्यालयको समन्वयमा स्थानीय मिग्मा भोटेको सक्रियतामा उक्त राहत वितरण गरिएको हो । धरान शंखुवासभा सरोकार समाज धरानको अध्यक्ष समेत रहेका मिग्मा भोटले वडाबाट पाएका राहतले खान नपुग्ने र राहत नपाएर समस्यामा परेकाहरुलाई राहत बाडेको बताए ।                                                राहतमा १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन र न्यूटला वितरण

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • ९४१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रासायनिक मल र हाइब्रिड बिउँ नपाए पछि कृषक चिन्तीत

     होलि खेत (गहिरोमा रहेका खेत) हरुमा धान बाली लगाउन चैत्र महिना मै बिउँ राखिसक्नु पर्ने थियो । चैत्र अन्तिम साता देखि वैशाखको दोस्रो साता सम्म बिउँ राखेर जेठको दोस्रो साता देखि होलिखेतमा धान रोपसक्नु पर्छ, तर यस वर्ष बराहक्षेत्र ९ स्थित ढोलबजियाका कृषकहरुले होलिखेतका लागि बिउँ राख्न पाएका छैनन् । हाइब्रिड बिउँको भर परेका कृषकहरु अहिले बिउँ नपाए पछि चिन्तित बनेका छन् ।रासायनिक मल र हाईब्रिड बिउँको भर परेका ढोलबजियाका कृषकहरुले लकडाउनको अवश्थामा मल र बिउँको अभाव भए पछि खेती नै गर्न नसक्ने अवश्थामा पुगेका छन् । स्थानीय कृषक निरञ्जन मण्डलका अनुसार कृषकहरुले रञ्जित जातीको धान लगाउने गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • ८६२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान सत्र हङकङ द्वारा वडासमितिलाई राहत प्रदान

    धरानको वडा नम्बर १७ का विपन्न परिवारलाई राहत वितरण गर्न धरान सत्र समाज हङकङले राहत सामग्री प्रदान गरेको छ । लकडाउनका कारण १७ नम्बर वडाका अति विपन्न परिवारहरुका लागि राहत वितरण गर्न तिन लाख ५९ हजार ५ सय रुपैया वरावरको राहत सामग्री प्रदान गरिएको सत्र सामाज हङकङका सहसचिव श्री राईले जानकारी दिए । हङकङ समाजका पदाधिकारीहरुद्वारा १७ न. वडाध्यक्ष मनोज भट्टराईलाई मंगलवार राहत सामग्री प्रदान गरेका हुन् । राहत सामग्रीमा ३ हजार ५ सय केजि चामल, ३ सय ५० लिटर तेल, ३ सय ५० केजि नुन र ३ सय ५० केजि दाल रहेको छ । धरान १७ का स्थानीय हाल हङकङमा रहदै आएकाहरु वाट राहतका लागि आर्थिक संकलन गरिएको समाजका अध्यक्ष मधुकुम

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • ७९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तयार भयो खाद्यान्नको दररेट

    कोरोनाको आक्रान्तका कारण हाल भइरहेको लकडाउनको परिस्थितिमा खँद्यान्नको दरभाउमा एकरुपता नभइरहेको गुनासो आएको अवस्थामा सुनसरी उद्योग वाणिज्य संघले धरान बजारमा लागुहुनेगरि भोलि वैशाख २३ गतेदेखि खाद्यान्नको खुद्रा दररेट निष्काशन गरेको छ । व्यवसायीहरुले आफूखुशी खाद्य वस्तुहरु बेचिरहेको गुनासो आइरहेकोले दररेटमा रुकरुपता आओस् भनेर दरभाउ ल्याइएको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष्ँ तथा बजार अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठले बताए । श्रेष्ठले खाद्यान्नहरुमा थोकमूल्यमा उतार चढाव आएमा मूल्यसुची हेरफेर हुन सक्ने समेत बताए । साथै यस सम्बन्धमा व्यवसायीहरुले यस भाउ अनुसार बिक्री वितरण नगरेमा उपभ

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • १,५२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रमजानमा अञ्जुमन इस्लामियाद्वारा रोजा प्याकेज वितरण

    धरान । लकडाउनका कारण समस्यामा परेका मुश्लिम परिवार सहित अन्य विपन्न परिवारलाई पनि रमजानको अवसरमा रोजा प्याकेज वितरण गरिएको छ । मुश्लिमहरुको पत्रिव महिना रमजानको अवसरमा अञ्जुमन इस्लामिया धरानले मस्जिदबाट विपन्न परिवारहरुलाई रोजा प्याकेज वितरण गरेको हो । रमजानको अवसरमा २ सय ४० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको अञ्जुमन इस्लामियाका सचिव अफाक अहमदले बताए । साढे ३ लाख मुल्य बराबरको राहत वितरण गरिएको उनको भनाई छ । मुश्लिम आयोगद्वारा गठित सुनसरी जिल्ला अनुगमन समितिका सदस्य समेत रहेका अफाक अहमदले भने, वडा नम्बर ३ को कार्यालय सँग सहकार्यमा विपन्न परिवारको नामावली संकलन गरेर, मुश्लि

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • ९७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युके वाट १८ न. वडा कोरोना राहत कोषलाई सहयोग

    धरान १८ न. वडा समिति कोरोना राहत कोषलाई युके वाट आर्थिक सहयोग प्राप्त भएको छ । धरान १८ निवासी हाल युके वस्दै आएका पुर्व व्रिटिस गोर्खा सैनिक काजि राई र पदम राईको संयोजनमा नगद १ लाख १८हजार २ सय ५० रुपैया राहत कोषका लागि प्राप्त भएको हो । सयहोग रकम युके वस्दै आएका १८ न. वडा निवासिहरुवाट संकलन गरिएको काजि राईले अनलाइन मार्फत जानकारी गराए । आर्थिक संकलन संयोजक काजि राई आफैले नगद ५० हजार, पदम राई वाट १५ हजार, पञ्चधन राई १५ हजार, दोर्जमान राई १५ हजार, रविन परिवार १५ हजार, सन्तोस राई ४ हजार ५ सय र राम राई वाट ३ हजार ७ सय ५० रुपैया प्राप्त भएको संयोजक राईले जनाए । १८ न. वडा कोरोना राहत कोषमा अहिले

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • ८०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved