युके वाट १८ न. वडा कोरोना राहत कोषलाई सहयोग

  • वैशाख २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान १८ न. वडा समिति कोरोना राहत कोषलाई युके वाट आर्थिक सहयोग प्राप्त भएको छ । धरान १८ निवासी हाल युके वस्दै आएका पुर्व व्रिटिस गोर्खा सैनिक काजि राई र पदम राईको संयोजनमा नगद १ लाख १८हजार २ सय ५० रुपैया राहत कोषका लागि प्राप्त भएको हो ।

सयहोग रकम युके वस्दै आएका १८ न. वडा निवासिहरुवाट संकलन गरिएको काजि राईले अनलाइन मार्फत जानकारी गराए ।

आर्थिक संकलन संयोजक काजि राई आफैले नगद ५० हजार, पदम राई वाट १५ हजार, पञ्चधन राई १५ हजार, दोर्जमान राई १५ हजार, रविन परिवार १५ हजार, सन्तोस राई ४ हजार ५ सय र राम राई वाट ३ हजार ७ सय ५० रुपैया प्राप्त भएको संयोजक राईले जनाए ।
१८ न. वडा कोरोना राहत कोषमा अहिले सम्म जिन्सि र नगद गरि ३ लाख रुपैया वरावर जम्मा भइसकेको १८ न. वडाध्यक्ष प्रविण राईले जानकारी गराएका छन ।

राहत कोष वाट समितिले लकडाउनका कारण समस्यामा परेका आफ्नो वडाका अति विपन्न परिवारहरुलाई खाद्यन्न उपलव्ध गराउने, विपि प्रतिष्ठान विरामि कुरुवाहरुलाई विहान र वेलुका खाना खुवाउने र मास्क, नेनिटाइजर र पञ्चा वितरण गर्ने कार्य भइरहेको वडाध्यक्ष राईले जनाए ।

१८ न. वडा समितिले अहिले सम्म आप्mनो वडाका लगत संकलन भएका २ सय २३ घर परिवारलाई दुई पटक राहत उपलव्ध गराइसकेको र तेस्रो चरणको राहत वितरणको लागि तयारी भइरहेको समितिले जनाएको छ ।

१८ न. वडाले आप्mनो वडाको छुट्टै स्थापना गरेको कोरोना राहत कोषमा वडाध्यक्ष आफैले एक महिनाको तलव र चार जना जनप्रतिनिधिहरुले जनाहि दश हजार रुपैया जम्मा गरेर राहत कोषको सुरुवात गरेका थिए ।

 

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved