धरान । लकडाउनका कारण समस्यामा परेका मुश्लिम परिवार सहित अन्य विपन्न परिवारलाई पनि रमजानको अवसरमा रोजा प्याकेज वितरण गरिएको छ ।
मुश्लिमहरुको पत्रिव महिना रमजानको अवसरमा अञ्जुमन इस्लामिया धरानले मस्जिदबाट विपन्न परिवारहरुलाई रोजा प्याकेज वितरण गरेको हो । रमजानको अवसरमा २ सय ४० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको अञ्जुमन इस्लामियाका सचिव अफाक अहमदले बताए । साढे ३ लाख मुल्य बराबरको राहत वितरण गरिएको उनको भनाई छ ।
मुश्लिम आयोगद्वारा गठित सुनसरी जिल्ला अनुगमन समितिका सदस्य समेत रहेका अफाक अहमदले भने, वडा नम्बर ३ को कार्यालय सँग सहकार्यमा विपन्न परिवारको नामावली संकलन गरेर, मुश्लिम परिवारलाई मात्र नभै सबै जाति, धर्म तथा समुदायका विपन्न परिवारलाई राहत प्याकेज वितरण गरिएको छौं ।’ उनका अनुसार एक महिने ब्रत(रोजा) ९ दिनअघिदेखि शुरु भएको छ ।
राहत वितरण कार्यक्रममा धरानका मेयर तिलक राईले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न उपमहानगरपालिका गम्भीर रहेको बताए । सामाजिक सञ्जालहरुमा सद्भाव विथोल्ने खालका केही धारणाहरु आएको प्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको पनि उनले बताए । मुस्लिम परिवार सहित अन्य समुदायका विपन्न परिवारलाई पनि राहत वितरण गर्ने कार्यले धरानमा सामाजिक सदभाव, धार्मिक सहिष्णुता एक भएको सन्देश गएको उनले बताए ।