रमजानमा अञ्जुमन इस्लामियाद्वारा रोजा प्याकेज वितरण

  • वैशाख २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनका कारण समस्यामा परेका मुश्लिम परिवार सहित अन्य विपन्न परिवारलाई पनि रमजानको अवसरमा रोजा प्याकेज वितरण गरिएको छ ।
मुश्लिमहरुको पत्रिव महिना रमजानको अवसरमा अञ्जुमन इस्लामिया धरानले मस्जिदबाट विपन्न परिवारहरुलाई रोजा प्याकेज वितरण गरेको हो । रमजानको अवसरमा २ सय ४० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको अञ्जुमन इस्लामियाका सचिव अफाक अहमदले बताए । साढे ३ लाख मुल्य बराबरको राहत वितरण गरिएको उनको भनाई छ ।
मुश्लिम आयोगद्वारा गठित सुनसरी जिल्ला अनुगमन समितिका सदस्य समेत रहेका अफाक अहमदले भने, वडा नम्बर ३ को कार्यालय सँग सहकार्यमा विपन्न परिवारको नामावली संकलन गरेर, मुश्लिम परिवारलाई मात्र नभै सबै जाति, धर्म तथा समुदायका विपन्न परिवारलाई राहत प्याकेज वितरण गरिएको छौं ।’ उनका अनुसार एक महिने ब्रत(रोजा) ९ दिनअघिदेखि शुरु भएको छ ।
राहत वितरण कार्यक्रममा धरानका मेयर तिलक राईले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न उपमहानगरपालिका गम्भीर रहेको बताए । सामाजिक सञ्जालहरुमा सद्भाव विथोल्ने खालका केही धारणाहरु आएको प्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको पनि उनले बताए । मुस्लिम परिवार सहित अन्य समुदायका विपन्न परिवारलाई पनि राहत वितरण गर्ने कार्यले धरानमा सामाजिक सदभाव, धार्मिक सहिष्णुता एक भएको सन्देश गएको उनले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved