विरामी कुरुवा लाई खाना खुवाउन हङ्गकङ वाट आर्थिक सहयोग

  • वैशाख २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । हङ्गकङमा कार्यरत धरान १५ निवासी खेम लिम्वु र उनको श्रीमति रजना राईद्वारा विपि अस्पतालका विरामि कुरुवाहरुको खानाको लागि आर्थिक सहयोग गरेको छ ।
लकडाउनको कारण समस्यामा परेका विरामी कुरुवाहरुको लागि भनेर दम्पतिले एक हजार ५० छाक खानाको लागि नगद ५० हजार रुपैया सहयोग प्रदान गरेका हुन । हाल हङ्गकङमा नै रहेका दम्पतिले तरुण दल सुनसरी कमिटि कार्यवाहक अध्यक्ष सन्तोष विक मार्फत १८ न. वडाध्यक्ष प्रविण राईलाई शुक्रवार रकम हस्तान्तरण गरेका थिए ।
दाताका अनुसार उनिहरुको प्रतिनिधि समेतको उपस्थितिमा शुक्रवार साँझ ३ सय ५० छाक खाना कुरुवाहरुलाई खुवाएको छ । यसै गरि शनिवार साँझ र आइतावार साँझ सम्म उनीहरुको प्रतिनिधिको उपस्थितिमा खाना खुवाइने १८ न. वडा समितिले जनाएको छ । सहयोग दाताको प्रतिनिधिको रुपमा तरुण दल क्षेत्रिय सभापति गणेश लिम्वु र क्षेत्रिय उपाध्यक्ष रवि राईको उपस्थिति रहेको थियो । धरान १८ न. वडा समितिले विभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर लकडाउन सुरु भए पछि चैत्र १४ गते देखि विपी अस्पतालका विरामीका कुरुवाहरुलाई विहान र साँझको नियमित रुपमा खाना खुवाउदै आइरहेको छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved