विरामी कुरुवा लाई खाना खुवाउन हङ्गकङ वाट आर्थिक सहयोग

  • वैशाख २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । हङ्गकङमा कार्यरत धरान १५ निवासी खेम लिम्वु र उनको श्रीमति रजना राईद्वारा विपि अस्पतालका विरामि कुरुवाहरुको खानाको लागि आर्थिक सहयोग गरेको छ ।
लकडाउनको कारण समस्यामा परेका विरामी कुरुवाहरुको लागि भनेर दम्पतिले एक हजार ५० छाक खानाको लागि नगद ५० हजार रुपैया सहयोग प्रदान गरेका हुन । हाल हङ्गकङमा नै रहेका दम्पतिले तरुण दल सुनसरी कमिटि कार्यवाहक अध्यक्ष सन्तोष विक मार्फत १८ न. वडाध्यक्ष प्रविण राईलाई शुक्रवार रकम हस्तान्तरण गरेका थिए ।
दाताका अनुसार उनिहरुको प्रतिनिधि समेतको उपस्थितिमा शुक्रवार साँझ ३ सय ५० छाक खाना कुरुवाहरुलाई खुवाएको छ । यसै गरि शनिवार साँझ र आइतावार साँझ सम्म उनीहरुको प्रतिनिधिको उपस्थितिमा खाना खुवाइने १८ न. वडा समितिले जनाएको छ । सहयोग दाताको प्रतिनिधिको रुपमा तरुण दल क्षेत्रिय सभापति गणेश लिम्वु र क्षेत्रिय उपाध्यक्ष रवि राईको उपस्थिति रहेको थियो । धरान १८ न. वडा समितिले विभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर लकडाउन सुरु भए पछि चैत्र १४ गते देखि विपी अस्पतालका विरामीका कुरुवाहरुलाई विहान र साँझको नियमित रुपमा खाना खुवाउदै आइरहेको छ ।

 

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved