अर्थ

    Showing १,०११-१,०२० of १,०९० items.
  • लकडाउन खुकुलो भए संगै पेट्रोलियम पदार्थको मुल्य वृद्धि

    लकडाउनमा बन्द रहेको यातायातका सवारी साधनहरु अहिले खुकुलो मात्रामा संचालन हुन थाले पछि पेट्रोलियम पदार्थमा पनि मुल्य  वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।निगमले मंगलबार मध्यराति गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढेको छ । त्यस्तै डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। मूल्य बृद्धि भएपछि पेट्रोलको मूल्य प्रति लिटर १ सय १ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य ८७ रुपैयाँ पुगेको छ ।भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प

    • प्रकाशित मितिः असार १७, २०७७
    • १,५९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट व्यापार संघको २० औं वार्षिकोत्सव मनाइयो

    विराटनगर । विराट व्यापार संघले विविध कार्यक्रम गरी २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको अध्यक्ष सुजन थापाले जानकारी दिए । संघले विराटनगर बसपार्कमा विगत लकडाउनका कारण समस्या परी लामो समयदेखि बस्दै आएका मजदुरहरुलाई खाद्या सामग्री पनि वितरण गरेको छ । यसैगरी विराटनगर ९ स्थित बुधहाट चौक पंचमुखी हनुमान मन्दिर अगाड दीप प्रज्वलन गरेको छ । त्यस अवसमार उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले शुभकामना दिएका थिए । संघले भर्खरै सरुवा भइ आएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपील सन्तोष खड्कालाई

    • प्रकाशित मितिः असार १३, २०७७
    • ८६६ पटक पढिएको
    • "कोशीपत्र संवाददाता"
  • धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण

    धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण गरेको छ । पाख्रीवासका किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखाकी प्रमुख ईन्द्रमाया तामाङले बताईन् । सबै वडामा गरी २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी ३ हजार संख्यामा किसमानलाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको नगर प्रमुख बृर्ष बहादुर राईले बताए । चालु आर्थिक वर्षको किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउने वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । कृषि र पर्यटनको प्रशस्त संम्भावना र

    • प्रकाशित मितिः असार १३, २०७७
    • १,३२२ पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धनकुटाको पाख्रीबास नगरपालिकाले कफी खेतीलाई व्यवसायिक रुपमा अघि बढाउने

    धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिकाले कफी खेतीलाई व्यवसायिक रुपमा अघि बढाउने भएको छ । चालु आर्थिक वर्षदेखि शुरु गरेको कफी खेतीको लागि नगरपालिकाले निति तथा कार्यक्रममा नै कफी पकेट क्षेत्र घोषणा गरेर आर्थिक वर्ष २०७७/०७८ मा छुट्टै शिर्षक बनाएर बजेट विनियोजन गरेको छ । यस बर्ष नगरपालिकाले नर्सरी व्यवस्थापनामा करिब पाँच लाख बिरुवा उत्पादन गर्ने गरी १० लाख रुपैयाँ विनियोजन गरेको छ । नगरका अधिकांश क्षेत्रमा कफी खेती गर्न सकिने भएकाले यसलाई प्राथकितामा राखिएको पाख्रीवास नगरपालिकाका प्रमुख बिर्ष बहादुर राईले बताए । उनले भने–‘नर्सरीबाट बिरुवा उत्पादन हुन करिब १५ महिना लाग्छ । १५ महिन

    • प्रकाशित मितिः असार १२, २०७७
    • १,७१८ पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन

    धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि नगरको पाँचौ नगरसभामा उपप्रमुख मञ्जु कार्की अधिकारीले महालक्ष्मी नगरपालिकाले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छिन् । अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बराबरको बजेट ल्याएको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पु¥याएको हो । संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरण गरिएको शसर्त, विशेष र समपुरक अनुदान तथा सामाजिक सुरक्षा भत्ता शीर्षकगत रुपमा तोकिएर आएको हुनाले त्यो बाहेक संघ

    • प्रकाशित मितिः असार १२, २०७७
    • १,०५८ पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धनकुटाको चौबिसे गाउँपालिकाद्वारा ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को अनुमानित ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौं गाउँसभा मार्फत गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले उक्त बजेट सार्वजनिक गरेकी हुन् । सभामा प्रस्तुत गरिएको बजेट अन्तरगत पूँजीगत तर्फ ११ करोड ३२ लाख र चालु खर्चतर्फ ११ करोड ४३ लाख २१ हजार नौ सय रहेको छ भने सशर्त अनुदानतर्फ २१ करोड ३८ लाख गरी ४४ करोड १३ लाख २१ हजार नौ सय रहेको गाउँपालिका उपाध्यक्ष रुचालले बताईन् । विनियोजित रकम मध्ये सशर्त अनुदान बाहेकको आन्तरिक आयतर्फको कुल रकम २२ करोड ७५ लाख २१ हजार नौ सय रहेको छ । उक्त रकम मध्ये व्यय शिर्षकको पूँजीगततर्

    • प्रकाशित मितिः असार ११, २०७७
    • १,८२९ पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोरोना प्रभावले विराटनगर महानगरको बजेट २ अर्बले घट्यो

    विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि रु. ३ अर्ब ३७ करोड ८१ लाख बराबरको बजे सार्वजनिक गरको छ । महानगरको छैठौं नगरसभामा उप–प्रमुख इन्दिरा कार्कीले वार्षिक आय व्ययको अनुमान प्रस्तुत गरिन । उल्लेखित बजेट महानगरको आन्तरिक स्रोतबाट रु.८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट रु. ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु. ३८ करोड ७ लाख ६८ हजार प्राप्त हुने अनुमान गरिएको छ । महानगरले संघीय सरकारबाट सशर्त अनुदानबाट रु. १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार सशर्त अनुदान

    • प्रकाशित मितिः असार ११, २०७७
    • ८२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका ४ पालिकाको बजेट सार्वजनिक

    इलाम/ इलाम नगरपालिकाको सातौ नगरसभाले २०७७/७८ आर्थिक प्रस्ताव तथा विनियोजन प्रस्ताव सर्वसहमतिले पारित गरेको छ । आर्थिक समितिका संयोवक नारद लम्साले प्रस्तुत गरेको आर्थिक प्रस्तावमा एक अर्ब तीन करोड ७३ लाख बाह्र हजार रुपैयाँ आम्दानी हुने अनुमान सहितको आर्थिक प्रस्ताव नगरसभाले पारित गरेको हो । त्यसमा आन्तरिक श्रोतबाट २३ करोड ४७ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ । आन्तरिक आय तर्फ एक करोड ऋण उठाउने प्रस्ताव गरेको छ । त्यस्तै संघीय सरकारबाट ६४ करोड ११ लाख ८० हजार दुईसय ९० रुपैयाँ आम्दानी हुने, प्रदेश सरकारबाट चार करोड पचासी लाख असि हजार रुपैयाँ आम्दानी हुने, राजश्व बाडफाडबाट एघार करोड २७ लाख

    • प्रकाशित मितिः असार ११, २०७७
    • ९११ पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • इटहरीको बजेट १ अर्ब ७८ करोड नगर वस सञ्चालन देखि , स्मार्ट पार्किङ सम्मको योजना

    इटहरी । उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि १ अर्ब ७८ करोड बजेट बिनियोजन गरेको छ । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि १ अर्ब ७८ करोड बजेट बिनियोजन गरेकि हुन । उपमहानगरको सातौ नगरसभाबाट उपमेयर गौतमले इटहरी बिकासकालागि सो बजेट पेश गरेकि हुन । उपमहानगरको सातौ नगरसभाले ३२ वटा शिर्षकमा खर्च हुने गरी रू १ अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको हो । आगामि वर्षलाइ खर्च हुने गरी बिनियोजन भएको बजेट अन्तरगत इटहरीको मुख्य चौकको नाम परिवर्तन देखि स्मार्ट पार्किङ , नगर वस सञ्चालन , सामाजिक सुरक्षा , शिक्षा स्वास्थ्य , यातायात सडक , सामाजिक सुसाशन लगायतका महत्वपु

    • प्रकाशित मितिः असार १०, २०७७
    • ९६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको अनुमानित बजेट १ अर्ब ७२ करोड पेश

    धरान । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको उपस्थितिमा बुधबार धरान उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ का लागि १ अर्ब ७२ करोड ३५ लाख४३ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । धरान उपहानगरपालिकाको ७ औं नगरसभा नगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आगामि आथिर्क वर्षको लागि शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यपारिक पुर्वाधार, बहुसाँस्कृतिक, आवासिय समृद्ध शहर भन्ने धरानको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि निती तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन् । प्रस्तुत बजेट अनुसार आन्तरिक आय तर्फ ५३ कारेड ४२ लाख ४३ हजार ५ सय रुपैया रहेको छ भने संघीय समानिकरण अनुदान ३० करोड ७६ लाख, प्रदेश समा

    • प्रकाशित मितिः असार १०, २०७७
    • १,००९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved