धरानको अनुमानित बजेट १ अर्ब ७२ करोड पेश

  • असार १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको उपस्थितिमा बुधबार धरान उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ का लागि १ अर्ब ७२ करोड ३५ लाख४३ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

धरान उपहानगरपालिकाको ७ औं नगरसभा नगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आगामि आथिर्क वर्षको लागि शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यपारिक पुर्वाधार, बहुसाँस्कृतिक, आवासिय समृद्ध शहर भन्ने धरानको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि निती तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन् ।

प्रस्तुत बजेट अनुसार आन्तरिक आय तर्फ ५३ कारेड ४२ लाख ४३ हजार ५ सय रुपैया रहेको छ भने संघीय समानिकरण अनुदान ३० करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ९५ लाख ३५ हजार, संघीय राजस्व वाडफाँड बाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४, प्रदेश राजस्व वाडफाँडबाट १७ करोड ३ लाख ८० हजार रहेको छ ।

त्यसै गरि संघीय ससर्त अनुदान ४४ करोड २० लाख, संघीय समपुरका अनुदान तर्फ ३ करोड ३३ लाख, संघीय विशेष अनुदान तर्फ १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड तथा खानेपानि व्यवस्थापन वोर्डबाट १ करोड, सडक बोर्डतर्फ १ करोड २० लाख र जनसहभागिता मार्फत १ करोड ५० लाख गरि जम्मा १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको अनुमनित आय प्रस्तुत गरेकी थिइन ।

अनुमानित खर्च तर्फ उपमेयर भण्डारीले कार्यलयको प्रशासनिक खर्च तर्फ जम्मा ३१ करोड ८१ लाख ६८ हजार ५ सय, वडागत प्रशासनिक खर्च तर्फ २ करोड र कार्यक्रम तथा पुजीँगत खर्च २० करोड विनियोजन गरिएको छ ।

अघिल्लो वर्षहरुमा भएका योजनाहरुको क्रमागत भुक्तानि तर्फ २२ करोड ५५ लाख, नगर गौरव योजना तर्फ ४ करोड ५० लाख अन्य विषयगत कार्यक्रम शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सुचना, वन तथा वातावरण तथा विपद ब्यावस्थापन, आर्थिक बिकास, सामाजिक बिकास, कला, साहित्य संस्कृति मजदुर कल्याण कार्यक्रम, सुकुम्बासी ब्यवस्थापन ऋणको सावा ब्याज भुक्तानि लगायत अन्य पुजीँगत निमार्ण सुधारतर्फ गरि ९१ करोड ४८ लाख ७५ हजार गरि कुल जम्मा १ अर्व ७२ करोड ३५ खाल हजार ५ सय बरारबरको ब्याय अनुमान गरेको बताईन् ।

उपमेयर भण्डारीले बजेट सार्वजनिक गरे पनि यसले पुर्णता १ हप्ता पछि मात्रै पाउने भएको छ । वडामा पठाउने बजेट सिलिङ बुधबार मात्रै प्राप्त भएकाले वडाहरुले पाएको सिलिङ अनुसार बजेट ब्रेकडाउन गरे पछि पुनः बस्ने नगरसभाले बजेटलाई पुर्णरुपमा पारित गर्ने भएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved