धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण

  • असार १३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण गरेको छ ।
पाख्रीवासका किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखाकी प्रमुख ईन्द्रमाया तामाङले बताईन् । सबै वडामा गरी २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी ३ हजार संख्यामा किसमानलाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको नगर प्रमुख बृर्ष बहादुर राईले बताए ।

चालु आर्थिक वर्षको किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउने वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

कृषि र पर्यटनको प्रशस्त संम्भावना रहेको पाख्रीवास नगरपालिकाका १० वटै वडामा फलफुल खेती गर्न सकिन्छ । सो नगरपालिकाले पछिल्लो समयमा आएर कृषि र पर्यटनको प्रवद्र्धनलाई प्राथमिकता दिदैं आएको छ । कृषिबाट नगरवासीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षदेखि नै पाख्रीवास नगरपालिकामा व्यवसायिक कफी खेती पनि शुरु गरिएको छ ।

कृषिसँगै पर्यटनको पनि प्रशस्त संम्भावना बोकेको पाख्रीवास नगरपालिकाको समृद्धिको लागि भर्खरै सम्पन्न भएको नगरसभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको नगर प्रमुख राईले बताए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved