इलामका ४ पालिकाको बजेट सार्वजनिक "इलाम नगरपालिकाको बजेट एक अर्ब तीन करोड ७३ लाख"

  • असार ११, २०७७
  • "भगीरथ भण्डारी "
alt

इलाम/ इलाम नगरपालिकाको सातौ नगरसभाले २०७७/७८ आर्थिक प्रस्ताव तथा विनियोजन प्रस्ताव सर्वसहमतिले पारित गरेको छ । आर्थिक समितिका संयोवक नारद लम्साले प्रस्तुत गरेको आर्थिक प्रस्तावमा एक अर्ब तीन करोड ७३ लाख बाह्र हजार रुपैयाँ आम्दानी हुने अनुमान सहितको आर्थिक प्रस्ताव नगरसभाले पारित गरेको हो । त्यसमा आन्तरिक श्रोतबाट २३ करोड ४७ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ । आन्तरिक आय तर्फ एक करोड ऋण उठाउने प्रस्ताव गरेको छ । त्यस्तै संघीय सरकारबाट ६४ करोड ११ लाख ८० हजार दुईसय ९० रुपैयाँ आम्दानी हुने, प्रदेश सरकारबाट चार करोड पचासी लाख असि हजार रुपैयाँ आम्दानी हुने, राजश्व बाडफाडबाट एघार करोड २७ लाख ७१ हजार सात सय दुई रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि विनियोजन प्रस्ताव समेत पारित गरेको छ । विनियोजन प्रस्तावमा कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा १२ करोड १२ लाख पचास हजार रुपैयाँ, वडास्तरीय योजना तथा कार्यक्रमहरुमा आठ करोड पाँच लाख रुपैयाँ, नगरस्तरीय योजना तथा कार्यक्रमहरुमा ३७ करोड ८० लाख ६२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । संघीय सरकारको विषयगत शसर्त योजना कार्यक्रहरुमा ३३ करोड ७५ लाख, सामाजिक सुरक्षा भत्तामा १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सूर्योदय नगरपालिकाको बजेट एक अर्ब १७ करोड बढी

सूर्योदय नगरपालिकाले एक अर्ब बढीको बजेट नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०७७/७८ को लागि १ अर्ब १७ करोड १० लाख ३८ हजारको बजेट प्रस्तुत गरेको हो ।
नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकास तर्फ ३३ करोड ६९ लाख २३ हजार, सामाजिक विकास तर्फ ४२ करोड चार लाख चार हजार रुपैया रहेको छ । त्यस्तै आर्थिक विकास तर्फ २० करोड ४३ लाख ९८ हजार र सुशासन अन्तर निहित क्षेत्रमा ७ करोड ३८ हजार २० हजार रहेको छ ।
प्रस्तुत गरिएको बजेटमध्ये पूजीगत खर्च ५८ करोड ५० लाख ८४ हजार र प्रशासनिक खर्च ५८ करोड ५९ लाख ५३ हजार रहेको वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले बताए । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा विकास बजेट ४९ दशमलव ९६ प्रतिशत र प्रशासनिक खर्च ५० दशमलव ४ प्रतिशत रहेको छ ।

देउमाई नगरपालिकाको ७२ करोड बढीको बजेट

इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/७८ को लागि ७२ करोड ६३ लाख ७७ हजार रुपैयाको बजेट नगरसभाले पारित गरेको छ ।
नगरको आगामी आर्थिक बर्षको लागि सशर्त अनुदान मार्फत संघ सरकारबाट २६ करोड ५० लाख र प्रदेश सरकारबाट ११ लाख ७१ हजार गरी कुल २६ करोड ६१ लाख ७१ हजार रुपैया रहेको छ । समानिकरण अनुदानका लागि संघ सरकारबाट ११ करोड ८२ लाख र प्रदेश सरकारबाट ७१ लाख ९३ हजार गरी कुल १२ करोड ५३ लाख ९३ हजार रहेको छ ।
राजस्व बाडँफाडबाट संघबाट ८ करोड ६१ लाख ६३ हजार ६६० र प्रदेश सरकारबाट ६२ लाख १६ हजार गरी कुल ९ करोड २३ लाख ७९ हजार ६६० रुपैया अनुमान गरिएको छ । समपुरका अनुदान तर्फ संघ सरकारबाट २ करोड ३२ लाख र प्रदेश सरकारबाट २ करोड ५० लाख रुपैया गरी कुल ४ करोड ८२ लाख रुपैया अनुमान गरिएको छ ।
संघिय सरकारबाट आगामी आर्थिक बर्षको लागि १ करोड रुपैया बिशेष अनुदानको अनुमान गरिएको छ । त्यसैगरी आन्तरिक आय आगामी बर्षको लागि १८ करोड ४२ लाख ३३ हजार ३४० रुपैया अनुमान गरिएको नगरपालिकाका सुचना अधिकारी गोविन्दराज बास्तोलाले जानकारी दिए ।

नगरको आगामी आर्थिक बर्षको खर्च तर्फ चालु खर्चमा १३ करोड ३४ लाख ८७ हजार तथा पुँजीगत तर्फ १६ करोड २१ लाख ४९ हजार रहेको छ । नगरले ९ वटै वडामा ४० लाखको दरले विनियोजना गरेको छ । त्यसैगरी कृषिको लागि १ करोड ७८ लाख, शिक्षामा २ करोड ८४ लाख ६० हजार र स्वास्थ्यमा २ करोड ४१ लाख १० हजार खर्च हुने अनुमान गरेको छ ।
देउमाईले नेपाल सरकारको शसर्त तर्फको २६ करोड ५० लाख, संघको समपुरक २ करोड ३२ लाख, भवन र अडिटरियमको लागि प्रदेश समपुरकको १ करोड, समपुरक कोषको १ करोड ५० लाख, संघको विशेष अनुदान १ करोड र प्रदेश सरकारको शसर्त अनुदान ११ लाख ७१ हजार खर्च हुने अनुमान गरेको छ ।
नगरले आर्थिक बर्ष ०७७/७८ को लागि मृगौला प्रत्यारोपण गरेका र मुटुको भल्व फेरेका विरामीलाई निर्वाह भत्ता सहायता, जनता आवास कार्यक्रम, नगर प्रमुख सुरक्षित आप्रवासन कोष, प्रदेश समपुरक कोषको मुख्यमन्त्री सडक, डिजिटल नगरपालिकाको रुपमा विकासका कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यसैगरी संघको समपुरक कोषबाट नगरपालिका नमुना पिच, प्रदेश समपुरक कोषबाट वडा कार्यालय भवन र अडियोटरियम हल बनाउने भएको छ ।

डिजिटल एक्सरे र एनालाइजर व्यवस्थापन, जिल्ला अस्पताल स्तरोन्नतीको लागि भ्यान्टिलेरट स्थापना सहयोग, एम्बुलेन्स खरिद, ५० प्रतिशत अनुदानमा कृषि नर्सरी स्थापना, मंगलबारे बहुमुखी क्याम्पस प्राध्यापक तथा कर्मचारी व्यवस्थापन, २५ प्रतिशत साझेदारीमा विद्यालय बस खरिद, शिक्षण सिकाईमा सुचना तथा संचार प्रविधिको प्रयोग र खेलकुद ग्राम निर्माणलाई मुख्य प्राथमिकतामा राखेर ७२ करोड भन्दा बढिको बजेटलाई खर्च गर्ने लक्ष्य राखेको छ ।

माईजोगमाई गाउँपालिकाको बजेट ४५ करोड ४२ लाख

माईजोगमाई गाउँपालिकाले आ.व. २०७७/०७८ को लागि ४५ करोड ५० लाख ५० हजार ३ सय २० रुपैयाको बजेट विनियोजन गरेको छ । जसमा चालु खर्च तर्फ ७ करोड ४२ लाख ४५ हजार ६ सय , सशर्त अनुदान तर्फ १९ करोड ४८ लाख ५ हजार, अन्य अनुदानमा ४ करोड र पुंजीगत खर्च तर्फ १६ करोड ३९ लाख ९९ हजार ७ सय २० रुपैया बिनियोजन गरिएको छ । पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ६.४६३ प्रतिशत, सामाजिक विकास तर्फ १०.५४९ प्रतिशत, पूर्वाधार विकास तर्फ ४१.७८४ प्रतिशत, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९.२५२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १.६४६ प्रतिशत, अन्यपूँजीगत खर्चतर्फ ३.७२ र अन्य वर्गीकृत नभएको समपुरक कोष समेतमा ९.१४६ बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ । पुँगीगत तर्फ विनियोजन भएको कुल रकमको १७.४४ प्रतिशत रकम वडामा विनियोजन गरिएको छ ।

गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटमा प्राथामिकता दिएको छ । गत बर्षहरुको राम्रा कामहरुलाई निरन्तरता दिएको बजेटमा केहि नयाँ कुरा पनि थपिएको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । बजेटमा वडा स्तरीय सडक योजनाहरुमा ४ लाख भन्दा घटी बजेट बिनियोजन नगर्ने निति गाउँपालिकाको छ । कृषि तथा पशु विकास, सडक, खानेपानी, सिंचाई र भवन निर्माण लाई निरन्तरता दिँदै वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुलाई बजेटमा प्राथमिकताका दिएर विनियोजन गरिएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved