समाज

    Showing 711-720 of 6,695 items.
  • दमकमा खैरो हिरोइनसहित एक युवक पक्राउ

    झापा/ झापा दमक नगरपालिका–९ शान्तिचोकमा लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार साँझ करिब ७ बजे मे १ ह ७०६५ नम्बरको सिटी सफारी रोक्काई जाँच गर्दा चालक वर्ष ३६ का मनोज धिमालको सवारी साधनबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। सिटी सफारीको सिटमुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकसहित १२ ग्राम २० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम गरी जम्मा १८ ग्रामभन्दा बढी लागुऔषध बरामद गरिएको हो। साथै, घटनास्थलबाट विभिन्न दरका नेपाली नगद १८ हजार रुपैयाँ र एउटा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 575 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समुद्री आँधी ‘मोन्था’ अझ प्रबल, आन्ध्र तटमा ठोक्किने चेतावनी

    नयाँ दिल्ली/  बङ्गालको खाडीमा सक्रिय समुद्री आँधी ‘मोन्था’ थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभाग (आईएमडी)ले चेतावनी दिएको छ। आईएमडीका अनुसार यो आँधी मंगलबार साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमबीचको तट पार गर्ने सम्भावना छ। त्यतिबेला हावाको वेग ९० देखि १०० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ। मोन्थाको प्रभावका कारण तमिलनाडुका केही भागमा भारी वर्षा हुने सम्भावना छ भने आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आईएमडीले अलर्ट जारी गरेको छ। विभागले सोमबार जारी गरेको पूर्वानुमानअनुस

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 384 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जाडो छल्न पर्यटक चरा नेपाल आउने थाले

    सुनसरी/ जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । उत्तरी ध्रुवमा हिमपातको सुरूआतसँगै हिउँदे यामको बढ्दो जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा सयौँ प्रजातिका चरा नेपाल आइपुगेका छन् । विगतका विवरण हेर्दा असोज दोस्रो सातादेखि यहाँ आउन थालेका पर्यटक चरा करिब छ महिना नेपाल रहने र त्यसपछि फर्कन्छन् । ‘बर्सेनि क

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माई खोलामा हराएका प्रेम लिवाङको शव फेला

    झापा/शिवसताक्षि नगरपालिका–९ बैसबारीस्थित माई खोलाको बीच भागमा फेला परेको शवको पहिचान खुलेको छ । मृतक शिवसताक्षि नगरपालिका–१० फागुनन्द चोकका ५१ वर्षीय प्रेम लिवाङ रहेको पुष्टि भएको छ । (मिति २०८२ कार्तिक १० गते) साँझ करिब ४ बजेर ५० मिनेट जाँदा खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार मृतक लिवाङ मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको बताइएको छ । उनी बिहान करिब १० बजे ‘आफैँ खुशी हिँडेका’ भनी परिवारले जानकारी दिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान उनकी छोरी बिनिता लिवाङ र भाइ कुमार लिवाङ (

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा रात्रि बस दुर्घटना, १९ जना घाइते

    झापा/शिवसताक्षी नगरपालिका–१० माईधार चौकमा मंगलबार बिहान साढे ४ बजेतिर रात्रि बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको हो। बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन् भने ६ जना सकुशल आफ्ना गन्तव्यतर्फ गएका छन्। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटा अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ। बस भने दुर्घटनास्थलमै रहेको र बाटो अबरुद्ध नभएको इलाका प्रहरी चौकी माईधारले जनाएको छ। दुर्घटनामा झापा मेचीनगर–६

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माई खोलामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

    झापा/ शिवसताक्षि नगरपालिका–९ बैसबारीस्थित माई खोलाको बीच भागमा एक पुरुषको शव फेला परेको छ । मिति २०८२ कार्तिक १० गते साँझ करिब ४ बजेर ५० मिनेट जाँदा खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । उनको उमेर करिब ५५–५६ वर्षको रही, पहाडे मूलका मंगोलियन अनुहारका थिए । उनले कम्मरभन्दा मुनि मात्र कालो रङको ट्र्याकसुट लगाएका थिए । खबर पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेर शव उठाई कानुनी प्रक्रिया अघि बढाएको छ । स्थानीयका अनुसार शव पानीको बीच भागमा तैरिरहेको अव

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १८ देखि सुरु हुँदै

    धरान/  खेलमा महिलाको सहभागिता बढाउँदै धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १८ गतेदेखि सुरु हुने भएको छ। आयोजक जनपथ जागरण समाज धरानले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो। गत वर्षको सफलतापछि यसपटक प्रतियोगिता अझ भव्य रूपमा आयोजना गरिने जनाइएको छ। समाजका अध्यक्ष सुजन केसीका अनुसार गत संस्करणमा १५ वटा वडाको टिम सहभागी थिए भने यसपटक टिमको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। उनका अनुसार प्रतियोगिताको विजेता टोलीले ९० हजार रुपैयाँसहित रनिङ ट्रफी प्राप्त गर्नेछ, जुन गत वर्षभन्दा १० हजार रुपैयाँले बढी हो। त्यस्तै उपविजेताले ४५ हजा

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वेवारिसे अवस्थामा पुरुष फेला, गम्भीर अवस्थामा उपचाररत

    झापा/मेचीनगर नगरपालिका–१० टिकापुरस्थित नागरडुब्बा खोलाको किनारमा एक पुरुष बेवारिसे अवस्थामा फेला परेका छन्। आज मिति २०८२ कार्तिक १० गते बिहान करिब ७:३० बजे स्थानीय बासिन्दाले करिब ३५–३६ वर्ष उमेरका ती पुरुष खोलाको किनारमा लडिरहेको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी दिएका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। गम्भीर अवस्थामा रहेका ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ। हाल ती पुरुष बोल्न नसक्ने अवस्थामा छन् भने उनको नाम, थर र ठेगाना खुलेको छैन। प्रहरीका अनुस

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कार र मोटरसाइकल ठोक्किँदा दुई घाइते, कार चालक फरार

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१६ स्वस्तिका चौक नजिकको भीत्री सडकखण्डमा आईतबार राति कार र मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। मिती २०८२ कात्तिक ९ गते राति ९:५० बजे पूर्वबाट उत्तरतर्फ आउँदै गरेको बा २० च ५५४३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५२ प ७९९७ नम्बरको NS मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक धरान–८ का २७ वर्षीय अनिश राईको दायाँ हातमा चोट लागेको छ भने पछाडि सवार उनकी श्रीमती २७ वर्षीया सुवास्ना तामाङको दायाँ खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि घोपा अस्पताल

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 676 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषधसहित एक युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ का २८ वर्षीय भोजराज चौहानलाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार, गोप्य सूचनाका आधारमा आईतबार राति करिब ९ बजे प्रहरी टोलीले चौहानको घरमा छापा मारेको थियो। प्रसनि रविन पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले घरको कोठामा खानतलासी गर्दा ट्रामाडोल १४० क्याप्सुल, स्पास्पेन ६० ट्याबलेट र डिकोलिकल ८० ट्याबलेट फेला पारेको जनाएको छ। नियन्त्रणमा लिइएका चौहानमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनी लामो समयदेखि सो क्षेत्रमा ल

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 621 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved