हिबिस्कस क्विज मेनिया–२०८२ : उत्कृष्ट ६ विद्यालय फाइनलमा

  • पुस ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा सञ्चालन भइरहेको हिबिस्कस क्विज मेनिया–२०८२ (सिजन–४) को छनोट चरण बुधबार सम्पन्न भएको छ।

प्रतिस्पर्धात्मक छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गरेका ६ विद्यालय फाइनल चरणमा प्रवेश गरेका छन्।

स्कुल प्राङ्गणमा आयोजित छनोट चरण कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार इबारम प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपाल, एन–प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, हिबिस्कस स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता प्रतियोगिता संयोजक सुबास मोक्तान ले गरेका थिए भने क्विज मास्टरको भूमिकामा शिक्षक नयन राई रहेका थिए।

प्रतियोगिता संयोजक मोक्तानका अनुसार धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, तरहरा र मोरङलगायत कोशी प्रदेशका विभिन्न स्थानबाट ४५ विद्यालय छनोट चरणमा सहभागी भएका थिए।

छनोट चरणबाट फाइनलमा प्रवेश गर्ने विद्यालयहरूमा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान, मेघा हिमालयन स्कुल धरान, महेन्द्र माध्यमिक विद्यालय तित्रिगाछी (बराहक्षेत्र), जीवन ज्योति बोर्डिङ स्कुल बराहक्षेत्र, साजिलाल सेकेन्डरी स्कुल सुन्दरहरैचा (मोरङ) र तरहरा मोडेल एकेडेमी रहेका छन्।

प्रतियोगिताका निर्णायकमा नवदीप साह र सुरेश रेग्मी रहेका छन्। हिबिस्कस स्कुलका निर्देशक गङ्गाराम राई का अनुसार प्रतियोगिताको फाइनल बिहीबार स्कुल प्राङ्गणमै आयोजना हुनेछ।

फाइनलमा प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले १५ हजार, तेस्रोले ८ हजार, चौथोले ६ हजार, पाँचौँले ४ हजार तथा सान्त्वना टोलीले २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

शैक्षिक ज्ञान, तर्कशक्ति र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको हिबिस्कस क्विज मेनिया लाई हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले आफ्नो शैक्षिक पहिचान र ब्रान्डका रूपमा निरन्तर अघि बढाउँदै आएको जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved