एनसीसी जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न

  • पुस १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ श्री राष्ट्रिय सेवा दल,पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको सि.सं. ५१ राष्ट्रिय क्याडेट कोर (एनसीसी) जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ।

पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन गरिएको दोश्रो चरणको उक्त तालिम आज बिहीवार सम्पन्न भएको श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले जानकारी दिए।

दीक्षान्त समारोहका अवसरमा तालिम पूरा गरेका एनसीसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गर्नुका साथै अनुशासन, समन्वय, शारीरिक तन्दुरुस्ती र नेतृत्व क्षमतासम्बन्धी प्रस्तुति प्रस्तुत गरेका थिए।

तालिममा १८ वटा विद्यालयको सहभागिता रहेको थियो। सहभागी विद्यालयमध्ये कोशी प्रदेशका आठ, मधेश प्रदेशका सात र बागमती प्रदेशका तीन विद्यालय रहेका थिए। तालिमबाट छात्र २६५ र छात्रा २६३ गरी कुल ५२८ जना क्याडेट दीक्षित भएका छन्।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै श्री पूर्वी पृतना, इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले एनसीसी कार्यक्रमले विद्यार्थीमा अनुशासन, राष्ट्रप्रेम, जिम्मेवारीबोध र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । उनले यस्ता तालिमले भविष्यमा सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा उल्लेखनीय सहयोग पुग्ने उल्लेख गरे।

उपरथी केसीले नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय क्याडेट कोर (एनसीसी) कार्यक्रमले युवालाई अनुशासित, नेतृत्वदायी, राष्ट्रप्रति बफादार तथा राज्यका सम्पूर्ण संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिकका रूपमा विकास गर्ने उद्देश्य राखेको बताए।

एनसीसी कार्यक्रम केवल सैनिक पोसाकमा परेड तथा शारीरिक अभ्यासमा सीमित नरही देशको भौगोलिक विविधता, जातजाति, धर्म, संस्कृति, परम्परा र सामाजिक संस्कारबाट आएका युवालाई राष्ट्रिय संवादको एउटै मञ्चमा जोड्न सफल भएको उहाँको भनाइ थियो। उहाले भन्नुभयो यसले आपसी समझदारी, सहकार्य र राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाएको छ।

तालिमपछि सहभागी युवाहरूले आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै जुनसुकै जिम्मेवारी वहन गर्न सक्षम हुने विश्वास व्यक्त गर्दै उहाँले एनसीसी तालिमले युवामा राष्ट्रप्रतिको उत्तरदायित्वबोध, अनुशासन र नेतृत्व क्षमताको विकास गर्दै राष्ट्रिय एकतालाई थप बलियो र दिगो बनाउने उल्लेख गरे।

नेपाली सेनाले देशभरका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवाप्रति आकर्षित र प्रेरित गर्ने उद्देश्यले एनसीसी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तालिममा सैनिक आवासीय महाविद्यालयकी क्याडेट सुम्निमा लिम्बू छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन् भने पशुपति इङ्लिस बोर्डिङ स्कुल इटहरीका क्याडेट आयुश राई छात्रतर्फ सर्वोत्कृष्ट हुँदै पुरस्कृत भएका छन । दीक्षान्त समारोहमा पृतनापति उपरथी केसिले उत्कृष्ट क्याडेटहरूलाई दर्ज्यानी चिन्ह, प्रधानाध्यापक/समन्वय शिक्षकहरूलाई कदरपत्र र प्रमाणपत्र वितरण गरेका थिए ।

दीक्षान्त समारोह कार्यक्रममा श्री नं. २१ बाहिनी अड्डाका बाहिनीपति सहायक मनिकुमार श्रेष्ठ, श्री नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विक्रम राणा, विभिन्न विद्यालयका क्याडेट, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved