धरानमा क्रिसमस डे उल्लासपूर्वक मनाइयो, एलिम चर्चमा भव्य कार्यक्रम

  • पुस १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले बिहीबार ‘क्रिसमस डे’ अर्थात् ख्रीष्टमस दिवस  धार्मिक आस्थासहित मनाएका छन्।

अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रीष्टको जन्मको सम्झनामा यो पर्व मनाइने परम्परा छ।

धार्मिक विश्वासअनुसार करिब दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मरियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको मानिन्छ।

मानव समुदायका लागि येशुले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप इस्वी संवत् चलनमा आएको धार्मिक व्याख्या गरिन्छ।

क्रिसमसको अवसरमा धरानसहित देशभरका चर्चहरूमा विशेष प्रार्थना सभा, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिएका छन्। येशु ख्रीष्टको प्रेम, करुणा, क्षमा र मानवतामा आधारित शिक्षालाई स्मरण गर्दै शुभकामना आदानप्रदान र उपहार साटासाट गरिएको छ।

यसै सन्दर्भमा सुनसरीको धरान–५ तल्लो देउरालीस्थित एलिम चर्चले ‘ख्रीष्टमस कार्यक्रम–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ।

एलिम चर्चका प्रमुख विनोद विश्वकर्माको अगुवाइ तथा पास्टर कमल खत्रीको येशु प्रवचन मन्तव्यसहित सम्पन्न कार्यक्रममा नाचगान, भजन–कीर्तन र प्रभु येशुको नाममा केक काटेर उत्सव मनाइएको थियो।

कार्यक्रममा क्रिश्चियन समुदायका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्रिसमसका अवसरमा धरान, काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरालगायत सहरहरूमा विशेष रौनक देखिएको छ। बजार तथा व्यापारिक केन्द्रहरू क्रिसमस ट्री, झिलिमिली बत्ती र आकर्षक सजावटले सिंगारिएका छन्।

यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् भने सरकारले ‘क्रिसमस डे’ को अवसरमा सार्वजनिक बिदा समेत दिएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved