धरान/हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया सिजन–४ को उपाधि साजिलाल मा.विले हात पार्न सफल वनेको छ ।
विहिवार सम्पन्न भएको फाइनल प्रतियोगितामा साजिलालले अन्य विद्यालयलाई पछि पार्दै उपाधी हात पारेको हो ।
प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।
प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी बराहक्षेत्रले दोस्रो स्थान प्राप्त गरेको छ । जीवन ज्योतिले नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।
त्यसैगरी धरान मेघा हिमालयन स्कुलले तेस्रो स्थान हात पारेको छ उसले नगद ८ हजार रुपैया र मेडल प्रमाण पत्र हात पारेको छ ।
उता महेन्द्र माध्यमिक विद्यालय, तित्रिगाछी बराहक्षेत्रले चौथो स्थानमा चित्त वुझाउनु परेको छ । महेन्द्र मा.वि.ले नगद ६ हजार रुपैयाँ प्रमाण–पत्र हात पारेको छ ।
त्यस्तै तरहरा मोडल एकेडेमी इटहरीले पाचौ स्थान हात पार्दै नगद ४ हजार प्रमाण पत्र हात पारेको छ भने आयोजक हिबिस्कस इङलिस बोर्डिङ स्कुलले छैटौ स्थान हासिल गरी नगद २ हजार प्रमाण–पत्र हासिल गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा तथा निर्णायकद्वय नवोदिप साह र सुरेश रेग्मीले विजेता तथा सहभागी टिमहरुलाई पुरस्कार वितरण गरे।
सो अवसरमा उपमेयर बेघाले यस्ता बौद्धिक प्रतियोगिताले विद्यार्थीहरुको सोच्ने र स्मरण गर्ने क्षमता वृद्धि गर्नुका साथै भविष्यमा लोकसेवा आयोगको तयारीमा समेत सहयोग पुग्ने बताए।
स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे ले प्रतियोगितालाई आगामी दिनमा अझ व्यापक बनाउँदै देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए।
स्कुलका सल्लाहकार पवन झाले हिबिस्कस स्कुल रहुन्जेलसम्म क्विज मेनिया निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।
बुधबार सम्पन्न छनोट चरणमा सहभागी ४५ विद्यालय मध्ये उत्कृष्ट ६ विद्यालय ग्रान्ड फिनालेमा प्रवेश गरेका थिए। विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक स्कुलका निर्देसक गङ्गाराम राईले बताए ।
प्रतियोगिताको क्विज मास्टर शिक्षक नयन राज राईले बताए।
सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।