नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीको अधिवेशन धरानमा हुने

  • पुस ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) सुनसरीको छैठौँ जिल्ला अधिवेशन आगामी पौष ११ र १२ गते धरानमा हुने भएको छ। अधिवेशनले सङ्गठनभित्र समावेशी नेतृत्व विकास र जातीय सन्तुलनलाई थप संस्थागत गर्ने लक्ष्य लिएको छ।
 
धरानमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नेफिन सुनसरीका अध्यक्ष राम माण्डुपा राईले महासङ्घले अवलम्बन गरेको ‘एक जाति–एक कार्यकाल’ नीति प्रभावकारी रूपमा लागू हुँदै आएको बताए।
 
उनका अनुसार एउटै व्यक्तिले दोहोर्याएर पदाधिकारी बन्न नपाउने र एउटै जातिबाट एक पटकभन्दा बढी अध्यक्ष चयन नहुने व्यवस्था कार्यान्वयनमा छ।
अध्यक्ष राईले यस प्रणालीले नेतृत्वमा समान अवसर सुनिश्चित गर्नुका साथै संगठनभित्र विविध जातीय समुदायको सहभागिता बढाएको उल्लेख गरे। हालसम्म शेर्पा, तामाङ, गुरुङ र राई समुदायबाट अध्यक्ष चयन भइसकेको जानकारी दिँदै उनले अब बाँकी १६ आदिवासी जनजाति समुदायले नेतृत्व सम्हाल्ने अवसर पाउने बताए।
 
अधिवेशनमा संगठन सुदृढीकरण, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने रणनीति, आदिवासी बहुजातीय सङ्ग्रहालय निर्माणलाई गति दिने योजना तथा जिल्लाका सांस्कृतिक र ऐतिहासिक स्थल संरक्षणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
 
त्यसैगरी अधिवेशनका मुख्य एजेन्डामध्ये International Labour Organization को महासन्धि नम्बर १६९ र United Nations द्वारा जारी आदिवासी अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP–२००७) को पूर्ण कार्यान्वयन प्रमुख रहेको अध्यक्ष राईले स्पष्ट पारे।
 
उनका अनुसार नेपाल सरकारले ती अन्तर्राष्ट्रिय कानुन अनुमोदन गरे पनि कार्यान्वयनमा प्रभावकारी कदम नचालेपछि सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ भई २०८२ जेठ २२ गते सङ्घ, प्रदेश र स्थानीय तहका सरकारलाई कार्यान्वयनका लागि निर्देशन दिइसकेको छ।
 
नेफिन सुनसरीले यो अधिवेशनलाई अधिकार, पहिचान र समावेशी नेतृत्वका सवालमा महत्वपूर्ण मोडका रूपमा लिएको जनाएको छ।
 
 
 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved