सुनसरी/ कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशका किसानहरूका लागि ठूलो विपत्ति निम्त्याएको छ । प्रदेशका किसानको मुख्य आशा–अवलम्बन मानिने धानबालीमा ठूलो क्षति पुर्याएको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार कोशी प्रदेशका १४ जिल्लामा करिब ५८ हजार टन धानबाली नष्ट भएको पुष्टि गरिएको छ। निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङका अनुसार १२ हजार ६ सय ३२ हेक्टर खेतमा लगाइएको धानबाली पूर्ण वा आंशिक रूपमा नष्ट भएको छ। उनीका अनुसार यतिबेला प्रदेशभरको कृषिमाथि परेको क्षति निकै गम्भीर देखिएको छ। सबैभन्दा बढी क्षति झापामा पुगेको छ। झापा
मोरङ/ मोरङको जहदा गाउँपालिका–३ मा एम्बुलेन्समार्फत ठूलो परिमाणमा गाँजा ओसार–पोसार हुँदै गरेको छ भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति गरेको छापामा ३३ किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त टोलीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र लुकाइ–छिपाइ गरिएको ३३ किलो ६१० ग्राम गाँजा फेला पारिएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ। गाँजा बरामदसँगै एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्
झापा/ झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीवारी नजिकको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा एक थान इन्सास हतियार फेला परेको छ। मिति २०८२ साल कातिक १९ गते साँझ करिब ४:४५ बजे प्रहरीले फेला पारेको उक्त हतियार इन्सास नम्बर ०३११००८७२ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हतियारसँगै एक थान म्याग्जिन, १९ राउण्ड सावुत गोली र २ राउण्ड बेसावुत गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार गत असोज २४ गते जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको पुष्टि भएको छ। बरामद हतियारलाई प्रह
बिर्तामोड/ झापा बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय बिक्रम माझीका २ वर्ष ५ महिनाका छोरा दिवांश माझी बुधबार बिहान घर नजिकैको अदुवा खोलामा डुबेको अवस्थामा फेला परेका हुन्। बालकलाई उनका हजुरबुबाले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका छन्। घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमा
विराटनगर/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत प्रहरीले धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरेको छ। अभियान अन्तर्गत कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ का विभिन्न क्षेत्रमा फैलिएको करिब ५ रोपनी जमिनमा उम्रिएका ९ हजार ५ सय वटा गाँजाका बोट फडानी गरी आगो लगाएर नष्ट गरेको जनाएको छ। त्यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न पा
इटहरी/ इटहरीस्थित सी.बी. स्कुलका विद्यार्थीहरूले मानवीय करुणाको अद्भुत उदाहरण प्रस्तुत गरेका छन्। आफ्नै टिफिन समयमा खाने खाजाको खर्च जोडेरे उनले माया घर नेपालमा आश्रित १४५ जनालाई एक दिनको खाजा खुवाएका छन्। दैनिक रु. १०, २० देखि ५० सम्म बचत गर्दै विद्यार्थीहरूले संकलन गरेको रकमबाट बुधबार माया घरका आश्रितहरूलाई खाजा खुवाए। सानै उमेरमा सामाजिक उत्तरदायित्वप्रति यस्तो चेतना देखाएकोमा उनीहरूको प्रशंसा हुँदैछ। सोही अवसरमा विद्यार्थीहरूले इटहरी–२, आयुर्वेदिक टोलस्थित १०८ शिवलिङ्गको दर्शन गर्दै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार
सुनसरी/ विशेष सूचनाको आधारमा सुनसरी प्रहरीले लागूऔषध ब्राउन सुगर ओसार्ने युवकलाई पक्राउ गरेको छ । कोशी गाउँपालिका–१ लौकही बजारमा चेकजाँचका क्रममा धादिङ थाक्रे गाउँपालिका–६ का ३० वर्षीय विष्णु अधिकारी पक्राउ परेका हुन् । प्रहरीका अनुसार अधिकारी दक्षिणतर्फबाट उत्तरतर्फ पैदल आउँदै गर्दा चेकजाँच गर्दा उनले मलद्वारभित्र लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगर फेला परेको हो । बरामद गरिएको उक्त पदार्थको तौल ९.९४ ग्राम (नौ ग्राम नौ सय चालिस मिलिग्राम) रहेको प्रहरीले जनाएको छ । उनीमाथि लागूऔषध ऐनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान/ सुनसरीको धरान–१५ निराजन बस्तीस्थित झण्डा पार्क नजिकै लागुऔषध कारोबार हुँदै आएको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लक्ष्मण परियारको घरमा मङ्गलबार राति करिब ९ बजेर २० मिनेटमा गरेको खानतलासीका क्रममा ट्रामाडोलका २१० क्याप्सुल र नगद एक लाख तीन हजार रुपैयाँ फेला पारेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई, र १९ वर्षीय सन्देश गुरुङ रहेका छन्। उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी
इटहरी/ कोशी प्रदेशको इटहरी–२, आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापनासँगै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रद्वारा आयोजित श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रम पाँचौँ दिनसम्म आइपुग्दा १ हजारभन्दा बढी भक्तजनले निशुल्क स्वास्थ्य सेवा लिएका छन्। गत कात्तिक १४ गतेदेखि सुरु भएको श्रीमद्भागवत कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको निशुल्क स्वास्थ्य शिविरमा इटहरी आइडल ग्रुपले प्रेसर, सुगर, मुटु, पेटलगायत रोगहरूको चेकजाँच र परामर्शका साथै केही औषधिसमेत वितरण गर्दै आएको छ। ग्रुपका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठका अनुसार दैनिक झण्डै १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर सेवा दिइरहेको छ। धार्मिक व
धरान/ हाल प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘परान’ ले देशभरका सिनेमा हलहरूमा दर्शकको मन जित्दै उत्कृष्ठ प्रतिक्रिया बटुलिरहेको छ। वरिष्ठ कलाकार नीर शाह र मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयले सिँगारिएको यो चलचित्रले परिवार, माया र सम्बन्धका गहिरा भावनालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ। चलचित्र हेरेर दर्शकहरू भावविह्वल बनेको दृश्यहरू अहिले सामाजिक सञ्जालभर भाइरल बनेका छन्। कोही आँसु पुछ्दै निस्किन्छन्, कोहीले त “लामो समयपछि यस्तो नेपाली फिल्मले मन छोयो” भन्दै प्रतिक्रिया दिएका छन्। ‘परान’ मा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी,