नेकपाप्रति जनआकर्षण बढ्दो : माधव नेपाल

  • पुस २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले नेकपाप्रति जनताको आकर्षण निरन्तर बढ्दै गएको बताएका छन्।

पार्टीको इटहरी उप-महानगर समितिद्वारा आइतबार दुर्गा पार्टी प्यालेसमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १७ दल एकताबद्ध भइसकेपछि अन्य राजनीतिक घटकहरू समेत एकतामा आउन इच्छुक देखिएको उल्लेख गरे।

यसले नेकपाप्रति जनविश्वास र आकर्षण बढेको उनको भनाइ थियो।

नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय भइसकेकाले त्यसको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

साथै पार्टी एकताको सन्देश जिल्ला, पालिका, वडा हुँदै टोल–टोलसम्म पुर्‍याउन उनले आह्वान गरे।

कार्यक्रममा पार्टीका नेता चिरन पुनले नयाँ पुस्ताको भावना बुझेर राजनीतिमा जोड्नुपर्नेमा जोड दिए भने अर्का नेता केशव बिष्टले यसपटकको निर्वाचनमा नेकपाको लाल किल्ला कायम रहने दाबी गरे।

एमाले प्रदेस सदस्य मग्राती सहित दर्जनौ जेन्जिहरु नेकपामा प्रवेश

एकता सन्देश सभाकै अवसरमा नेकपा एमाले कोशी प्रदेश समिति सदस्य सुमन मग्रातीसहित चार दर्जनभन्दा बढी जेन्जिहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई सह–संयोजक माधव कुमार नेपालसहित नेताहरू चिरन पुन, शिवकुमार डाँगी,केशव बिष्ट लगायतले अबिर र माला लगाएर स्वागत गरेका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved