समाज

    Showing 561-570 of 6,962 items.
  • रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दैं

    धरान/ सुनसरी क्षेत्र नं १ का एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनीका विभिन्न बस्तिहरूमा आफ्नो घरदैलो अभियान तीव्र पारेका छन्।   रामधुनी -६ मोहिनीस्थित मुसहर बस्तीका एक मतदाता, सिता देवी भन्छिन २०७४ सालको निर्वाचनमा भीम आचार्यज्यूले पुल बनाउनको लागि वचन दिनुभयो र चुनावपछि त्यो पुल बन्यो। अहिले टिकाराम लिम्बूले यहाँको समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको छ । यहाँलाई यहाँका जनताले भोट हाल्ने छन् ।   उम्मेदवार लिम्बूका अनुसार, रामधुनी(७ को मुसहर बस्तीमा १०० भन्दा बढी घरहरू जनआवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेका छन्। यी घरहरूको निर्माणले त्यहाँका गरिब र पिछडिएका समुदायल

    • प्रकाशित मितिः फागुन १, २०८२
    • 428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषधसहित दुई पक्राउ

    धरान/  सुनसरी जिल्लाको धरान उप–महानगरपालिका वडा नं. १० सेवालुङ चोकमा प्रहरीले भैरहेको लागूऔषध कारोबारमा दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२।११।०१ गते बिहान ०९:४५ बजे अस्थायी प्रहरी चौकी श्यामचौकबाट खटिएको टोलीले सन्दिप राईको कोठामा चेकजाँच गर्दा ट्रामाडोल २०८ क्याप्सुल र स्पास्पेन २०८ ट्याब्लेट फेला पारेको छ। साथै,  कारोबारमा संलग्न भुमिका बर्देवालाई  समेत पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा लागूऔषध आपूर्ति शृङ्खला अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः फागुन १, २०८२
    • 514 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औँ बुढासुब्बा गोल्डकप : चर्च ब्याइज युनाइटेड फाइनलमा प्रवेश

    सुनसरी/  चर्च ब्याइज युनाइटेड काठमाडौ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा झापा–११ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै चर्च ब्याइजले उपाधि नजिकको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए । निर्णायक ट्राइबेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार र

    • प्रकाशित मितिः माघ २९, २०८२
    • 440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगरपालिकाद्बारा वराहक्षेत्रको बाङ्गे बजारमा अनुगम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित बाङ्गे बजारमा अनुगमन गरिएको छ । बिहिवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बाङ्गे बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गर बजार अनुगमन गरेको हो । अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप(प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । वडा कार्यालय , नगरपालिकाको कार्यलय गर्नु पर्ने दर्ता प्रकृया , राजश्

    • प्रकाशित मितिः माघ २९, २०८२
    • 380 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुशासनदेखि समृद्धिसम्म : सुनसरी–१ मा नेकपाको १५ बुँदे प्रतिबद्धता

    धरान/ संघीय प्रणाली सुदृढीकरण, पारदर्शी बजेट प्रणाली, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरी निर्वाचन क्षेत्र नं. १ का लागि समग्र विकासमुखी १५ बुँदे स्थानीय प्रतिबद्धता पत्र बिहिवार सार्वजनिक गरेको छ। धरानको ड्रीम्ल्याण्ड होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापनदेखि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, भाषा–संस्कृति संरक्षण र सुशासनसम्मका विषय समेटिएका छन्। प्रतिबद्धता पत्रमा वास्तविक सुकुम्बासीलाई आवास तथा जमिनको हक सुनिश्चित गर्ने,

    • प्रकाशित मितिः माघ २९, २०८२
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ४ एमालेको आधार एमाले उमेद्वार टीकाराम लिम्बू

    धरान/  नेकपा (एमाले) का सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूले धरान ४ नम्बर वडा नेकपा (एमाले) को सधैँ आधारभूमि रहेको बताउँदै यसपटक पनि त्यो विरासत कायमै रहने बताएकाछन् । एमाले धरान ४ को विकासको इतिहासदेखि सारथी रहेको स्मरण गराउँदै बाँकी रहेका विकास निर्माण सम्पन्न गर्न पनि एमालेलाई जिताउनु पर्ने लिम्बूले बताए । बिहिबार धरान वडा नम्बर ४ स्थित खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै धरान ४ को सडक पूर्वाधार, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको बाँकी कामहरु पुरा गर्न एमालेले आफुलाई उमेद्वार बनाएको बताए । उनले भने हर्दिया कन्यापोखरी कृषि सडकको अपुरो कामलाई तत्काल

    • प्रकाशित मितिः माघ २९, २०८२
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा युवा उम्मेद्वार लिम्बूलाई बढ्दो जनसमर्थन

    धरान/ नेकपा (एमाले) का सूर्य ध्वजावाहक उम्मेद्वार टीकाराम लिम्बूलाई धरान–१५ मा बढ्दो जनसमर्थन देखिएको छ। घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताले युवा उम्मेद्वारप्रति उत्साह व्यक्त गर्दै समर्थन जनाएका हुन्। श्यामचोककी इन्द्रकला लावतीले उम्मेद्वार लिम्बूलाई आफ्नै घरमा पहिलो पटक देखेपछि सूर्य चिन्हमा मतदान गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “उम्मेद्वार भनेपछि उमेर ढल्किएको व्यक्ति हुन्छ भन्ने सोच थियो, तर एमालेले समयको माग अनुसार युवा उम्मेद्वार अघि सारेको रहेछ। हाम्रो भोट सूर्यलाई नै हो।” बिहीबार एमालेले धरान–१५ नम्बर वडामा आयोजना गरेको घरदैलो कार्यक्रम श

    • प्रकाशित मितिः माघ २९, २०८२
    • 375 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनोजः भूगोल र मन जोड्न आएको मान्छे

    मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने होभने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सुर्यबहादुर भट्टराई नामलाई नागरिकतामा कहिँ चेप्टाएर राखिदिएको छ ।  तत्कालिन नेकपा माओवादीको पेचिलो सङ्घर्षले नेतृत्वकोरुपमा जन्माएको हो, मनोज भट्टराईलाई । त्यसैले उनी ०७४ र २०७९ गरि दुई पटक धरान–१७ को वडाध्यक्ष भए ।

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औं बुढासुब्बा गोल्डकप : 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश

    सुनसरी/बुढासुब्बा गोल्डकपको २६औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको लालीगुँरास एसोसियसन पोखरालाई पराजित गर्दै नव आगन्तुक 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश गरेको छ ।  २-१ गोल अन्तरको जित निकालेको प्लानिङका लागि खेलको दोस्रो हाफको १३औं मिनेट र ४१औं मिनेटमा क्रमशः विलियम एलेक्स र म्यान अफ द म्याच प्रतापसिंह राईले योगदान गरे । पहिलो पटक प्रतियोगितामा सहभागी दुवै टिमले मैदानमा भएको असमझदारीका कारण तीतो अनुभव गर्न पुगे ।  पहिलो हाफ मध्यतिर दुई टिमबीच भएको घम्साघम्सीपछि प्लानिङ बोइजका पापा इबोउ केबी र लालीगुराँस पोखराका इस्कन्दर सिद्दिकी जुनो रेड कार्ड पाउँदै मैदान बाहिरिए । लालीगुर

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी दिपासहित झापाबाट ४ जना ब्राउन सुगरसहित पक्राउ

    झापा/ लागूऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको गौरीगञ्जबाट धरानकी एक युवतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो करिब १ः३० बजे गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलमा पूर्व आपगाछीबाट पश्चिमतर्फ आउँदै गरेको मे १ह ५६६७ नम्बरको ओटो (टेम्पु) लाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले रोकी चेकजाँच गरेको थियो। प्रनि भुवन बाबु खड्काको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले चेकजाँच गर्दा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार प्लास्टिकसहित ७ ग्राम ५०० मिलिग्राम तथा प्लास्

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 370 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved