२६औँ बुढासुब्बा गोल्डकप : चर्च ब्याइज युनाइटेड फाइनलमा प्रवेश

  • माघ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  चर्च ब्याइज युनाइटेड काठमाडौ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार धरान रंशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा झापा–११ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै चर्च ब्याइजले उपाधि नजिकको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए ।

निर्णायक ट्राइबेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार रोक्दै टोलीलाई फाइनल पु¥याए । झापाका लागि प्रसान्त लक्समले मात्र गोल गर्न सके । चर्च ब्याइजका तर्फबाट एरिक विष्ट, रोहन कार्की र सुदीप श्रेष्ठले सफल प्रहार गर्दै टोलीलाई ३–१ को जित दिलाए ।

सुमित श्रेष्ठको प्रहार भने झापाका गोलरक्षक मनोज गुरुङले बचाएका थिए । ट्राइबेकरमा तीन महत्वपूर्ण बचाउ गरेका गच्छदार म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । खेलको तेस्रो मिनेटमै चर्च ब्याइजले अग्रता लिएको थियो । मिलन राईले गरेको गोलले टोलीलाई सुरुआती ऊर्जा दिएको थियो । त्यसपछि १७औँ मिनेटमा यभियामी फुकुनेले अर्को गोल थप्दै चर्च ब्याइजलाई २–० को बलियो अवस्थामा पु¥याए ।

तर झापा–११ ले खेलमा पुनरागमन गर्ने संकेत दियो । २८औँ मिनेटमा अभिषेक लामाबाट भएको आत्मघाती गोलले झापालाई खेलमा फर्कायो । उक्त आत्मघाती गोलसँगै पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो । दोस्रो हाफमा झापा–११ ले दबाब बढायो ।

६१औँ मिनेटमा आरोन थापा मगरले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । खेलको ३४औँ मिनेटमा चर्च ब्याइजले पेनाल्टीको अवसर पाएको थियो ।

तर रिचार्ड विल्सनले प्रहार गरेको पेनाल्टी झापाका गोलरक्षक सन्दीप लिम्बुले उत्कृष्ट बचाउ गर्दै विफल पारे । अब चर्च ब्याइजले उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved