रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दैं

  • फागुन १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी क्षेत्र नं १ का एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनीका विभिन्न बस्तिहरूमा आफ्नो घरदैलो अभियान तीव्र पारेका छन्।
 
रामधुनी -६ मोहिनीस्थित मुसहर बस्तीका एक मतदाता, सिता देवी भन्छिन २०७४ सालको निर्वाचनमा भीम आचार्यज्यूले पुल बनाउनको लागि वचन दिनुभयो र चुनावपछि त्यो पुल बन्यो। अहिले टिकाराम लिम्बूले यहाँको समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको छ । यहाँलाई यहाँका जनताले भोट हाल्ने छन् ।
 
उम्मेदवार लिम्बूका अनुसार, रामधुनी(७ को मुसहर बस्तीमा १०० भन्दा बढी घरहरू जनआवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेका छन्। यी घरहरूको निर्माणले त्यहाँका गरिब र पिछडिएका समुदायलाई ठूलो राहत दिएको छ। एमालेको नेतृत्वमा जनता आवास कार्यक्रम लागु भएको थियो ।
मजदुर, किसान वर्गका लागि आफ्नो उम्मेदवारी भएको लिम्बूले बताए ।
 
रामधुनीका अर्का मतदाता, जनक यादव भन्छन्,  हाम्रो भोट टिकाराम लिम्बूले हुने छ तर यहाँका समस्याहरुप्रति पार्टी र उम्मेदवारले जिम्मेवार बन्नुपर्छ । हामीलाई आशा टिकारामप्रति नै भएको उनले बताए ।
 
यस क्षेत्रका मतदाताहरूका बीचमा टिकाराम लिम्बूको पक्षमा माहौल बनिरहेको छ। जनताले उनको नेतृत्वमा रामधुनीको विकास र समृद्धि पाउने विश्वास गर्दै, आगामी निर्वाचनमा उनलाई समर्थन गर्ने निर्णयमा पुगेकबा छन् ।
 
बकलौरीका पुराना पार्टी सदस्य खेमनाथ दाहाल, जेष्ठ नागरिक पन्दुकी शेर्पा , वामपन्थी अग्रज नेता छविलाल चौधरीले रामधुनी क्षेत्रमा माहौल बनाइरहेका छन् । टिकासँगै समानुपातिक उम्मेदवार मौसम राई पनि अभियानमा छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved