धरानमा युवा उम्मेद्वार लिम्बूलाई बढ्दो जनसमर्थन

  • माघ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा (एमाले) का सूर्य ध्वजावाहक उम्मेद्वार टीकाराम लिम्बूलाई धरान–१५ मा बढ्दो जनसमर्थन देखिएको छ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताले युवा उम्मेद्वारप्रति उत्साह व्यक्त गर्दै समर्थन जनाएका हुन्।

श्यामचोककी इन्द्रकला लावतीले उम्मेद्वार लिम्बूलाई आफ्नै घरमा पहिलो पटक देखेपछि सूर्य चिन्हमा मतदान गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “उम्मेद्वार भनेपछि उमेर ढल्किएको व्यक्ति हुन्छ भन्ने सोच थियो, तर एमालेले समयको माग अनुसार युवा उम्मेद्वार अघि सारेको रहेछ। हाम्रो भोट सूर्यलाई नै हो।”

बिहीबार एमालेले धरान–१५ नम्बर वडामा आयोजना गरेको घरदैलो कार्यक्रम श्यामचोकस्थित नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गर्दै शुभारम्भ गरिएको थियो।

सो अवसरमा स्थानीय व्यवसायी रमेश राईले उम्मेद्वार टीकाराम लिम्बू र समानुपातिकतर्फका उम्मेद्वार मौसम राईलाई खादा ओढाएर स्वागत गर्दै जितको शुभकामना व्यक्त गर्नुभयो।

एमाले धरान–१५ का निर्वाचन परिचालन समितिका संयोजक मोतीराज सुनुवारले दिनभर उम्मेद्वारलाई वडाका विभिन्न टोलमा पुर्‍याएर जनताको आशिर्वाद लिने कार्यक्रम रहेको जानकारी दिनुभयो।

प्रचार समितिका संयोजक भीमज्वाला राईका अनुसार माघ २५ देखि २८ गतेसम्म बराहक्षेत्रमा घरदैलो अभियान सम्पन्न गरिएको छ। २९ गतेदेखि धरानका विभिन्न वडासहित रामधुनीका दुई वडामा भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ।

फागुन १८ गतेसम्म सबै वडामा निरन्तर भेटघाट तथा जनतासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गरिने प्रचार संयोजक राईले जानकारी दिनुभयो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved