समाज

    Showing 3,291-3,300 of 6,830 items.
  • वराहक्षेत्रमा योजना, नीति तथा कार्यक्रमको बिषयमा छलफल सुरु

    वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले आगमि आर्थिक वर्ष २०८१/०८२ बार्षिक योजना , नीति तथा कार्यक्रमको बिषयमा छलफल सुरु गरेको छ । नगर प्रमुख रमेश कार्कीले उप- प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वालको समेत सहभागितामा सर्वदलिय , सर्वपक्षिय छलफल सुरु गरेका हुन् । नगरपालिकाका सुचना अधिकारी गौरी रायका अनुसार आर्थिक बर्ष २०८१/०८२ को प्रथामिकता , योजना , नीति तथा कार्यक्रमको बिषयमा नगर प्रमुख रमेश कार्कीले छलफल सुरु गरेका छन् ।  छलफल अन्तर्गत सोमवार कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालक तथा अगुवा कृषकहरुसंग कृषिको बिषयमा छलफल गरिएको थियो । त्यस्तै सोमवारनै

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रतुवाले जिप बगाउँदा २ जनाको मृत्यु

    इलाम / इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।  इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हाे । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।  ‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म बच्चा र महिलाको गरि दुईजनाकाे शव फेला परेको प्रहरीकाे भनाइ छ । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको डिएसपी जबेगुले बताए ।

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 1,196 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा जनप्रतिनिधि र किसानबिच अन्तरक्रिया गोष्ठी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको छ । आगमि आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र योजनामा समावेस गर्न उदेश्य सहित नगरपालिकामा रहेका कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालकहरुतथा अगुवा कृषकको सहभागितामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको थियो । गोष्ठीमा किसानहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट बनाउनर नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरेका थिए । त्यस्तै किसानले समयमै मल , बिऊ , बिषाधीको प्रयोग , सचेतना , अनुदान , सिचाई , बजारीकरण लगायतको बिष

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान यामाहा जेड आर १२५ स्कुटरको माइलेज च्यालेन्ज कार्यक्रम

    धरान/ स्कुटरले दिने माइलेज च्यालेन्स कार्यक्रम यामाहाको आधिकारिक विक्रेता यामाहा शो रुम धरानले सम्पन्न गरेको छ । शो रुमका सञ्चालक प्रभाब खतिवडाका अनुसार यामाहाको जेड आर १२५ हाईब्रिड स्कुटरले दिने माइलेजको लागि उतm कार्यक्रम गरेको हो । खतिवडाका अनुसार कम्पनीले ५८ किमी माइलेज दिने दाबी गरेको र उतm दाबी पुष्टि पनि भएको बताए । उनले भने,‘हाम्रा ग्राहकहरुको स्कुटरले कम्पनीले दाबी गरे अनुसार माइलेज छ की छैन भनेर यो कार्यक्रम गरिएको हो तर दाबी गरिएको भन्दा पनि वढी माइलेज दिएको पाइयो,यो दाबी पुष्टि पनि भएको छ।’ प्राविधिक सहित ग्राहक बर्गलाई सचेतना पनि गराइएको छ । माइलेज बढी हुनका ल

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 592 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगामी बजेटमा अपांगता विशेष प्राथमिकता दिन माग

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आगामी आउने नीति तथा कार्यक्रममा अपांग तथा असहायहरुलाई समेट्ने र उहाँहरुको समस्यालाई गम्भीरतापूर्वक लिने बताएका छन् । मेयर राईले धरान १९ स्थित अपांंग तथा असहाय केन्द्रद्धारा आयोजित सहयोग कार्यक्रममा यस्तो कुरा बताएका हुन् । अपांगका लागि अपांग मैत्री भवन निर्माण नहुनु, राज्यले यस्ता वर्गका लागि आत्मनिर्भर बन्ने खालका योजना नल्याउनु दुःखको कुरा भएको बताउँदै उपमहानगरपालिकाले आगामी प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा यस्ता वर्गलाई प्राथमिकतामा समेट्ने बताए । उनँले यस्ता वर्गका लागि शिक्षा, स्वास्थ्य तथा स्वरोजगारको विषयमा नीति तथा कार्यक्रममा प्

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको शनि मन्दिरमा दर्शानार्थीको भीँड

    धरान/ शनिग्रह प्रति सर्वसाधारणको विश्वास बढ्दै गएपछि धरान ८ तीनकुनेमा रहेको शनि मन्दिमा प्रत्येक शनिवार भीडभाड बढ्दै गएको छ । शनि मन्दिरसँगै संकटा भगवती र नवग्रहको मूर्ति स्थापना भएपछि यो मन्दिरमा चहलपहल अझ बढ्दै गएको हो । मोरङको विराटनगरका रामजी कटुवाल शनिवार पारेर धरान ८ तीनकुनेमा रहेको सनी मन्दिमा शनि दशा हटाउन विहानैदेखि मन्दिर परिषरमा लाइनमा थिए । शनिवारकै दिन पारेर शनि मन्दिरमा आएर पूजाआजासँगै दशग्रह हटाउँदा आफु र आफ्नो परिवारलाई सधै शान्ति मिल्ने उनको विश्वास थियो । उनीँमात्र हैन यो मन्दिरमा पछिल्लो पटक कोशी प्रदेशभरिका धेरै सर्वसाधारण शनिबार पारेर दर्शन गर्न आउने गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान पटनालीमा कांग्रेसको भेटघाट तथा चियापान

    धरान/  नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा पर्ने पटनालीमा नेता–कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को आयोजनामा कार्यक्रम भएको हो । क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले केही नेतामा भएका विकृति, विसंगति, खराब आचारण, झुट बोल्ने तथा चुनाव र महाधिवेशनमा मात्र गाउं आउने प्रवृतिका कारण वितृष्णा पैदा भएको तथा पार्टीमा अनुशासनहीन, दण्डहीन, आन्तरिक गुटवन्दी र अनुचित गठबन्धन जस्ता पार्टी हीत विपरितका कार्यहरु भएको तथा पार्टी नेतृत्वले पटनालीलाई वेवास्ता गरेक

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारको ध्यानाकर्षण,(याक्थुङ)भाषालाई संविधान अनुसार कार्यान्वयन गर्न माग

    धरान/ कोशी प्रदेशमा लिम्बु(याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्यवन गर्न माग गरिएको छ। याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले शुक्रबार लिम्वु( याक्थुङ )भाषालाई कोशी प्रदेशमा कामकाजी भाषाको रुपमा कार्यान्यन गर्नको लागि माग गरेको हो । कोशी प्रदेश प्रमुख,मुख्यमन्त्री र मन्त्रालयको सवै मन्त्रीहरुलाई भेटेर ध्यानाकर्षण गराउँदै नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरि लिम्वू( याक्थुङ) भाषालाई व्यवहारिक रुपमा कार्यान्यन गराउन माग गर्दै ध्यानाकर्षण पत्र वुझाएको याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहका मोहन तिगेलाले वताए । उनले भने,“प्रदेशका प्रमुख, मुख्यमन्त्री र सबै मन

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 709 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यानभासद्वारा ‘केवाफुङको गीत’ मा विमर्श

    इटहरी/ कवि गगन योक्पाङ्देनद्वारा लिखित ‘केवाफुङको गीत’ कविता सङ्ग्रहबारे शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ । तरहराको क्यानभास साहित्य समाजले आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रमको क्रममा कवि योक्पाङ्देनले सङग्रहबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’ लगायतका कविता वाचन गरे । कविता वाचन गर्नुअघि उनले आफु गाउँमा बसेर साहित्य साधना गरिरहेको र आफ

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

    झापा/  झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराएको जानकारी दिए ।  लाभग्राहीको २५ प्रतिशत र सरकारको ७५ प्रतिशत लागत सहभागितामा सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि अनुदान रकम उपलब्ध गराइएको निमित्त प्रमुख विष्टले बता

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved