समाज

    Showing 2,671-2,680 of 6,699 items.
  • सविधान दिवस मनाइयो : कही हर्षोल्लास त कही विरोध

    धरान/ विहीबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ । सविधान दिवस तीन तहकै सरहकारले हर्षोल्लासका साथ मनाएका छन् । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए् । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा संविधान दिवसको अवसरमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले  १०औँ संविधान दिवसको अवसरमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा बिहिवार बिहान सांस्कृतिक तथा जातिय पहिचान, झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।  वराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार बिहिवार सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।  बिहिवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप निर्वाचन: १८ वर्षकाले भोट हाल्न पाउने

    काठमाडौं/ आगामी मंसिर १६ गते तय भएको स्थानीय तहको उपनिर्वाचनमा मंसिर १५ सम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने भएका छन् । आयोगको बुधबार बसेको बैठकले २०८१ भदौ ३१ सम्म मतदाता नामावलीमा नाम दर्ता भएका र आगामी मंसिर १५ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने निर्णय गरेको हो । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि आगामी मंसिर १६ गते आइतबार उपनिर्वाचन गर्ने सरकारले निर्णय गरिसकेको छ । उक्त उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली अद्यावधिक प्रक्रि

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको नयाँ सदस्य लिन आधारभूत परीक्षा अनिवार्य

    काठमाडौं/ नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पुर्‍याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ । २०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वकर्मा मन्दिरमा भेटी र प्रदेश सरकारको सहयोगबाट भौतिक संरचना निर्माण

    धरान/ धरान उपमहानगरपालिका वडा नं.८ तीनकुनेमा रहेको विश्वकर्मा मन्दिरमा आउने भक्तजनको सुविधालाई मध्यनजर गरी भौतिक संरचनाहरु थप गरिएका छन् । कोशी प्रदेश सरकार र मन्दिरबाट उठेको भेटी संकलन वापतको कुल रकम ३६ लाख ३६ हजारमा मन्दिरको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र गौशाला निर्माण गरिएको हो । बाबा विश्वकर्मा मन्दिर व्यवस्थपन समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार कोशी प्रदेशको १५ लाख अनुदान मन्दिर व्यवस्समितिबाट ११ लाख ३६ हजार रुपैयाबाट अगाडिपटिको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र मन्दिरको पछाडिपट्टि गौशाला निर्माण गरिएको हो । समय समयमा मन्दिरको विषयमा विवाद चुलिदा मन्दिरको व्यवस्थानमा भ

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 359 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मृगौला पीडित पत्रकार दियालीलाई पुरस्कार बापत रकम दिने घोषणा,फेरी अस्पताल भर्ना

    धरान ।बरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले पुरस्कार बापत रकम मृगौला पीडित इटहरीका बरिष्ठ पत्रकार पिबी दियालीलाई प्रदान गर्ने भएका छन् । ‘देवेन्द गौतम पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका श्रेष्ठले पुरस्कार बापत प्राप्त रकम दियालीको उपचारका लागि समर्पित गर्ने भएका हु्न् । वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको सो पत्रकारिता पुरस्कार यस वर्ष शम्भु श्रेष्ठलाई प्रदान गरिएको हो । बुधवार भक्तपुरको भादगाउँ होटलमा आयोजित कार्यक्रममा एक लाख पुरस्कार राशिबाट सम्मानित भएका श्रेष्ठले सो रकम इटहरी

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 712 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरे अकबरे खुर्सानी भारत सम्म माग बढ्यो,उत्पादन धान्नै गाह्रो

    भोजपुर/ भोजपुर जिल्लामा अकबरे खोर्सानीको खेतिमा कृषकहरु आकर्षित बन्दै गएका छन् । अकबरे खोर्सानीबाट मनग्ने आम्दानी लन थाले पनि अन्य बाली लगाउनै छाडेर कृषकहरुले अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका हुन् । खोर्सानीको माग बढ्दै जाँदा कृषकहरुले माग धान्नै गाह«ो परेको छ । जसले गर्दा उनीहरुले उत्पादन गरेको अकबरे खोर्सानीको माग बढेको हो । उनीहरुले उत्पादन गरेको अकबरे खोर्सानी छिमेकी जिल्ला, तराईका जिल्ला र भारतसम्म पुग्ने गरेको छ । अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने बताए।‘ अह

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ड्रागन खेतीमा आकर्षण,कृषकलाई प्राविधिक ज्ञानको अभाब,राज्यको सहयोग शुन्य

    धरान/ नेपालमा ड्रागन खेतीको भविष्य भए पनि सरकारी स्तरबाट राम्रो सपोर्ट नहुँदा भने सोचेजस्तो उत्पादन गर्न नसकेको कृषकहरु बताउँछन् । उनीहरुले मल, विउ तथा अनुदानको व्यवस्थासँगै प्राविधिक ज्ञान नहुँदा इन्टरनेटबाट हेरेरै भएपनि उत्पादन गर्नुपर्ने बाध्यता रहेको बताउने गरेका छन् । प्राविधिक ज्ञान नभए पनि आफ्नै बलबुतोले आम्दानी भने मनग्गे भएको धरान ५ ठिंगाबारीका कृषक देवी लिम्बु बताउछन् । उनले गत बर्षको भन्दा यस बर्ष यस बर्ढा उत्पादन भएको बताए । उनले विक्री मूल्यमा परिवर्तन भइराख्दा पनि बार्षिक रुपमा १४ देखि १५ लाख रुपैयासम्म आम्दानी हुने बताए ।उनले गत बर्षसम्म प्रतिक्ेजी ५ सय रुपैयासम्म विक्री

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 379 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको नयाँ मापदण्ड : नयाँ सदस्यता लिन अनिवार्य आधारभूत परीक्षा; १० लाख सदस्य पुर्याउने योजना

    काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पु¥याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ ।२०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग बनाई लाग

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज संविधान दिवस,यसरी तीन दिन सम्म मनाइँदैछ

    धरान/ नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । देशले इतिहासमै

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved