बीपी राजमार्गमा भोलिदेखि खुल्ने ,रुटको गाडी चलाउन पाइने " सावधानीपूर्वक यातायात चलाउन आग्रह "

  • असोज २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं ।अविल बर्षासँगै बाढी र पहिरोले रोकिएको यातायाता आवागन बीपी राजमार्गमा भोलि मंगलबारदेखि रुटका गाडी चलाउने पाइने भएको छ । सो रुटको अनुमति लिएका गाडीहरू भोलिबाट सो सडकमा सञ्चालन हुन लागेका हुन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको छ ।दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ ।

आज साँझसम्म सडक सुधार गरी अनुमति प्राप्त सवारी साधनलाई सावधानीपूवक सञ्चालन गर्न दिन लागिएको कार्यालयले जनाएको छ । सो सडकमा यातायात सञ्चालनको लागि भोलिबाट अनुमति दिन लागिएको भए पनि सडक निक्कै जोखिमपूण रहेको छ । सो सडकको रोशीखोला खण्ड गत असोज १० गतेबाट तीन दिनसम्म भएको भीषण वर्षाको कारण आएको बाढीले क्षतविक्षत भएको छ ।

खोलाले सडक बगाएको ठाउँमा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा लाइएको छ । वर्षाले क्षति पुर्‍याएको सडकमा सुख्खा पहिरो खस्ने जोखिम त्यतिकै छ । कार्यालयले नै सावधानीपूर्वक यातायात चलाउन आग्रह गरेकोले पनि बाटो जोखिमपूर्ण रहेको पुष्टि हुन्छ ।

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved