मेयर हर्कराजको मामाससुरालाई कार्यबाहक मेयरको जिम्मेवारी "उप मेयर कानुनी उपचारमा जाने,मेयरको कार्यशीली प्रति छ दलको विरोध"

  • असोज ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले मामाससुरा पर्ने धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयर दिएपछि चौतर्फी आलोचना भएको छ ।
मेयर राई युके भ्रमणमा हिँडेपछि वडाध्यक्ष फागोलाई असोज २८ गतेदेखि धरान उपमहानगरको कार्यवाहक जिम्मेवारी दिइएको छ ।नेपाली काँग्रेसबाट विजयी भएका फागो पनि आलोचित बन्न पुगेका छन् ।

कोशी पत्रको विशेष सुचना श्रोतका अनुसार फागो साइनो संवन्धले मामाससुरा पर्ने श्रोतले बताएको छ । कार्य वाहक मेयर फागो आफैं पनि निरीह देखिएका छन् । उनी मेयरको कार्यकक्षमा वस्न पाएका छैनन् भने स्वकीय वस्ने स्थानमा रहेर कार्यभार सम्हाल्दैछन् ।

सामाजिक सञ्जालदेखि सन्चार माध्यममा आलोचित भएका छन् । यसैवीच धरानमा उपमेयर हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने कार्यलाई धरानका ६ वटा दलले विरोध जनाएका छन् । विज्ञप्ती मार्फत मेयरको कार्यशैलीको विरोध जनाएका हुन् ।

आज ६ वटा दलले जारी गरेको वक्तव्यमा भनिएको छ ‘ऐनले व्यवस्था गरेको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैर कानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमा माथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै निज कार्य गरेको हाम्रो ठहर छ ।’
धरानवासीको शिर निहुर्याउने नगर प्रमुखको यस प्रकारको कार्यको घोर भर्त्सना गर्दै वक्तव्यमा नगर प्रमुखको तहबाट यस्ता गैरकाननी र अराजक गतिविधिहरू नगर्न सचेत गराउँदछौ भनिएको छ ।
वक्तव्य नेपाली काँग्रेस बाहेकका ६ दलका अध्यक्षहरू एमालेका हकृजंग एभेङ, माओवादीका सूर्यबहादुर भट्टराई मनोज, जसपाका ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका रेवती रमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्की र रास्वपाका संयोजक नरेश शाक्यको हस्ताक्षर छ ।

साथै नेपाली काँग्रेस धरान नगर समितिको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक मूल्य मान्यता मान्ने पार्टीका निर्वाचित वडा अध्यक्षले संविधान र कानुन विपरीत सर्त सहित केवल थपना मात्रको का.वा.को जिम्मा लिनु आश्चर्यजनक भएको छ ।’

धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र विक्रम वेघाले यस अघि मंगलबार नै मेयरको कार्यशैली नीति नियम विपरीत भएको भन्दै पत्रकार सम्मेलन गरि आफु कानुनी उपचारमा जाने बताएका छन् भने पूर्व मेयर तिलक राईले समेत विधीको शासन र लोकतान्त्रिक पद्धतीको ठाडो उलंग्घन भएको भन्दै विरोध जनाए ।

उनले पनि आज(बुधबार ) पत्रकार सम्मेलन मार्फत विरोध जनाएका हुन् ।

धरानमा जबरजस्ती करणी ...

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेख ...

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved