बाढी–पहिरोपीडितको दसैं , आफन्तको आश्रयमा

  • असोज २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

खोटाङ । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिकस्थलमा बसेर दसैं मनाइरहेका छन् । यही असोज ११ रु १२ गते आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ परिवार विस्थापित भएका छन् ।

सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिए । उनले भने, ‘सुनकोशीमा आएको बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका उनीहरुका लागि अहिले दसैं न तिहार भएको छ ।’

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाट र ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा सात(सात परिवार विस्थापित भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा दुई, रावाबेँसी गाउँपालिका–६ हौँचुरमा एउटा परिवार पहिरोबाट विस्थापित भएका छन् ।

पहिरोले विस्थापित भएकाहरूमध्ये चन्द्रबहादुर राई छिमेकी सुनिल राईको घरमा, टेकुराम राई छिमेकी भीमबहादुर माझीको घरमा र सुमित्रा राईले काठमाडौँमा दसैँ मनाइरहेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ बहादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

‘बाढी–पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएपछि पीडितका लागि वडासँगको समन्वयमा खाने र बस्ने व्यवस्था मिलाइएको छ । दसैँ, तिहार तथा छठ पर्व सकिएपछि आवास निर्माणको पहल गर्ने योजनामा छौं’, उनले भने । बाढीपहिरो पीडितलाई तत्कालका लागि स्थानीय सरकारले सामान्य खाने तथा बस्ने व्यवस्था मिलाए पनि दीर्घकालीन योजना बनाउनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए ।

बाढी(पहिरो पीडित परिवारका लागि मात्र नभई यस वर्षको दसैँ, तिहार तथा छठ पर्व समग्र जिल्लावासीका लागि खल्लो भएको छ । जागिर तथा अध्ययनका लागि राजधानी काठमाडौँलगायत सहर बजारमा बसोबास गर्दै आएका आफन्त सडक अवरुद्धका कारण धेरैजसो यस वर्षको दसैँ तथा तिहारमा घर फर्कन पाएनन् ।

बाढीले दिक्तेल–गाईघाट सडकमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

बाढी तथा पहिराले अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएको छैनन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

ण्ण्ण्ण्ण्

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved