समाज

    Showing 2,051-2,060 of 6,825 items.
  • आठ वर्षदेखि सल्लेरी प्यासै, नेताको खानेपानी आश्वासन खोक्रै

    इलाम/ निर्वाचनका बेला नेताहरूले दिएका आश्वासन खोक्रा सावित भइरहेका छन्। इलामको फाकफोकथुम गाउँपालिका-३, सल्लेरीका बासिन्दा आठ वर्षदेखि खानेपानीको समस्याले जुधिरहेका छन्, तर समाधानको कुनै ठोस योजना देखिएको छैन। स्थानीय तह, प्रदेश, र सङ्घीय सरकार गठन भइसके पनि यहाँका जनता अझै खोल्सा-खोल्सीको पानीमै भर पर्न बाध्य छन्। 'पहिले खानेपानी समस्या समाधान गर्छौं' भन्दै भोट मागे, तर... २०७९ सालको स्थानीय निर्वाचनका बेला उम्मेदवारहरू गाउँघर डुल्दै, "पहिले खानेपानीको समस्या समाधान गर्छौं" भन्दै भोट माग्न पुगेका थिए। मतदाताले विश्वास गरेर जिताए पनि चुनाव जितेको तीन वर्ष बित्न लाग्दा समेत खानेपानीको सम

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 656 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप : आज थ्री स्टार र मछिन्द्र भिड्दै

    विराटनगर/ आज रमपम विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लब र मछिन्द्र क्लब आमनेसामने हुँदैछन्।  विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र क्लब भिड्दैछन्। दुवै टोली उपाधि जित्ने बलियो दाबेदार मानिन्छन्। खेल साँझ ५ बजे सहिद रंगशालामा हुनेछ। दुवै टोली प्रतिष्ठित उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। यसैबीच, बिहीबारको दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। पुलिसको प्रभावशाली प्रदर्शन, एपीएफको उपाधि रक्षा असफल विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता सशस्त्र प्रहर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा मंसिरदेखि हवाई सेवा बन्द

    ताप्लेजुङ/ ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन्। सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मंसिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दशैंदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् ।नेपाल वायु सेवा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हवाई फायर गरी लागुऔषध सहित पक्राउ

    सुनसरी/ सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसार पोसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २२ गते बिहानको राती १ बजे लागुऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ जंगलको बाटो हुदै शंकास्पद अवस्थामा भारी बोकी आउदै गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसार पोसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरि कुमार र

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 785 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर कपः वडा नं २ सेमिफाइनलमा प्रवेश

    वराहक्षेत्र ।वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार भएको तेस्रो क्वाटर फाईनल खेलमा वडा नं २ बिजयी भएको छ । समुह सि बाट बिजेता हुँदै क्वाटर फाईनलको यात्रा तय गरेको वडा नं २ ले समूह ए वाट तेस्रो हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको वडा नं ८ लाई शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गरेको हो । बिजयीसंगै वडा नं २ ले सेमिफाईनलको यात्रा तय गरेको छ । अव फाइनल प्रवेशकालागि वडा नं २ ले वडा नं १० संग प्रतिस्पर्धा गर्नेछ । वडा नं १० ले क्वाटर फाईनलमा पहिलो संस्करणको बिजेता वडा नं ३ लाई पराजित गर्दै सेमिफाइनको यात्रा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित लिम्बू भाषाको पुस्तक सार्वजनिक

    तेह्रथुम/  डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्याण्ड’ पुस्तक विमोचन भएको छ। म्याङलुङ नगरपालिकाको सहयोगमा बुधबार तेह्रथुमको सदरमुकाममा पुस्तक विमोचन गरिएको हो। लेखक ड्रिम १० भाषाका विज्ञका रूपमा परिचित छन्। हल्याण्ड निवासी जर्ज भान्ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ(१० तत्कालीन तम्फुुला गाउँ पञ्चायतस्थित तम्फुला गाउँमा छ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेका थिए। लेखक भान्ड्रिमल आफू हल्याण्डस्थित भाषा विज्ञानको विद्यार्थी रहँदा जर्मन भाषा र हल्यान्ड भाषाविद्को चिनिया भोट बर्मेली भा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा उँट डुलाएर रकम संकलन, जनावरमाथि क्रूरता

    धरान/  केही समययता धार्मिक आस्थाको नाममा विभिन्न तरिकाले रकम संकलन गर्ने प्रवृत्ति बढ्दो देखिन्छ। यसै क्रममा, विहीबार बिहान धरान–१२ मा तीन जना जोगी उँटलाई डोर्याउँदै घर–घरमा रकम संकलन गरिरहेका देखिए। जनकपुरधामबाट ल्याइएको उक्त उँटलाई एक जनाले बजारभर डुलाइरहेका थिए भने बाँकी दुई जनाले घर तथा पसलहरूमा गएर रकम मागिरहेका थिए। उनीहरूले "भगवानको नाममा" संकलन भइरहेको दाबी गरे। पूर्वका विभिन्न सहर घुमिसकेपछि उनीहरू धरान आइपुगेका थिए भने अब मेची–महाकालीसम्म उँट डुलाउने योजना रहेको बताएका थिए। तर, आश्चर्यजनक कुरा के थियो भने, लामो यात्राबाट थाकेको उँटलाई उनीहरूले विश्राम

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 1,221 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुच्चा राई कल्याणकारी समाजद्वारा अग्रज सम्मान तथा रक्तदान कार्यक्रम आयोजना

    धरान/ आफ्नो २५औँ स्थापना दिवसको अवसरमा श्री सुच्चा राई कल्याणकारी समाजले समाजका अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ। यस अवसरमा शनिबार बिहान ८ बजे धरानको भानुचोकमा रक्तदान कार्यक्रम तथा अग्रजहरू— ९० वर्षीय गंगा सुच्चा राई र ८७ वर्षीय मेखजित राईलाई सम्मान गरिनेछ। कार्यक्रमकै अवसरमा समाजले धरान-११ मा निर्माणाधीन सामुदायिक भवन निर्माण समितिका संयोजक चण्डिप्रसाद सुच्चा राईलाई पनि कदर पत्र प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष विनोद राईका अनुसार, संस्कार तथा संस्कृतिको संरक्षण गर्दै समाजसेवामा योगदान पुर्‍याउने उद्देश्यले यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। भोजपुरको राम

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सनातन धर्मको संरक्षणमा विजयपुर अध्यात्मिक मञ्च

    धरान/  सनातन धर्मको प्रचारप्रसारसँगै धार्मिक क्षेत्रको प्रवद्र्धनमा जुटेका विजयपुर अध्यात्मिक मञ्च आगामी दिनमा सनातन धर्मको संरक्षणका लागि धर्म अनुरागीहरुसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ । हिन्दु धर्ममा चाडपर्व, कर्मकाण्डी लगायतका वैद्धिक साँस्कृकित पर्वहरु खर्चिलो बन्दै जादा धर्म परिवर्तन गर्ने होडबाजी पनि उत्तिकै छ । सनातान धर्मको संरक्षण गर्नकै लागि २०४८ सालमा स्थापना भएको यो संस्थाले धार्मिक क्षेत्रको प्रचारप्रसारसँगै वैदिक साँस्कृतिक पर्वलाई भड्किलो र खर्चिलो गर्नुहुदैन भनेर स्थापना कालदेखि नै सामुहिक रुपमा निःशुल्क व्रतबन्ध, गुन्युचोली, बेलविवाह लगायतका कार्य गर्दै आइरहेको

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भन्सारबाटै तस्करीको आशंका

    विराटनगर/ व्यापारीसँगको ‘सेटिङ’ एवं कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा विराटनगर भन्सार कार्यालयबाटै तस्करी हुन थालेको आशंका छ ।जाँचपासका क्रममा भएका केही शंकास्पद गतिविधिले तस्करीलाई बढवा दिइरहेको प्रष्ट हुन्छ । भन्सारको प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान कटाएर तस्करी भइरहेको हो । प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान ढुवानीका साधनमा राखेर तस्करी गर्ने गरिएको भन्सार स्रोतले बतायो । स्रोतका अनुसार व्यापारी, कर्मचारी र भन्सार एजेन्टको मिलेमतो बिना त्यो सम्भव छैन । भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved