हवाई फायर गरी लागुऔषध सहित पक्राउ

  • फागुन २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसार पोसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २२ गते बिहानको राती १ बजे लागुऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान,

वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ जंगलको बाटो हुदै शंकास्पद अवस्थामा भारी बोकी आउदै गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसार पोसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरि कुमार राईलाई पक्राउ गरेको छ ।

उक्त स्थानबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको २ सय २५ किलोग्राम गाँजा बरामद गरेको छ भने ओसार पसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोज तलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved