धरानमा उँट डुलाएर रकम संकलन, जनावरमाथि क्रूरता

  • फागुन २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  केही समययता धार्मिक आस्थाको नाममा विभिन्न तरिकाले रकम संकलन गर्ने प्रवृत्ति बढ्दो देखिन्छ।

यसै क्रममा, विहीबार बिहान धरान–१२ मा तीन जना जोगी उँटलाई डोर्याउँदै घर–घरमा रकम संकलन गरिरहेका देखिए।

जनकपुरधामबाट ल्याइएको उक्त उँटलाई एक जनाले बजारभर डुलाइरहेका थिए भने बाँकी दुई जनाले घर तथा पसलहरूमा गएर रकम मागिरहेका थिए।

उनीहरूले "भगवानको नाममा" संकलन भइरहेको दाबी गरे। पूर्वका विभिन्न सहर घुमिसकेपछि उनीहरू धरान आइपुगेका थिए भने अब मेची–महाकालीसम्म उँट डुलाउने योजना रहेको बताएका थिए।

तर, आश्चर्यजनक कुरा के थियो भने, लामो यात्राबाट थाकेको उँटलाई उनीहरूले विश्राम दिनुको साटो लट्ठीले हिर्काउँदै जबरजस्ती हिँडाउन खोजे।

एक अवसरमा उँट थाकेर अघि बढ्न नसक्दा लठ्ठीले कुट्दै अघि बढाउन खोज्दा धरानमा सिटी सफारीसँग झन्डै ठोक्किन पुगेको थियो।

धार्मिक आस्थाको नाममा जनावरप्रति देखाइएको यो क्रूरताले उनीहरूको उद्देश्य धर्म भन्दा पनि पैसामा केन्द्रित रहेको देखिन्छ।

जनावरलाई यस्तो हिँसा गरेर रकम संकलन गर्नु धर्मको आडमा गरिएको अमानवीय व्यवहार नभए के हो।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved