विराट गोल्डकप : आज थ्री स्टार र मछिन्द्र भिड्दै

  • फागुन २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ आज रमपम विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लब र मछिन्द्र क्लब आमनेसामने हुँदैछन्।

 विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र क्लब भिड्दैछन्। दुवै टोली उपाधि जित्ने बलियो दाबेदार मानिन्छन्। खेल साँझ ५ बजे सहिद रंगशालामा हुनेछ।

दुवै टोली प्रतिष्ठित उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। यसैबीच, बिहीबारको दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।

पुलिसको प्रभावशाली प्रदर्शन, एपीएफको उपाधि रक्षा असफल

विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो। पुलिसका लागि अरुण गाहा र मनिष सेढाइँले समान एक-एक गोल गर्दै टिमलाई जित दिलाए।

खेलको ६६औं मिनेटमा उज्वल राईको उत्कृष्ट क्रस पासलाई अरुण गाहाले हेडिङमार्फत जाली चुमाउँदै पुलिसलाई अग्रता दिलाए। ८७औं मिनेटमा मनिष सेढाइँले व्यक्तिगत उत्कृष्ट गोल गर्दै पुलिसको जित सुनिश्चित गरे।

पहिलो हाफमा दुवै टोलीले चुकाए अवसर

खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रह्यो। एपीएफका बुद्धीमान राईले १५औं मिनेटमा वान-भर्सेस-वानको अवसर गुमाए। २०औं मिनेटमा कप्तान हरी कार्कीले बक्स नजिकबाट गरेको प्रहार बाहिरियो।

३८औं मिनेटमा एपीएफका एलिक श्रेष्ठको ३० यार्ड टाढाबाट गरिएको प्रहार पुलिसका गोलरक्षक अमित तामाङले बचाए।

दोस्रो हाफपछि पुलिसको खेलमा सुधार, एपीएफ दबाबमा

पुलिसले दोस्रो हाफमा थप आक्रमक शैली अपनायो। एपीएफको डिफेन्समा कमजोरी देखिन थालेपछि पुलिसले त्यसको फाइदा उठाउँदै दुई गोल गर्न सफल भयो।

एपीएफले पछाडि परेपछि थप आक्रमण गर्ने रणनीति अपनायो, तर बारम्बार अवसर गुमायो। ७०औं मिनेटमा एन्जल श्रेष्ठको प्रहार बाहिरियो भने, ७५औं मिनेटमा विश्वास उदासले वान-भर्सेस-वानमा सुन्दर मौका पाए पनि प्रहार पोष्टमाथिबाट बाहिरियो।

मनिष सेढाइँ 'प्लेयर अफ द म्याच' घोषित

नेपाल पुलिस क्लबका मनिष सेढाइँलाई खेलको उत्कृष्ट खेलाडी घोषित गर्दै नगद ११ हजार रुपैयाँ प्रदान गरियो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved